आईतबार, वैशाख २३
०७:२२

आइसीए अध्यक्ष ग्वार्कोको पुस्तक सार्वजनिक: सहकारी प्रारुपको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुमा चर्चा

आईतबार, पुस ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । अन्तर्राष्टिय सहकारी महासंघ (आइसीए) का अध्यक्ष एरियल ग्वार्कोको पुस्तक Cooperative Principles in Action सार्वजनिक भएको छ । सहकारी सम्बन्धी विश्वव्यापी चुनौती र अवसरहरु, वातावरणमाथिको मानवीय आक्रमणले निम्त्याएका जलवायु परिवर्तनको विश्वव्यापी समस्या, महिला अधिकार, भविष्यमा कामको प्रवृत्तिमा आउने परिवर्तन, नवीन प्रविधि, वित्तीय विश्वव्यापीकरण, कृषि खाद्य प्रणाली, सञ्चार र दिगो शान्ति आदि जल्दावल्दा विषयवस्तुहरु र सहकारीबीचको तादात्म्य स्थापित गर्ने यत्न पुस्तकमा गरिएको छ । विश्व सहकारी अभियानले माथि उल्लेखित विषयहरुको सम्बोधनमा गरेका कामहरु केलाउने प्रयास पुस्तकमा गरिएको छ । पुस्तक ८ अध्यायमा विभक्त छ । 

स्पेनी भाषामा प्रकाशित पुस्तकमा मुलतः सहकारी प्रारुपले ल्याएको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुको सेरोफेरो समावेश गरिएको बताइएको छ । पुस्तकमार्फत लेखक ग्वार्कोले दिगो विकासका लक्ष्यहरु हासिल गर्ने, लैङगिक समानता, शान्ति र मर्यादित श्रम प्रवर्धनको कार्यमा सहयोग पुर्याउने आर्थिक मोडलको रुपमा सहकारीको वकालत गर्नुभएको छ । यसैगरी, अध्यक्ष ग्वार्कोले विश्वभरका सहकारीकर्मीअरुलाई आजका मानवीय चुनौतीहरु र सहकारीबीच निकट र गतिशिल सम्बन्धका आयामहरु स्थापित गर्ने पुनित कार्यमा जुट्न पुस्तकमार्फत आग्रह समेत गर्नुभएको छ । यसैगरी, पुस्तकमा उहाँले सहकारी अभियानको सर्वोच्च विश्व निकायको प्रमुखको रुपमा देखे भोगेका अनुभव र सिकाइहरु पनि समेट्नुभएको बताइएको छ ।

सन् २०१७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा भएको आइसीएको साधारण सभाबाट अर्जेन्टिनी सहकारीकर्मी ग्वार्को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले २ दशक भन्दा अघि अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको कोरोनेल प्रिङलेसमा रहेको विद्युत सहकारीबाट यो अभियानको यात्रा प्रारम्भ गर्नुभएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।