शुक्रबार, वैशाख १४
०५:४६

नेकोस सफ्ट्वेयर नवीनतम सुविधासहित स्तरोन्नत हुँदैछ

आईतबार, साउन २५
saccosaawaj

राजीव कर्ण 
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
एक्सक्लुसिभ माइन्डज्, 
सफ्ट्वेयर साझेदार कम्पनी, नेफ्स्कून

सहकारीसँगको एक्सक्लुसिभ माइन्डज्को सफ्ट्वेयर सहकार्य सुरुवात कसरी भयो ?
धेरै वर्षअघि हाम्रो एकजना पुरानो ग्राहक वित्तीय सहकारी अभियानसँग जोडिनुभयो । उहाँले नै हामीलाई सहकारी सफ्ट्वेयर विकास गर्न आग्रह गर्नुभएको थियो । त्यतिबेला सूचना प्रविधिको विविध क्षेत्रमा हात हालेको हाम्रो कम्पनीलाई सहकारी क्षेत्रसँग जोडिने अवसर सृजना भयो र हामीले काम ग¥यौं । सुरुमा हामीले एक्सक्लुसिभ बैंक प्रो नामक सफ्ट्वेयर बनाएका थियौं । नेफ्स्कूनसँग औपचारिक रुपमा जोडिनु अघि हामीसँग सफ्ट्वेयरका करीब ३५ वित्तीय सहकारी ग्राहक थिए ।

नेफ्स्कूनसँगको सहकार्य कसरी अघि बढ्यो ?
२०६६ सालतिर जोडिएपनि अहिलेको जस्तो संयुक्त साझेदारीको सुरुवात भने २०७१ साल जेठ १० गतेबाट भएको हो । नेफ्स्कूनले पहिले नेकोस सफ्ट्वेयर बिक्री गरेको थियो । पछि नेफ्स्कूनले बजारीकरण र बिक्री गर्ने तथा हामीले विकास र सहयोग गर्ने आपसी समझदारी ग¥यौं । यसले गर्दा हाम्रो सहकार्य थप मजबूद भएको छ । खास भन्ने हो भने यो हामीबीचको सहकारिताको उत्तम नमूना हो । पारस्परिकताको सहकारी मुल्यलाई हाम्रो साझेदारीले मलजल गरेको छ ।

तपाईको संस्थाको सहकारी सफ्ट्वेयर व्यवसायको अवस्था अहिले कस्तो छ ? 
विगत १७ वर्षदेखि प्रविधिका विविधि क्षेत्रमा काम गरिरहेका छौं । अहिले हाम्रा सेवाग्राही वित्तीय सहकारीहरुको संख्या ७ सय पुगेको छ । नेफ्स्कूनसँगको सहकार्य पूर्व जोडिएका करिब ३ दर्जनमध्ये अहिले करिब ७ वटामात्र हाम्रा ग्राहक छन् बाँकी अधिकांश नेफ्स्कूनको सञ्जाल र बाँकी केही पनि उहाँहरु मार्फत नै हामीसँग जोडिएका छन् । बद्लिदो परिवेश र सेवाग्राहीहरुको चाहना अनुरुप सुविधाहरु सफ्ट्वेयरमा थप गर्दै लाने र आफै पनि अरु भन्दा कसरी पृथक सेवा प्रदान गर्न सकिन्छ भनेर अहोरात्र खटिएका छौं । हाम्रो व्यवसाय र नेफ्स्कूनसँगको सहकार्यबाट हामी एकदम सन्तुष्ट छौं । 

