सोमबार, वैशाख १७
११:४३

बजेट निर्माणमा सहयोगी ५०/३०/२० सिद्धान्त

सोमबार, असार ७
एजेन्सी
saccosaawaj

एजेन्सी । विश्वप्रसिद्ध टाइम म्यागजिन् को विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा पर्न सफल अमेरिकी सिनेटर एलिजावेथ वारेनले बजेट निर्माणमा सहयोगी ५०/३०/२० सिद्धान्त प्रतिपादन गर्नुभएको हो । उहाँ हावर्ड विश्वविद्यालयमा कानून विषय प्राध्यापन समेत गर्नुहुन्थ्यो ।

यसमा उहाँलाई छोरी अमेलिया वारेन ट्यागीले पनि सहयोग गर्नुभएको थियो । यी विषयलाई उहाँले All Your Worth: The Ultimate Lifetime Money Plan  नामक आफ्नो पुस्तकमा समेट्नुभएको छ । खासगरी मध्यम र न्यून आय भएका श्रमजीवीहरुलाई ध्यानमा राखी उक्त पुस्तकमा यो सिद्धान्तका विषयमा व्याख्या गरिएको छ । उक्त सिद्धान्त अन्तर्गत एलिजावेथले बजेट निर्माण गर्दा आवश्यकता, चाहना र वित्तीय लक्ष्यको योजना गरी ३ शीर्षकमा कर चुक्तापछिको रकम विभक्त गर्न सकिने उल्लेख गर्नुभएको छ । आम्दानीको ५० प्रतिशत ‘आवश्यकता’ शीर्षकमा, ३० प्रतिशत ‘चाहना’ शीर्षक (यसलाई ‘गोइङ आउट’ बजेट पनि भनिन्छ) मा र बाँकी २० प्रतिशत ‘वित्तीय लक्ष्य’ शीर्षकमा बजेट विनियोजन गर्न सकिन्छ । यो सिद्धान्त प्रभावकारी भएपनि आफ्नो पारिवारिक अवस्था र आम्दानीको आधारमा परिमार्जन गर्न सकिने बताइएको छ । 
५०/३०/२० सिद्धान्त बाहेक प्रचलनमा ८०/२० (८०% खर्च र २० % बचत) र ७०/२०/१० (७०% जीविकोपार्जन खर्च, २०% ऋण भुक्तानी र बाँकी १०% बचत) का नियम पनि छन् । 

५०/३०/२०को सिद्धान्त

 ५० प्रतिशत ‘आवश्यकता’ शीर्षकमा विनियोजन  

घरभाडा
खाद्यवस्तु
बत्ती, पानी, फोहोर, केवल, यातायात लगायतका भुक्तानी गर्नुपर्ने आवश्यक बीलहरु


३० प्रतिशत ‘चाहना’ शीर्षकमा विनियोजन  

जीवनलाई अघि बढी रमाइलो र मनोरञ्जक बनाउने विषयहरुको सम्बोधन गर्न सकिन्छ ।
शोखहरु 
यात्रा
बाहिर होटल वा रेष्टुराँमा खानपिन
बिशेष डिजिटल सेवाहरु जस्तै नेटफ्लिक्स, हुलु आदि उपभोग गर्न ।


२० प्रतिशत ‘वित्तीय लक्ष्य’ शीर्षकमा विनियोजन

ऋणको किस्ता भुक्तानी
घर, जग्गा खरिदका लागि बचत
गाडी वा अन्य सवारी साधन खरिदको लागि बचत, भविष्यको लागि बचत

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।