शनिबार, वैशाख १५
०२:०७

७ दिने सहकारी अवलोकन भ्रमणको संस्मरण

शुक्रबार, वैशाख १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पदमराज तिमल्सिना
प्रशासकिय अधिकृत (सहकारी शाखा प्रमुख)
निजगढ नगरपालिका

(नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता गरेको प्रदेश नं २ स्थित बारा जिल्लाको निजगढ नगरपालिकाले हालै स्थानीय सहकारीहरुसँगको सहकार्यमा आयोजना गरेको सहकारी अवलोकन भ्रमणमा सहभागी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सहकारी शाखा प्रमुख पदमराज तिमल्सिनाको संस्मरण यहाँ प्रस्तुत गरिएको छ ।)

निजगढ नगरपालिकाले सहकारी क्षेत्रको विकास गर्दै सहकारी मैत्री नगरको रुपमा विकास गर्न सहकारीसँग सहकार्य शिर्षकमा बजेट विनियोजन गरे बमोजिम यस नगरपालिकामा व्यवस्थित रुपमा दर्ता भई सञ्चालनमा रहेका सहकारीहरुलाई गते चैत ३० गतेदेखि बैशाख ४ गतेसम्म पश्चिम नेपालको सहकारीहरुको प्रतिनिधिमूलक भ्रमण कार्यक्रम आयोजना गरिएको थियो । उक्त सहकारी भ्रमणले निजगढ नगरपालिकमा रहेका सहकारीहरुलाई प्रतिस्पर्धी क्षमता विस्तार गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । साथै सहकारीहरुलाई उत्पादनमा क्षेत्रमा लाग्न प्रेरित गर्दै समग्रमा सहकारी मार्फत रोजागारी सिर्जना, उद्योग व्यवसायको स्थापना, स्थानीय कच्चा पदार्थको खपत तथा निर्यातजन्य सामाग्रीमा बढोत्तरी हुने उद्देश्य राखिएको छ ।

नगरपालिकाले यस सहकारी भ्रमण कार्यक्रम मार्फत सहकारी मैत्री नगरको रुपमा आफुलाई अगाडि सारेको छ । यस सहकारी भ्रमणको आयोजनाको क्रममा सहकारीकर्मीहरुसँग विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक छलफल तथा राय परामर्श गर्दै अध्ययन अवलोकनको लागि स्थान तय गर्ने तथा सहकारी संस्थासँग समन्वय गर्ने कार्य गरिएको थियो । यस कार्यक्रम छोटो समयमा तयारी गरी सफलतापुर्वक सम्पन्न गरिएको हो । 

यस सहकारी भ्रमणको लागि निजगढ नगरपालिकाले सहकारीसँग सहकार्य शिर्षकमा विनियोजित गरेको सहकारीसँग सहकार्य शिर्षकबाट रु. ५ लाख विनियोजन गरी तयार गरिएको हो । यस भ्रमण दलमा ३२ जना जम्मा सहभागीहरुको अन्तिम नामावली तयार गरी विभिन्न सहकारीबाट प्रतिनिधिमूलक रुपमा सहभागी छनौट गरी नामावली पठाउन आग्रह गरिएको थियो । भ्रमणको पहिलो दिन निर्धारित समय १ बजे तोकिएको थियो । सम्पुर्ण सहभागीहरु नगरपालिका जम्मा भई नगरपालिकाबाट विदा हुने गरी कार्यक्रमको कार्यतालिका निर्धारण गरिएको थियो । उक्त बमोजिम सबै सहभागीहरु निर्धारित समयमै जम्मा भएतापनि केही सहभागीहरु टाढा–टाढाबाट आउनु पर्ने भएको हुनाले केही ढिला हुन गएको थियो । नगरपालिकाको तर्फबाट विदाई कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले गर्नुभएको थियो । यस भ्रमणमा चार वटा स्कर्पियोको व्यवस्था गरिएको थियो । 

पहिलो दिन
नगरपालिकाबाट विदाई पश्चात भ्रमण टोली पोखरा तर्फ प्रस्थान गर्यो। यात्राको क्रममा विभिन्न सहभागहरुबीच परिचय आदन प्रदान गर्दै सौहार्दपूर्ण वातावरणमा यात्रा सुरु भयो । सहभागीहरुलाई हेटौडामा खाजाको व्यवस्था गरिउको थियो भने वान्ता रोक्ने, लेक लाग्नबाट बचाउने, सिटामोल लगायतका केही औषधीहरु समेत खरीद गरिएको थियो । पहिलो दिनको बसाई पोखरामा भएको थियो । 