पछ्रिल्लो समया सफ्ट्वेयर प्रविधिका विषयमा सहकारीहरुमा कस्तो अवधारणागत परिवर्तन पाउनुभएको छ ?
विगत २ वर्षदेखि सहकारीहरुमा प्रविधि सचेतना बढेको महसूस गरेको छु । नेफ्स्कूनको पहुँच वृद्धिसँगै निरन्तरको शिक्षा, तालिम र वकालतका कारण साकोसहरुले पनि प्रविधिको महत्व बुझेको मैले ठानेको छु । केही वर्षअघि सम्म सफ्ट्वेयरलाई अनावश्यक खर्च वा आर्थिक बोझको रुपमा लिने संस्थाहरु आज भने समयानुकूल परिवर्तन हुनुपर्ने रहेछ, सफ्ट्वेयर प्रविधिमा गरेको खर्चले अन्ततोगत्वा संस्थाको इमान्दारी, विश्वसनीयता र पारदर्शीतामा प्रत्यक्ष प्रभाव पारी समग्र कारोबारमै सकारात्मक प्रभाव पार्दोरहेछ भन्ने चेत आएको छ । सदस्य चाहना, प्रतिस्पर्धी वित्तीय संघ संस्थाहरुको कामकारबाही र विश्व परिवेशका कारण पनि हुनसक्छ आजभोली सहकारीहरु राम्रो सफ्ट्वेयर सेवा प्रदायकको खोजीमा देखिएका छन् ।

कोभिड–१९ को महामारीका कारण सिर्जित लकडाउनले तपाईहरुको काममा केही परिवर्तन ल्याएको छ कि ?
हामी केही कार्यालयबाट र केही घरबाट काम गरिरहेका छौं । हाम्रो लागि भनेको अरु सामान्य अवस्थामा पनि बाहिर बढी हिड्डुल भन्दा एक ठाउँमा बसेर काम गर्नुपर्ने हुन्छ । यो समयमा हामी बढी अध्ययन, अनुसन्धान र खोजमा समय व्यथित गर्न पाएका छौं । त्यसैगरी, यो बन्दाबन्दीले धेरै सहकारीहरुलाई सफ्ट्वेयरको आवश्कता र महत्वबोध गराएको छ । यसले हामी खुसी छौं । वित्तीयसँगै प्रविधि साक्षरताको विषयले पनि विस्तारै प्राथमिकता पाउन थालेको छ । तर अझै दूरदराजका सहकारीहरुमा यी विषयमा ज्ञान र चेतनाको अभाव पक्कै छ । 

बजारमा सहकारी सफ्ट्वेयर सेवा प्रदायकहरु धेरै छन् ? अरु भन्दा एक्सक्लुसिभ माइन्डज् कुन अर्थमा फरक छ ?
हुनत सबैले आफु राम्रो छु भन्छन् । यो त एउटा “क्लिसे” नै भैसक्यो । यद्यपि, नेफ्स्कूनसँगको सहकार्यको यात्राले खारिदै र माझिदै गएका हामी के दाबी गर्न सक्छौं भने हामी अफोरडेबल र आन्सरेवल दुवै छौं अर्थात् ठूला त भइहाले साना सहकारीहरुको पनि खर्चले धान्ने र हाम्रो सफ्ट्वेयरका सम्बन्धमा केही जानकारी अभाव वा कुनै समस्या आएमा झर्को नमानी बारम्बार सेवा प्रदान गछौं । नेपालमा पहिलो वेबमा आधारित (वेब बेस्ड) पहिलो सहकारी सफ्ट्वेयर सेवा प्रदायक हौं हामी । हाम्रो सफ्ट्वेयर प्रयोग गर्न एकदमै सजिलो छ ।
सबै प्रयोगकर्ता र सम्भावित प्रयोगकर्ताले के बुझ्नुपर्छ भने हाम्रा अधिकांश सदस्य नेफ्स्कूनका सदस्य हुन् । नेफ्स्कूनको सञ्जाल देशभर छ । त्यहीबाट पनि कतिपय समस्या समाधान हुन्छन् । फिल्ड कार्यालयबाट समाधान नभएको विषय मुख्य कार्यालयको सूचना प्रविधि शाखाका राजन जी, प्रवीण जी र अनीत जीले सम्बोधन गर्नुहुन्छ । यति गर्दा पनि केही थप जिज्ञासा र समस्या भए हामी सदा तत्पर छौं । यसले गर्दा हाम्रा सेवाग्राहीहरुमा के विश्वास छ भने सफ्ट्वेयरका विषयमा केही समस्या भए कम्तिमा ३ तहबाट समाधान सम्भव छ । नेफ्स्कूनसँग जोडिएपछि हाम्रो पनि कार्यबोझ कम भएको छ र अन्य सुविधाहरु थप गर्ने काममा जुट्न सकेका छौं । नेफ्स्कूनलाई पनि विकेन्द्रीत सञ्जालसँगै एक्सक्लुसिभ माइन्डज् छ भन्ने आधार छ । बजारमा देखिएका धेरै सेवा प्रदायकहरुले यो सुविधा कसरी प्रदान गर्न सक्छन् । उनीहरुलाई सफ्ट्वेयरको विकास, विस्तारदेखि बजारीकरणसम्म आफै जोडिनुपर्ने अवस्था छ । सीमित लगानी र स्रोत र साधनमा सेवाग्राहीको माग सम्बोधन गर्न उनीहरुलाई हम्मे पर्छ ।

