आईतबार, वैशाख २३
०६:४६

वित्तीय सहकारीहरुको रणनीतिक व्यवस्थापनमा सहयोगी 'बिजनेश सिमुलेशन' 

सोमबार, वैशाख १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । वित्तीय सहकारीहरुको रणनीतिक व्यवस्थापनका थुप्रै आयामहरु हुन्छन् । व्यवस्थापकीय सक्षमताभित्र चुनौती र जोखिमहरुसँगै प्रशस्त सम्भावनाहरुलाई स्थापित विधि, सूचक र औजारहरुको माध्यमबाट सुक्ष्म विश्लेषण गर्दै संस्थालाई व्यावसायिक र दिगो बनाउने विषय अटाउँदछ ।

यसै विषयभित्र संस्थाको आकार, बद्लिदो समय, सदस्यहरुको अपेक्षा, र वित्तीय बजारलाई मिहिन रुपमा केलाउँदै वित्तीय व्यवस्थापन, व्यावसायिक सफलता, सदस्य सन्तुष्टि, संस्थागत छवि, आदि कायम गर्नुपर्ने हुन्छ । यसका लागि थुप्रै विधि र औजारहरु विकास गरिएका छन् । पछिल्लो समय जर्मनीका बचत बैंकहरुमा सफल प्रमाणित रणनीतिक व्यवस्थापनसम्बन्धी टुल्समा आधारित बिजनेश सिमुलेशन कार्यक्रम नेफ्स्कूनको प्रयासमा सुरु गरिएको छ । 

नेफ्स्कून र जर्मन बचत बैंकहरुको सञ्जाल डीएसआईकेबीचको साझेदारी कार्यक्रम अन्तर्गत तीन दिने सिमुलेशन कार्यक्रम आज राजधानीमा सुरु गरिएको हो । परिक्षणको रुपमा अभ्यास गरिएको सिमुलेशन कार्यक्रममार्फत वित्तीय विवरणहरु विश्लेषण गर्ने, बजार अध्ययन गर्ने, ब्याजदर समीक्षा गर्ने, संस्थागत वृद्धिका रणनीतिहरु तय गर्ने, उचित मुनाफा दर कायम गर्ने, बचत र लगानी व्यवस्थापन गर्ने आदि विविधि विषयहरुमा प्रयोगात्मक सिकाइ हुने विश्वास गरिएको छ । कार्यक्रममा विभिन्न साकोसका व्यवस्थापकीय बागडोर र प्रमुख जिम्मेवारी सम्हालेकाहरुसँगै नेफ्स्कून व्यवस्थापनको पनि सहभागिता रहेको छ । 

यसैबीच, यो नवीन कार्यक्रममा सहभागीहरुलाई उत्प्रेरणा र हौसला प्रदान गर्न उपस्थित हुनुभएका नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सिकाइ अत्यन्त प्रभावकारी हुने र यसले साकोसहरुको व्यवस्थापकीय सक्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयक्रम अनुसार वित्तीय विश्लेषणका टुल्स र टेक्निकहरु विकसित हुँदै जाने भन्दै पछिल्लो समय डिएसआइकेसँगको साझेदारीमार्फत यो टुल्स भित्राइएको बताउनुभयो ।

असल अन्तर्राष्ट्रिय अभ्यासहरु सदस्यहरुलाई हस्तान्तरण गर्दै आएको नेफ्स्कूनको परम्परा सम्झाउँदै बरिष्ठ उपाध्यक्ष अधिकारीले १२ वर्षपछि जर्मनीसँग यो साझेदारीमार्फत पनि टुल्स भित्राएको उल्लेख गर्नुभयो । संघका प्रवक्ता समेत रहनुभएका उहाँले वित्तीय सहकारीहरुमा समयक्रमसँगै जोखिमहरु बढ्दै जाने भएकोले नयाँ नयाँ टुल्सहरु विकास गर्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । 

यस्तै, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले पनि डीएसआइकेमार्फत टुल्सहरु संघले भित्राउने बताउनुभयो । उहाँले अब ३ वर्ष सिकाइका मोड्युलहरु परीक्षण गर्ने र नेपालका साकोसहरुलाई लाभान्वित बनाउने दाबी गर्नुभयो । सिमुलेशन कार्यक्रम सहजीकरण डीएसआइकेमा कार्यरत विज्ञ यान बायरले गर्नुभएको छ ।

नेफ्स्कून र डीएसआइकेबीचको सम्झौतामा संघको सञ्जालमा आबद्ध साकोसहरुलाई वित्तीय साक्षरता, वित्तीय समावेशिता ,हरित वित्त, जलवायु वित्त, लघुकर्जा, प्रविधिकरण, उद्यमशिलता, लगायत थुप्रै विषयमा डिएसआईकेले प्राविधिक सहजीकरण उपलब्ध गराउने  विषय उल्लेख छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।