दोश्रो दिन
दोश्रो दिन नयाँ वर्ष २०७८ को पुर्वसन्ध्या रहेको थियो । सहभागीहरु निकै नै उत्साहित देखिन्थे । सबै सहभागीहरु निर्धारित समयमै यात्राको लागि तयार भएका थिए । यस दिनको यात्रा पोखराबाट जोमसोम तर्फ रहेको थियो । बेलुका मुस्ताङ जिल्लाको मार्फा भन्ने स्थानमा रहेको थियो । उक्त दिनको बेलुकाको समय नयाँ वर्षको पुर्वसन्ध्या समेत रहेको हुनाले सहभागीहरु बीचमा शुभकामना आदन प्रदान तथा नाचगान लगायतका मनोरञ्जनात्मक क्रियाकलाप समेत भएको थियो ।

तेश्रो दिन  
आजको दिन नेपालीहरुको लागि महान खुशीको दिन समेत हो । नयाँ वर्षको दिनले सबैमा नयाँ जोस र जाँगर भर्ने तथा पुराना दिनका कमीकमजोरीलाई सच्याउन समेत सहयोग गर्ने भएको हुनाले सबैले एकआपसमा नयाँ वर्षको शुभकामना आदन प्रदान गर्दै भ्रमणको समिक्षा गर्दै थप कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । यसै दिन पवित्र तीर्थस्थ मुक्तिनाथको समेत भ्रमण गरि दर्शन गरिएको थियो ।

चौथो दिन  
चौथो दिनको यात्रा मुक्तिनाथको दर्शन गरी भ्रमण टोली माथिल्लो मुस्ताङ तर्फ प्रस्थान गर्यो । बाटोमा पर्ने कागबेनी, प्रस्तावित चराङ विमानस्थल हुँदै टोली माटोको शहर भनेर चिनिने ल्हो–मन्थाङमा बास बसेको थियो । 

पाँचौं दिन  
भ्रमणको चौथो दिन ल्होमन्थाङ हुँदै चीनको सिमानामा पर्ने कोरला नाकमा पुगी त्याहाँको वस्तुस्थित अवलोकन गरी दशगजामा रहको २४ नम्बर पिल्लर अवलोकन गरिएको थियो । त्यसपश्चा फर्किने क्रममः त्यहाँका आदिवासीहरुलो तिब्बतबाट आउने आतंककारीहरुसँग बच्न बनाएका गुफाहरुको समेत अवलोकन गरिएको थियो । सोही दिने भ्रमण टोली जोमसोम आई बास बसेको थियो । 

छैठौं दिन
भ्रमणको छैटौँ दिन अर्थात फर्किने दिन विभिन्न सहकारीहरुको भ्रमणको लागी समय तय गरिएको थियो । उक्त दिन श्री स्याङ खोला सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको कृषि उपज संकलन केन्द्र तथा सहकारी खेतीको अवलोकन गरियो भने दिउँसो बाग्लुङको सीवाईसी बचत तथा ऋण सहकारी संस्था लि.को भ्रमण गरी त्यहाँका सहकारीकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरियो । करिब २ अर्ब कारोबार भएको उक्त संस्थाले गरेको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी हासिल गरियो । 

सातौं दिन
यस दिन भ्रमण टोली पोखराबाट निजगढ तर्फ आएको थियो । विहान पोखराको फेवा ताल, विन्दवासिनी मन्दिर, चमेरो गुफा, महेन्द्र गुफा, महेन्द्र पुल लगायतका स्थानको भ्रमण गरेको थियो भने चितवनको श्री नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गरी त्याहाँको दुग्ध संकलन प्रणाली, विक्री वितरण प्रणाली, दुधबाट बन्ने विभिन्न परिकाहरु दही, छुर्पी, घ्युऊ पनीर लगायतको उत्पादन र बजारीकरणको बारेमा जानकारी हासिल गरियो । 

समिक्षा कार्यक्रम
यस निजगढ नगरपालिकाबाट आयोजना गरिएको सहकारी भ्रमणको समिक्षा कार्यक्रम हेटौडामा गरिएको थियो । समिक्षाको क्रममा सहभागीहरुले भ्रमण निकै नै सफल र फलदायी रहेको भन्दै निजगढ नगरपालिकालाई धन्यवाद् ज्ञापन गरेका थिए । 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