शुक्रबार, वैशाख १४
०४:१९

सहकारी सिद्धान्तको इतिहासः एक चर्चा

शुक्रबार, असार ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामनारायण साह

सहकारी दुई शब्द सह + कार्य मिलेर बनेको छ । सहको अर्थ स“गै र कार्यको अर्थ काम गर्नु अर्थात स“गै बस्नु, स“गै मिलेर काम गर्नु, स“गै चिन्तन गर्नु आदी । सहकारीको परिभाषा विभिन्न सहकारीका विद्धानहरुले आ आफ्नै किसिमले दिए पनि अन्तर्राष्ट्रिय सहकारी महासंघले दिएका परिभाषा अनुसार “सहकारी संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रणमा रहने उद्यमको माध्यमवाट आफ्ना समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता एवं आकांक्षाहरु अभिप्राप्तीका लागि स्वेच्छाले एकतावद्ध व्यक्तिहरुको स्वायत्त संगठन हो” । यसरी हेर्दा सहकारी प्रजातान्त्रिक, स्वेच्छिक, व्यावसायिक तथा संयुक्त स्वामित्व भएको संस्था हो र सहकारीमा समान आर्थिक अवस्था, उद्देश्य, आवश्यकता, रुची, इच्छा भएका व्यक्तिहरु हुनु पर्दछ । यसरी सहकारी भन्नाले समान उद्देश्य, आवश्यकता भएका व्यक्तिहरु एक आपसमा मिलेर आफ्ना व्यक्तिगत र सामुहिक आकांक्षा प्राप्त गर्न सामूहिक रुपमा कार्य गर्न गठन गरिएको एउटा व्यावसायिक संगठन भन्न सकिन्छ ।

सहकारी सञ्चालनका लागि यसका मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्नुपर्दछ । यी कुराहरुको आत्मसाथ नगरी ंसञ्चालन गरिएको सहकारीमा स्वेच्छाचारी वढ्दै जान्छ र एक दिन दुर्घटनामा पर्छ । मूल्य भन्नाले विश्वास वुझिन्छ भने मान्यता भन्नाले आचरण, त्यस्तै सिद्धान्तको अर्थ सामान्य सत्य हो । यी कुराहरुको पालना नभएको सहकारी वास्तवमा त्यो सहकारी होइन त्यो एउटा निजी व्यवसाय मात्र हो ।

कुनै पनि कारोवार, संघ, संस्था आदीलाई व्यवस्थित एवं दीगो रुपमा सञ्चालन गर्न मौलिक नियम वनाइन्छ, त्यसलाई नै सिद्धान्न भनिन्छ । त्यसैगरी सहकारीलाई पनि व्यवस्थित, दीगो र प्रकृयागत ढंगले सञ्चालन गर्न सिद्धान्त प्रतिपादन गरिएको छ । सहकारीका मूल्य, मान्यताहरुलाई पनि व्यवहारमा उतार्न सिद्धान्तको आवश्यकता पर्दछ । सहकारीको सिद्धान्त स्थानीय सरकार, प्रदेश सरकार, सहकारी विभाग, संघीय सरकार, सहकारीका राष्ट्रिय संघ संगठनहरुले प्रतिपादन गर्दैनन् यो अन्तर्राष्ट्रिय सहकारी महासंघले मात्र प्रतिपादन गर्दछ जुन संसार भरका सहकारीमा लागु हुन्छ । सहकारी सिद्धान्तको पनि आफ्नै इतिहास छ । समायानुकुल यो परिवर्तन भईरहन्छ ।

सवभन्दा पहिला सन् १८४४ मा वेलायतको मेनचेस्टर शहरको रोचडेल  गाउँमा सहकारीको विधिवत रुपमा स्थापना भयो । त्यो वेला रोचडेलीहरु सहकारीलाई सञ्चालन गर्न केही नियमहरु वनाएका थिए । त्यो नियमहरुलाई समय समयमा संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न परिवर्तन गरिरहे । पछि त्यो नियमहरुनै सिद्धान्तको रुपमा परिणत भएको इतिहास पाइन्छ । रोचडेलीहरुको सहकारी सिद्धान्तको कुरा गर्दा आठ वटा सिद्धान्तहरु लोकप्रिय रहेको सहकारीका किताबहरुमा उल्लेख छ । रोचडेलीहरुले सन् १८६० मा प्रतिपादन गरेका आठ वटा सिद्धान्तमा पहिलो नम्वरमा प्रत्येक सदस्यले एक मतको अधिकार पाउने लोकतान्त्रिक नियन्त्रण, दोश्रो नम्बरमा संस्थापक सदस्य सरहकै सर्तमा जो सुकै संस्थामा प्रवेश गर्न सक्ने खुल्ला सदस्यता, तेश्र्रोमा संस्थामा दिएको प“ुजीमा निर्धारित अथवा सीमित व्याज, चौथोमा व्याज र संयुक्त खर्च भुप्तानीपछिको  उधारो खरीदको अनुपातमा सदस्यलाई लभांस वितरण र पाँचौमा उधारो नदिएर नगदमा व्यपार सिद्धान्त उल्लेख छ । त्यसैगरी छैठांै र सातांैमा क्रमशः शुद्ध एवं मिसावट विनाको वस्तुमात्र विक्री र पारस्पारिक व्यापारका साथै सहकारी सिद्धान्तका सम्वन्धमा सदस्यहरुलाई शिक्षा अनी अठांैमा राजनीतिक र धार्मिक तटस्थता उलेख छ ।

