शुक्रबार, वैशाख ७
०५:०८

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७
एजेन्सी
saccosaawaj

म्याडिसन, अमेरिका, ७ भदौं । अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी सहायता निकाय–यूएसएड विश्व ऋण परिषद्–ओकूद्धारा युक्रेनमा सञ्चालित कृषि उत्पादकहरुका लागि ऋण सहायता अर्थात् क्याप परियोजनाको समयावधि ४ वर्ष बढाउन सहमत भएको छ । क्याप परियोजनाको समयावधि थप गर्ने यूएसएडको निर्णयले पूर्वी युरोपको राष्ट्र युक्रेनमा साना तथा मझौला कृषकहरुलाई सहकारीमार्फत ऋण प्रवाहमा सहयोग पुग्ने दाबी ओकूले गरेको छ । 

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।
यसले बचत तथा ऋण सहकारीमार्फत त्यहाँका कृषक तथा कृषि व्यापारीहरुलाई अझै धेरै ऋण सहायता प्रदान गर्न सकिने ओकूले जनाएको छ । यसले सहकारीहरुलाई तरलता व्यवस्थापनमा पनि सहयोग पुग्ने जनाइएको छ । विगतमा क्याप परियोजनाले युक्रेनी बचत तथा ऋण सहकारीहरुका संगठनहरुलाई प्रारम्भिक संस्थाहरुको हक हितका लागि नियमनकारी निकायसँग बहसपैरवी गर्न समेत सहयोग पुर्याएको थियो भने २३ वटा बचत तथा ऋण सहकारीहरुसँगको प्रत्यक्ष सहकार्यमा ग्रामीण क्षेत्रका साना, मझौला तथा लघु व्यवसाय लक्षित १० हजार भन्दा बढी संख्यामा ऋण लगानी क्षमता विकासमा टेवा पुर्याउँदै आएको थियो ।

क्याप परियोजनाले बचत तथा ऋण सहकारीहरुका लागि बजारको प्रवद्र्धन तथा नियमनको वातावरण सुधार, बचत तथा ऋण सहकारीका राष्ट्रिय संगठनहरुलाई सदस्य संस्थाहरुलाई उन्नत स्तरको सेवा प्रवाह, बचत तथा ऋण सहकारीहरुका लागि तरलता व्यवस्थापनका अन्य विकल्पहरु खोजी तथा संस्थाहरुलाई कृषि ऋणको पोर्टफोलियो बिस्तार गरी मुख्य ४ वटा क्षेत्रहरुमा प्रत्यक्ष सहयोग पुर्याउने ओकूले जनाएको छ ।

क्याप परियोजनाले युक्रेनको राष्ट्रिय सहकारी बचत तथा ऋण संघ–नाक्सकू तथा पोल्याण्डको बचत तथा ऋण संगठनसँगको सहकार्यमा युक्रेनमा बचत तथा ऋण सहकारी तरलता कोषको स्थापनामा सहयोग पुर्याउने छ । यसैगरी, ओकूको विश्व महिला नेतृत्व सञ्जाल–जीडब्लूएलएनले क्याप परियोजनाका ४ वटै मुलभूत उद्देश्यहरु प्राप्तिका लागि लैङ्गिक समावेशी प्रारुप कार्यान्वयनमा सहयोग पुर्याउने बताइएको छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।