सोमबार, वैशाख १७
०३:५२

ओकूको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक महिला; ला बोर्डे नियुक्त

मंगलबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृतमा एलिसा म्याक्कार्टर लाबोर्डे नियुक्त हुनुभएको छ । ओकू व्यवस्थापन प्रमुखको नियुक्तिका लागि भएको लामो प्रक्रियापछि ओकू सञ्चालक समितिको एकमतले ला बोर्डेलाई प्रेजिडेन्ट सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । उहाँको नियुक्तिसँगै पहिलो पटक ओकू व्यवस्थापनले महिला नेतृत्व पाएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग वित्तीय समावेशीता तथा सहकारी लघुवित्तका क्षेत्रमा काम गरेको अनुभव छ । ला बोर्डेको नियुक्तिसँगै बचत तथा ऋण सहकारीहरुको विश्व र एसिया प्रशान्त क्षेत्रीय सञ्जाल क्रमश ओकू र आक्कूको व्यवस्थापन प्रमुखको जिम्मेवारी महिलाको काँधमा पुगेको छ ।

ला बोर्डेसँग फ्रान्स, बेनिन, अर्मेनिया, टर्की तथा जिम्बाबेमा बसेर काम गरेको अनुभव छ भने विश्वका ७० मुलुकको बचत ऋण सहकारी संघ संस्थाहरुको भ्रमण अनुभव रहेको छ । उहाँले २ वटा पुस्तक समेत प्रकाशन गर्नुभएको छ भने वित्तीय समावेशिता तथा आर्थिक विकासका क्षेत्रमा विभिन्न प्राज्ञिक प्रकाशनहरु गर्नुभएको छ । उहाँ पति र ३ सन्तानसहित राजधानी वासिङन बाहिर बस्दै आउनुभएको छ । ओकूका वर्तमान प्रमुख कार्यकारी अधिकृत ब्रायन बाञ्चले आगामी महिना अर्थात् जुलाईदेखि पदबाट अवकाश लिदैं हुनुहुन्छ । उहाँले समयावधिको करिब १ महिनाअघि नै ओकू सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । ब्रायनले औपचारिक अवकाश लिएपछि लाबोर्डेले कार्यभार सम्हाल्नुहुनेछ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।