सन् १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासघं (आइसिए) को स्थापना भयो त्यस अघि र पछि गरेर झन्डै एक शताब्दी सम्म संसार भरी संचालनमा रहेका सहकारी संस्थाहरुले आ आफ्नै ढंगले स्वेच्छिक रुपमा रोचडेली सिद्धान्तहरुको पालन गरे । यसै क्रममा सन् १९३० को शुरुमा आइसिए ले संसार भरीका सहकारी संस्थाहरुको अवस्था के छ ? रोचडेली सिद्धान्तहरु कतिको पालना गरिरहेका छन ? आइसिए को सदस्यता प्राप्त गर्न सहकारी संस्थामा के कस्ता योग्यता चाहिन्छ ? आदी सम्वन्धमा एउटा विशेष समितिवाट अध्ययन गरायो । विशेष समितिले चार वर्ष लामो अध्ययन पश्चात आइसिए लाई प्रतिवेदन बुझयो । आइसिए ले पहिलो पल्ट प्राप्त प्रतिवेदनको अधारमा सन् १९३७ मा पेरिसमा भएको महासभावाट रोचडेलीका सिद्धान्तहरु मध्ये सात वटा सिद्धान्तलाई मान्यता प्रदान गर्यो जस मध्ये ४ वटा लाई अनिवार्य र ३ वटा लाई ऐच्छिक रुपमा पालन गर्न भन्यो । आइसिए को पेरिस महासभावाट पारित गरिएको अनिवार्य पहिलो सिद्धान्त खुल्ला सदस्यता, दोश्रो लोकतान्त्रिक नियन्त्रण, तेश्रो सदस्य लाई कारोवारको अधारमा उवर (लाभांस) वितरण त्यस्तै पूँजीमा सीमित व्याज चौथो रहेको थियो भने ऐच्छिक सिद्धान्तको पहिलोमा राजनीतिक र धार्मिक तटस्थता, दोश्रोमा नगद व्यापार अनी तेश्रोमा शिक्षाको प्रवर्धन रहेको थियो । 

विश्वमा सञ्चालित सहकारीहरुलाई समय सापेक्ष वनाउन अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारी सिद्धान्तलाई दोश्रो पल्ट सिद्धान्त आयोगको सिफारीसमा सन् १९६६ मा भियना महासभावाट पेरीस महासभावाट पारीत ७ वटा सिद्धान्त मध्ये वाट २ वटा राजनीतिक र धार्मिक तटस्थता र नगद व्यपार हटाएर एउटा सहकारी संगठन माझ सहयोग थप गरी जम्मा ६ वटा सिद्धान्तलाई मान्यता दियो । यसरी भियना महासभाले मान्यता दिएको ६ वटा सिद्धान्तमा पहिलो ऐच्छिक तथा खुल्ला सदस्यता, दोश्रो लोकतान्त्रिक प्रशासन, तेश्रो अंशधनमा अत्यन्त सीमित व्याजदर त्यस्तै आर्थिक प्रतिफलको न्यायोचित वितरण, चौथो सहकारी शिक्षाको व्यवस्था पाचांै र छठांैमा सहकारी संगठन माझ सहयोग रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघले तेश्रो अर्थात अन्तिम पल्ट सन् १९९५ मा आफ्नो स्थापनाको शताब्दीको अवसर पारेर सिद्धान्त स्रोत समुहको सिफारीसमा मेन्चेस्टरमा भएको महासभावाट पहिलाको ६ वटा सिद्धान्त मध्येवाट एउटा सिद्धान्त आर्थिक प्रतिफलको न्यायोचित वितरण हटाएर त्यसमा २ वटा एउटा स्वयतता र स्वतन्त्रता र अर्को सामुदाय प्रतिको चासो थप गरी जम्मा ७ वटा सिद्धान्त लाई मान्यता दियो । जुन अहिले प्रचलित सिद्धान्तको रुपमा रहेका छन् । जसलाई हामी हाम्रो सहकारी संघ संस्थामा लागु गरीरहेका छौ । यसको पहिलो नम्वरमा ऐच्छिक तथा खुल्ला सदस्यता, दोश्रो सदस्यको लोकतान्त्रिक नियन्त्रण, तेश्रो सदस्यको आर्थिक सहभागिता त्यस्तै स्वयतता र स्वतन्त्रता, चौथो शिक्षा, तालिम, पाँचौमा सूचना र छठौ सातौमा क्रमशः सहकारी संस्था बीच सहयोग र सामुदाय प्रति चासो रहेका छन ।

यसरी अन्तर्राष्ट्रिय सहकारी महासंघले संसार भरीका सहकारी संस्थालाई व्यवस्थित, प्रकृयागत, दीगो र भरपर्दो बनाउन तथा सदस्यहरुको हक हितको लागि सहकारी सिद्धान्तलाई विभिन्न समयमा गरी ३ पल्ट परिमार्जन गरी सहकारीका सिद्धान्तलाई समयानुकुल वनाउने कोसिस गरेको छ ।

सहकारी सञ्चालनका प्रचलित मूल्य, मान्यता र सिद्धान्तहरुको आत्मसाथ गरौं, सहकारी अभियानलाई बलियो बनाएरै सहकारीका सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरण र भविष्य निर्माणमा एकजुट बनौं ।

लेखक विषहारामाई बचत तथा ऋण सहकारी संथा लि.महोत्तरीका सचिव हुनुहुन्छ ।
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