शनिबार, वैशाख १५
०७:२०

कोप्याकको अध्यक्षता आइसीएले गर्ने

आईतबार, फागुन २
एजेन्सी
saccosaawaj

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले आगामी २ वर्षका लागि संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक) को अध्यक्षता गर्ने भएको छ । संयुक्त राष्ट्र संघको एक प्रमुख अंग आर्थिक तथा सामाजिक परिषद्लाई विश्व सामाजिक आर्थिक विकासमा सहकारीको भूमिकाको विषयमा विचार गर्न आग्रह गरेअनुसार सन् १९७१ को मार्चमा स्थापित उक्त निकायलाई सन् १९८९ बाट कोप्याक नामाकरण गरिएको थियो । स्थापनाकालमा फरक नाम राखिएको बहु सरोकारवाला निकायको रुपमा स्थापित कोप्याकको मुख्य उद्देश्य सहकारी सम्बन्धी सचेतना, क्षमता अभिवृद्धि, नीतिगत बहस पैरवी र शिक्षा तथा चेतना विकास रहेको छ । कोप्याकले सन् १९७१ देखि दिगो विकासको अभिप्रायसहित विश्वभरका सहकारीसम्बद्ध सरकारी तथा नीजि संघ संस्थाहरुमार्फत सदस्य केन्द्रीत एवम् आत्मनिर्भर सहकारी उद्यमका लागि भूमिका निर्वाह गर्दै आएको छ । 

कोभिड लगायत अन्य जल्दाबल्दा समस्याका कारण विश्वभर राजनीतिक नवीनताको अपेक्षा बढी नै भएको समयमा आइसीएले कोप्याकको अध्यक्षता गर्ने चुनौती र अवसर पाएको छ । कोप्याकले  नै विश्वभर प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार मनाउँदै आएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएको छ । उक्त निकायले आगामी केही साताभित्र यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा पनि तय गर्ने कार्यक्रम छ ।

कोप्याक सदस्यमा हाल आइसीएसँगै, खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), आर्थिक तथा सामाजिक मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय विभाग (यूएनडीइएसए) छन् । यसको पूर्व सदस्य विश्व कृषक संघ (डब्लुएफओ) ले हालै मात्र यसको सदस्यता छोडेपनि सहकारीको विकास र प्रवर्धनका लागि आइसीए तथा कोप्याक सदस्यहरुसँग द्विपक्षीय रुपमा काम गर्ने जनाएको छ ।

विश्वभर नीतिग बहस पैरवीहरुमा सहकारी आवाज शसक्त पार्न  कोप्याकको अध्यक्षताको भूमिका प्रयोग गरिने आइसीएले जनाएको छ । जनवरी अन्तिममा आयोजित एक कार्यक्रममा उक्त पद हस्तान्तरण भएको आइसीएले जनाएको छ । आइसीएले सहकारी भूमिकालाई विश्वमा स्थापित गर्न कोप्यापको निवर्तमान अध्यक्ष अन्तर्राष्ट्रिय श्रम संगठन लगायतको समेत सहयोग लिने महानिर्देशक ब्रुनो रोलेन्ट्सले बताउनुभएको छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।