शुक्रबार, चैत्र १६
०४:५९

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

                                                              मीनराज कँडेल
                                                             वरिष्ठ उपाध्यक्ष, 
                                                   राष्ट्रिय सहकारी महासंघ लि. नेपाल 
                                                       एवम् सल्लाहकार नेफ्स्कून  ।

संयूक्त राष्ट्र संघले सन् २००१ देखि २०१५ सम्म अघि सारेको ८ वटा लक्ष्य सहितको सहश्राब्दी विकास लक्ष्य (ःष्ििभललष्गm म्भखभयिऊभलत न्यबकि) को अवधी पूरा भएपछि त्यसको समिक्षा तथा मूल्यांकन सहित १५ सेप्टेम्बर २०१५ मा १९३ राष्ट्रका प्रतिनिधिहरुको हस्ताक्षर सहित सन् २०१६ देखि २०३० सम्मलाई “दीगो विकास लक्ष्य (क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यब)ि को रुपमा विकासका साझा लक्ष्यहरु अघि सारेको छ । जसमा नेपालले पनि हस्ताक्षर गरेको छ । यी लक्ष्यहरु १७ वटा तय गरिएका छन् । जुन यस प्रकार छन ।

लक्ष्य नं. १ सबै प्रकारका गरिबीलाई सबै ठाउँबाट अन्त्य गर्ने
लक्ष्य नं. २ भोकमरी तथा कुपोषणको अन्त्य गर्ने (खाद्य सुरक्षा, सुधारिएको पोषण तत्व तथा दीगो कृषिको उत्पादकत्व वृद्धि सहित)
लक्ष्य नं. ३ सबैको स्वस्थ, दीर्घ तथा सुखी जीवन (बाल मृत्युदर घटाउने, रोगको प्रकोप नियन्त्रण, सर्वसुलभ स्वास्थ्य सेवा )
लक्ष्य नं. ४ सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा र आजीवन सिकाइ (समावेशी, समतामूलक, गुणस्तरीय, निशुल्क तथा सर्भशुलभ शिक्षा)
लक्ष्य नं. ५ लैङ्गिक समानता र महिला तथा किशोरी सशक्तीकरण (सबै प्रकारका भेदभाव र लैङ्गिक हिंसाको अन्त्य )
लक्ष्य नं. ६ सबैका लागि सुरक्षित र दिगो रुपमा सफा पानी तथा सरसफाइ सुविधा
लक्ष्य नं. ७ सबैका लागि ऊर्जा (सहज, भरपर्दो, दिगो तथा आधुनिक ऊर्जामा पहूँच )
लक्ष्य नं. ८ सबैका लागि दिगो र समावेशी आर्थिक वृद्धि, उत्पादनशिल र मर्यादित रोजगारी प्रवद्र्धन
लक्ष्य नं. ९ बलियो र दीगो पूर्वाधार विकास, समावेशी औद्योगिकीकरण र अन्वेषणको प्रवद्र्धन गर्ने
लक्ष्य नं. १० देशभित्रै र देशहरु माझ रहेको असमानतालाई न्यूनीकरण गर्ने
लक्ष्य नं. ११ सहरहरु र मानव आवासलाई समावेशी, सुरक्षित, सबल र दिगो बनाउने
लक्ष्य नं. १२ दिगो उपभोग तथा उत्पादन प्रणालीलाई सुनिश्चित गर्ने
लक्ष्य नं. १३ जलवायु परिवर्तन तथा यसका प्रभावहरुलाई न्यूनीकरण गर्न तत्काल कारबाही थाल्ने
लक्ष्य नं. १४ समुद्री , महासागरीय जीवन र समुद्री स्रोतहरुको संरक्षण तथा दीगो प्रयोग गर्ने
लक्ष्य नं. १५ धरातलिय वातावरण, जंगल, जमिन र जैविक विविधताको संरक्षण गर्ने
लक्ष्य नं. १६ शान्तिपूर्ण र सामावेशी समाजको विकास, न्यायमा सबैको पहँुच र समावेशी संस्थाहरु मार्फत दीगो विकास
लक्ष्य नं. १७ दीगो विकासका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सबल बनाउने

यी माथिका लक्ष्यहरु पूरा गर्न संयुक्त राष्ट्र संघले १६९ वटा त्बचनभत (लक्ष्य) र २३४ वटा   ष्लमष्अबतयचक (सूचकांकहरु) अघि सारेको छ । सूचकांकहरु आ–आफनो देशको परिवेश अनुसार थपघट गर्न सकिने हुनाले नेपालमा राष्ट्रिय योजना आयोगले सबै कतबपभजयमिभच हरुसंग छलफल गरी ४७९ वटा ष्लमष्अबतयचक (सुचकांकहरु) अघि सारेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (क्ष्ऋब्) को सन् २०१६ मा क्यानडाको क्यूवेकमा भएको अन्तर्राष्ट्रिय समिटमा संयुक्त राष्ट्रसंघका जिम्मेवार प्रतिनिधिहरुले यदि सहकारी क्षेत्रले साथ नदिने हो भने यी दीगो विकास लक्ष्यहरु पूरा हुन सक्दैनन् र अधुरै रहन्छन् भन्ने भनाईहरु प्रस्तुत गरेपछि अन्तर्राष्ट्रिय सहकारी महासंघले संसारभरीका सहकारीहरुलाई संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो विकास लक्ष्यहरु पुरा गर्न आ–आफनो ठाउँबाट सम्पूर्ण शक्तिका साथ योजनाबद्ध ढंगले लाग्नका लागि आह्वान गरेको छ । सोहि कुरालाई मध्येनजर गर्दै नेपालमा राष्ट्रिय सहकारी महासंघले अघिल्लो वर्ष र यस वर्ष पनि “दीगो विकास लक्ष्य प्रप्तिका लागि सहकारी” भन्ने त्जझभ तय गर्नुका साथै देश व्यापी रुपमा विविधरुपमा कार्यक्रमहरु अघि सार्नुका साथै सबै संघ÷ संस्थाहरुलाई आ–आफनो ठाउँमा जुट्न आह्वान गरेको छ ।

   यीनै कूराहरलाई मध्य नजर राखेर देशभरका सम्पुर्ण सहकारी संघ ÷संस्थाहरुले आ–आफनो कार्यक्षेत्र भित्रको भौगोलिक परिवेश, समुदाय र सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र त्यस क्षेत्र भित्रको वातावरणीय अवस्थालाई सूक्ष्म ढंगसँग अध्ययन र विश्लेषण गरी संस्था र सदस्यहरुको सबल पक्षहरुको अधारमा यी १७ वटै लक्ष्यहरु, त्यसका उपलक्ष्यहरु र सूचकांकहरु पूरा गर्न आ–आफनो ठाउँबाट के कस्ता भूमिकाहरु निर्वाह गर्न सकिन्छ, के कस्ता क्रियाकलापहरु गर्न सकिन्छ र गर्नु पर्ने क्रियाकलापहरुलाई संघ ÷संस्थाहरुका रणनीतिक योजना, व्यवसायिक योजना, संघ ÷संस्थाका नीति कार्यक्रम तथा बजेटमा समेत समाबेश गरी अघि बड्न साथै नेपाली सहकारी अभियानले आ–आफनो कतव्र्य र दायित्व पूरा गर्न प्रतिबद्धता जाहेर गर्नु पर्दछ । समाप्त । 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी