बिहीबार, वैशाख २०
०२:४४

विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक, कृषि सहकारीहरुको बाहुल्यता

सोमबार, माघ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक गरिएको छ । यी सहकारीहरुको कूल बार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ जुन अघिल्लो आधार वर्ष भन्दा बढी हो । २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा ३ सय ठूला सहकारीहरुको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची २०२३ हालै सार्वजनिक गरेको हो । आईसीएले वार्षिक कारोबारको आधार र कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । दुबै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुको बाहुल्यता रहेको छ ।

सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रुपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरुको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरुमध्ये १०५ कृषि सहकारीहरु रहेको देखाएको छ । त्यस्तै, कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सय मध्ये १०३ कृषि सहकारीहरु नै छन् ।

पहिलो आधारमा बिमा सहकारीहरु ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरु ५७ वटा रहेका छन् । यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरुमा कृषि पछि ८७ वटा बिमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘टप थ्रिहन्डे«ड’ भित्र परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ ।

कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे रहेको छ । तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ । १२औं संस्करणको वल्ड कोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो ।

यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरु ३ सय ठूला भित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् । 
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।