अहिले सफ्ट्वेयरका सम्बन्धमा सहकारी बजारको माग के हो ?
अहिलेको माग भनेको बिश्लेषणात्मक औजार (ब्लबथितष्अब ित्यय०ि सहितको सफ्ट्वेयर सुविधा हो । आधारभूत प्राथमिकताहरु त भन्नै परेन । धेरैले सोध्दा पनि सोध्दैनन । अब भनेको सफ्ट्वेयरले दिने वित्तीय प्रतिवदेन र तथ्याङ्कहरु विश्लेषण सहितको हुनुप¥यो  जसले सहकारीहरुको कामको बोझ पनि कम होस् र उपलब्ध विश्लेषण व्यवसाय वृद्धिका लागि सहयोगीसिद्ध हुन् ।

चुनौतीहरु के छन् ?
हरेक क्षेत्रमा चुनौती हुन्छन् । चुनौतीहरुले नै सृजनाको सुनौलो बिहानीतर्फ मोडाउने हो । हाम्रो चुनौती भनेको पुरानो लेगसी डाटाबेसलाई कायम राख्दै नयाँ प्रविधिगत फिचरहरु स्तरोन्नति गर्दै लानु हो । पुरानो कामलाई असर नपर्ने तर नवीन माग र आवश्यकतालाई समाविष्ट गरी अघि बढ्ने काम पक्कै चुनौतीपूर्ण छ । हामीलाई लाग्छ हामी यसमा खरो उत्रेका छौं ।

एक्सक्लुसिभ माइन्डज्को भावी योजना र रणनीति के छन् ?
हामीले अहिले सफ्ट्वेयरको बजारीकरण र बिक्रीको पाटोलाई पूर्णविराम लगाइसकेका छौं । हामी नेकोस प्लसलाई एशियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस् ब्रान्ड पाएका र उक्त कार्यक्रममा सहभागी ठूला अनि सफल संस्थाहरुको माग लक्षित नयाँ स्वरुप (भर्जन) लिएर आउँदै छौं । साना, मझौला र ठूला संस्थाहरुको आवश्यकता अनुरुप विशेष सुविधा (फिचर) र बिशेष सहायता सहितको लागतमा आधारित (कस्ड बेस्ड) सफ्ट्वेयर सुविधा प्रदान गर्ने हाम्रो योजना हो । हुनत यो काम हामीले अहिले पनि नेकोस लाईट, नेकोस प्लस र नेकोस अल्टिमेट सफ्ट्वेयरमार्फत गरिरहेका छौं तर अब थप सशक्त ढंगबाट सबै सेवाग्राहीहरुको माग सम्बोधन गर्ने गरी काम गर्दैछौं । नयाँ फिचरहरु थप्दै विकास र गुणस्तर वृद्धिमा एकाग्र भएर लागेका छौं । यसले हामीलाई विशेषज्ञता हासिल गर्न मद्दत पुग्दछ । अर्को, हामी बैङ्किङ र सहकारीबीचको पूर्णत प्रविधिकरणको सम्भावना खोजीमा पनि छौं । सहकारीबाट नगद झिक्ने काम न्यून गराउन स्थानीय बिक्रेता (भेन्डर) मार्फत हरेक स्थानीय स्तरमै वित्तीय सेवा विविधिकरण प्रयासमा छौं । यसमा नेफ्स्कून र समग्र सहकारी क्षेत्रको साथ र सहयोग लिएर अघि बढ्ने सोच बनाएका छौं ।

जय सहकारी ।
 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी