बिहीबार, वैशाख २०
१२:२०

आईसीए एपीको साधारण सभा मनिलामा सुरु

बिहीबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

न्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको एसिया प्रशान्त क्षेत्र (आईसीए एपी) को १६औं साधारण सभा फिलिपिन्सको राजधानी मनिलामा आज सुरु भएको छ । साधारण सभामा २८ मुलुकका १ सय ८ प्रतिनिधिसहित ६ सय बढी सहकारीकर्मीहरुको सहभागिता रहेको छ । यसपटकको आईसीए एपीको साधारण सभाको थिम ‘सहकारीः हाम्रो साझा एजेण्डा’ भन्ने रहेको छ । नेपालको तर्फबाट बैठकमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून तथा राष्ट्रिय सहकारी बैंकको सहभागिता रहेको छ । महासंघका अध्यक्ष मिनराज कडेलसहित बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनकोतर्फबाट बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक हरेराम पटेल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, सहकारी बैंककातर्फबाट अध्यक्ष केबी उप्रेती लगायत सहभागी हुनुहुन्छ । 

साधारण सभाले आईसीएको क्षेत्रीय निकायको विगत दुई वर्षका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै भावी नीति तथा कार्यक्रमसहित कार्यदिशा तय गर्ने छ । सभामा सहकारी क्षेत्र र त्यसमा पनि एशिया प्रशान्त क्षेत्रकाका समसामयिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । सन् २००३ यता पहिलो पटक फिलिपिन्सको सहकारी अभियानले आईसीए एपीको साधारण सभा आयोजना गर्न लागेको हो । 

नोभेम्बर ६ देखि १० सम्मका लागि तय भएको साधारण सभा अन्तर्गत विभिन्न समितिका बैठकहरु सम्पन्न भएका छन् । सम्मेलनको मुख्य विषय साधारण सभा भने आज हुँदैछ । स्थानीय समय अनुसार सभा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बस्नेछ । आजै आईसीए एपी अन्तर्गतको कृषि तथा वातावरण उपसमितिको बैठक पनि बस्दैछ भने साँझ बिदाई भोजको कार्यक्रम आयोजना हुँदैछ ।

यसअघि भएका विभिन्न समितिहरुको बैठकमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तय गरेको १७ वटा विकासात्मक लक्ष्य हासिल गर्न वित्तीय सहकारीले हालसम्म खेलेको भूमिका, चुनौतीहरु र भावी रणनीतिबारे छलफल भएको थियो । त्यस्तै, वित्तीय सहकारी सञ्चालनका विविध पक्षबारे पनि छलफल भएको छ । ।  नोभेम्बर ६ मा आईसीए एपीको पूर्ण बोर्ड बैठक बसेको थियो । बैठकमा आईसीएका अध्यक्ष एरियल ग्वार्को पनि सहभागी हुनुभएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभा आईसीए एपीको सर्वोच्च निकाय हो । 

सभाकै सेरोफेरामो नोभेम्बर ३ देखि ५ सम्म क्षेत्रीय युवा कार्यशाला आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गतको युवा समितिले आयोजना गरेको कार्यशालामा युवाहरुलाई सहकारीप्रकृतिको स्टार्ट अप व्यवसाय सुरु गर्न प्रेरित गर्ने उद्देश्यसहित छलफल भएको छ । कार्यशालाले त्यसका लागि २ वर्षे कार्य योजना तयार पार्ने लक्ष्य लिएको छ । 

सभाको सेरोफेरोमा भोलि नोभेम्बर ८ मा ‘कोअपरेटिभ्स आवर कमन एजेन्डा’ थिममा सहकारी ११औं एशिया प्यासिफिक कोअपरेटिभ फोरम पनि आयोजना हुँदैछ । भोलि नै आईसीए एपीले पहिलो पटक सुरुवात गरेको आईसीए एपी कोअपरेटिभ एक्सिलेन्स अर्वाड पनि घोषणा गरिदैछ । सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संस्था र नियामक निकाय गरी ३ विधामा यो पुरस्कार दिइने आईसीए एपीले जनाएको छ ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय आईसीए अन्तर्गत हाल आईसीए एपी, आईसीए अफ्रिका, आईसीए युरोप र आईसीए अमेरिकाज् गरी ४ वटा क्षेत्रीय कार्यालय रहेका छन् । सन् १९६० मा स्थापना भएको आईसीए एपीको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित छ भने पहिलो क्षेत्रीय साधारण सभा सन् १९९५ मा नयाँ दिल्लीमानै आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गत हाल २८ राष्ट्रका करिब १ सय ८ सहकारी सदस्य रहेका छन् । आइसीए एपीको अध्यक्षमा भारतका प्रसिद्ध सहकारीकर्मी डा.चन्द्रपाल सिंह निर्वाचित भएपछिको पहिलो पटक साधारण सभा आयोजना हुन लागेको हो । 


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।