शुक्रबार, वैशाख २१
०३:५८

विश्व बचत ऋण अभियानको सर्वोच्च पुरस्कारका लागि आवेदन आव्हन

बिहीबार, माघ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । विश्व ऋण परिषद् (ओकू) ले प्रदान गर्ने विश्व बचत तथा ऋण अभियानको सबैभन्दा ठूलो तथा प्रतिष्ठित पुरस्कारको लागि आवेदन माग गरेको छ । बचत तथा ऋण सहकारी अभियानमा आफ्नो मुलुकको सीमा भन्दा बाहिर समेत उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने Distinguished Service Award (DSA) का लागि ओकुले आवेदन आव्हान गरेको हो । उक्त पुरस्कार आगामी जुलाई १४ देखि २१ सम्म भर्चुअल रुपमा आयोजना गरिने ओकू सम्मेलनमा घोषणा तथा प्रदान गरिने छ ।

ओकूका प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्रान्चले विश्व बचत ऋण अभियानमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्न पाउँदा ओकू अत्यन्त खुसी हुने बताउनुभयो । मुलुकको सीमा भन्दा बाहिर समेत प्रभाव छोड्ने कामको सही मुल्याङनले अरुका लागि समेत प्रेरणा प्रदान गर्ने उहाँले बताउनुभयो । व्यक्तिगत सम्मानतर्फ विश्व बचत ऋण अभियानको पहिचान बढाउन भूमिका खेल्ने व्यक्तित्वलाई पुरस्कृत गरिने छ भने संस्थागत सम्मानतर्फ अभियानका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने संस्थालाई पुरस्कृत गरिने ओकूले जनाएको छ । पुरस्कारका लागि प्रत्यक्ष रुपमा ओकू आबद्ध सदस्य वा ओकू आबद्ध सदस्य संघसंस्थाको सिफारिशमा उनीहरुसँग आवद्ध व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । पुरस्कारका लागि आवेदन  दिने आगामी मार्च १२ सम्मको समय उपलब्ध गराइएको छ । यो पुरस्कार वार्षिक रुपमा प्रदान गरिने कार्यक्रम नभई पुरस्कार छनौट समितिले योगदान तथा औचित्यका आधारमा आवश्यकता हेरेर प्रदान गर्ने सिफारिश गर्दछ ।  गत वर्ष उक्त पुरस्कार अमेरिकाको इन्डियाना क्रेडिट युनियन लीगलाई प्रदान गरिएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।