शुक्रबार, वैशाख १४
०३:५४

‘महिला नेतृत्व विकासका लागि अझ धेरै गर्न बाँकी छ’

सोमबार, चैत्र ९
एजेन्सी
saccosaawaj

विश्व ऋण परिषद् अन्तर्गत महिलाहरुको नेतत्व विकाससँगै सशक्तिकरणका लागि सन् २००९ मा गठित निकाय Global Women's Leadership Network (GWLN) की नवनियुक्त अध्यक्ष टेरिजा फ्रिबर्नले महिला नेतृत्व विकासका लागि अझै धेरै गर्न बाँकी रहेको बताउनुभएको छ । अध्यक्ष नियुक्त भैसकेपछि उहाँको पहिलो औपचारिक अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो । महिला नेतृत्व विकासका लागि गर्न बाँकी धेरै रहेकाले सबैको साथ र सहयोगमा त्यसदिशातर्फ कामहरु लक्षित गर्ने उहाँले बताउनुभयो । १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस नजिकिदै गर्दा गएको मार्च ३ मा मात्र संस्थापक अध्यक्ष सुसन मिसेलले आफु GWLN बाट अलग्गिने घोषणा गरेसँगै टेरिजा उक्त पदमा  नियुक्त हुनुभएको थियो । टेरिजाले बिशेषतः GWLN मा आबद्ध सबै महिलाहरुलाई सम्बोधन गर्दै आफुले सबैको शिर उचो राख्ने काम गर्ने दाबी गर्नुभयो । आफुलाई GWLN अध्यक्षका रुपमा विश्वास गरेकोमा उहाँले सबैलाई धन्यवाद दिनुभएको छ ।

टेरिजासँग बचत ऋण सहकारी अभियानसँग २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । सन् २००६ देखि उहाँ एक्सिड क्रेडिट युनियनको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । हालै मात्र उक्त संस्था र काइनेक्टा फेडेरल क्रेडिट युनियनबीच एकीकरण प्रक्रिया अघि बढेको छ । टेरिजाको GWLN कार्यकाल २ वर्षको हुँनेछ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।