बिहीबार, वैशाख २०
०३:५८

८३ प्रतिशत अफ्रिकी फेशन डिजाइनरहरु सहकारीमा जोडिन इच्छुक

बुधबार, माघ २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

अफ्रिकी मुलुकका ८३ प्रतिशत फेशन डिजाइनरहरु सहकारीको छाताभित्र आवद्ध भएर आफ्नो उद्यम व्यवसाय सञ्चालन गर्न तयार रहेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले इन्टरनेशनल ट्रेड सेन्टर (आइटीसी), अफ्रिकन एक्सपोर्ट इम्पोर्ट बैंकसँगको समन्वयमा अफ्रिकी मुलुकका फेशन डिजाइनरहरुसँग आयोजना गरेको भर्चुअल परामर्श बैठकका क्रममा सहभागीहरुले सहकारी मोडलमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । त्यससम्बन्धमा गरिएको एक प्रारम्भिक मत सर्वेक्षणले उक्त नतिजा देखाएको हो । सहकारी क्षेत्रका लागि यो उत्साहको खबर हो ।

पछिल्लो सर्वेक्षणले आकांक्षीहरुको उल्लेख्य प्रतिशत देखाएको हो । भर्चुअल कार्यक्रममा सहभागी फेशन डिजाइनरहरुले सहकारी मोडलमा व्यवसाय गर्दा बढी लाभदाय हुने धारणा राखेका थिए । उनीहरुले भारतमा महिलाहरुमार्फत सहकारी उद्यम प्रवर्धनमा उल्लेख्य काम गरिरहेको सेवासँगै बेल्जियमको स्मार्ट सहकारी र इटालीको डक सर्भिजीको उदाहरणीय कामहरुबाट सहकारी मोडलमा व्यवसाय गर्ने प्रेरणा प्राप्त गर्न सकिने बताएका थिए । सहभागी फेशन डिजाइनरहरुलाई आईसीए, आईसीए अफ्रिका र सिकोपाका प्रतिनिधिहरुले सहकारी उद्यमसम्बन्धमा जानकारीसहित जिज्ञासाहरु सम्बोधन गरेका थिए । उनीहरुले अफ्रिकी फेशन डिजाइनरहरुलाई काम गर्न सहज हुने सहकारी उद्यम तथा विषयगत आवद्धतासम्बन्धमा पनि जानकारी गराइएको आईसीएले जनाएको छ । सहकारीमार्फत काम गर्दा विशेषतः महिला, युवा तथा पिछडिएका समुदायको श्रमको सम्मान हुने र गरिबी निवारणमा पनि सहयोग पुग्ने विश्वास अफ्रिकन एक्सपोर्ट इम्पोर्ट बैंककातर्फबाट राखिएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।