शुक्रबार, वैशाख १४
०५:५९

सहकारीले सदस्यको भावना र जीवनशैलीमा परिवर्तन ल्याउनसक्नुपर्छ

मंगलबार, जेठ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

संगीता तिमिल्सिना
उपाध्यक्ष, कर्मशील साकोस, पोखरा

कोभिड महामारीका कारण मुलुकको परिस्थिति असहज छ । परिस्थितिले चुनौती दिदै छ । विश्व जनमानस चकमन्न परेको छ । उर्जा भएको जनशक्ति लगायत सम्पुर्ण मानव जमात  घरभित्र थन्किन बाध्य भएको छ । विश्वले आर्थिक विकासमा फड्को मार्न लागी राखेको समयमा कोभिडको एक पछि अर्को लहर गरी  सन्नाटा फैलिइरहेको  छ । हुनत बिगतका पानाहरुलाइ पल्टाएर हेर्दा , समय समयमा यस्ता खालका प्रकोपहरुले हुरी चलाएकै पाइन्छ, रुप मात्र फेरिने हो । 
 
मानिस चाहिने भन्दा  बढि सौखिन र सुबिधा भोगी भैसकेको छ, दैनिक आहार विहार छिटो र मिठो चाहिने भएको छ । उस्ले आफ्नो  जीवन र भोजनमा क्षणिक आनन्द भन्दा अरु सोच्दैन, हरेक दिनका चौबीस घन्टामा आफुलाई  एक घन्टा पनि कसरत गर्न छुट्टाउदैन । खाएका तत्वहरुका सबै क्यालोरी खपत हुदैनन्, शरीरमा जम्मा हुदै जान्छ, त्यसले विभिन्न किसिमका सुगर, प्रेसर युरिकएसिड आदि रोग पैदा हुँदै जान्छन् । अनि यी दीर्घ रोग तथा असाध्य रोग लागेकालाई यस्तो  खालको हावा हुरी आउँदा बढार्दोरहेछ । यो चेतना बेलैमा हामीलाई  हुन जरुरी छ , हामी मध्य अधिकांश लाई थाहा पनि छ, तर आफुलाई नपरी होस न आउने हाम्रो स्वभाव छ ।

अब थोरै प्रसङ्ग सहकारीका विषयमा । झण्डै ३० हजार हाराहारीमा भएका सहकारी संस्थाहरुमा ७३ लाख हाराहारी सदस्यहरु आबद्ध छन् । कुल राष्ट्रिय आयमा ५ प्रतिशत योगदान सहकारीको रहेको छ भने, बित्तिय क्षेत्रमा योगदान १७ प्रतिशत रहेको छ । आर्थिक बर्ष ०७७र०७८ को सहकारी नारा 'मर्यादित ब्यवसाय र प्राविधिमा सहकारी' भन्ने रहेको छ, जसलाई सार्थक बनाउन, सहकारीका सदस्यहरुको भावना र जीवन शैलीमा परिवर्तन ल्याउनु पर्दछ ।

भावनामा सकारात्मक सोच पैदा भयो भने, एक अर्कामा सहयोगको वातावरण सिर्जना हुन्छ र मलाई दुःख सुखमा साथ दिने मेरो संस्था छ भन्ने महसुस भए सदस्यले आफुलाई सहकारी मार्फत व्यवसायमा समर्पित गराउँदछ। सदस्यको क्षमताले जस्तो खालको व्यवसाय आफू,परिवार,समाज र मुलुकको हितमा रहने गरी गर्दछ, त्यो उसले सम्मानित र मर्यादित भएको महशुस हुनुपर्छ । सदस्यले उत्पादन गरेका बस्तु तथा सेवा सहकारीनै जिम्मेवार भएर, एउटा उप समिति गठन गरि, अन्य सदस्यहरु समक्ष पुर्याउनु पर्दछ, ताकि सदस्यले गरेको उत्पादन सदस्यकोमानै पुग्नसकोस्, उत्पादकलाई बजारको समस्य पनि नपरोस् र उपभोक्ताहरुलाई बिचौलियालाई जस्तो महँगो पनि तिर्न नपरोस् । हुनत वर्तमान समयमा धेरै कृषि सहकारी, उत्पादक सहकारी, उपभोक्ता सहकारीहरु खुलेका छन तथापि तिनीहरुको काम प्रभावकारी हुन सकेको छैन । मर्यादित व्यावसाय हुनको लागी, हामी पनि मर्यादामा रहनुपर्छ । 

आजको विश्व प्रविधिमय भैसकेको छ । अब हामीले जुन सुकै क्षेत्रमा पनि ठाँउ र काम अनुसारको प्रविधिलाई  प्रयोग गर्नु पर्दछ । जस्तै वर्तमान समयको कोरोना माहामारिमा हामीले प्रविधि प्रयोग गरेरै कति कामहरु सम्पन्न गरेका छौ,। जुम मिटिङ गरेर, नेपाल मात्र हैन, विश्व एउटा मोबाइल तथा ल्यापटप को स्क्रिनमा जुटाउन सकेका छौ । यो सबै प्रविधिको उपलब्धि हो । यहीँ  टेक्नोलोजीलाई प्रयोग गरेर अब हामीले हाम्रा सदस्यहरुलाई जुन काम गरिन्छ, त्यसमा रिसर्च गरेर, तत विषयमा बिज्ञ बनाउनु पर्दछ , ताकि उनीहरु आफुले गरेको कामबाट फेल नहुन् ।

'सुखी नेपाली, समृद्ध नेपाल' को राष्ट्रिय लक्ष्य पुरा गर्न दीगो विकास लक्ष्य प्राप्तिका लागि एसडीजीले अघि सारेका १७ वटा लक्ष्यहरुमा, आर्थिक,सामाजिक,साँस्कृतिक,वातावरणीय र पर्यावरणीय सुधारको पक्षमा काम गरेका छन , यि सबै समृद्धिका सूचक हुन । यिनै आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय पक्ष सहकारीको मर्ममा समेटिने हुँदा, सहकारी अभियन्ताहरुले यसैक्षेत्रमा आफ्ना सदस्यहरुको, जीवनस्तर उकास्नका लागि सहकारी मार्फत समृद्धिमा काम गर्नु पर्दछ ।

सहकारीले सरकारको परिपुरकको रूपमा काम गर्नु पर्दछ र गरेको पनि छ । सरकारको काम लाई सहयोग पुर्याउने, सार्वजनिक, नीजी र सहकारी, तीन वटै तहमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि चालिएको पहल स्पष्टै छ। सहकारी मार्फत युवाहरूलाई उद्यमी बनाउनु पर्दछ, युवाहरूलाई परिचालन गर्दै , सहकारी क्षेत्रको बृहत्तर विकास हुनुनै समृद्ध नेपालको परिकल्पना साकार हुनु हो। २०७४ को सहकारी ऐनले पनि तीनै तहका सरकारले सहकारीलाई साझा कार्य सूचीको मोडेल तयार गर्न बाटो फुकाएको छ ।

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