शनिबार, वैशाख २२
०७:२२

दिगो विकासको महत्वपूर्ण ‘एक्टर’ सहकारी: राष्ट्र संघीय महासचिव

मंगलबार, कात्तिक १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपाल भ्रमणमा हुनुहुन्छ । राष्ट्र संघका महासचिवको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको राष्ट्र संघ १ सय ९३ राष्ट्र आवद्ध सबैभन्दा ठूलो विश्वस्तीय साझा मञ्च हो । विश्वमा शान्ति र मानवअधिकारको प्रवर्धनका लागि स्थापित संघ र विश्व सहकारी अभियानको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) बीच सुमधुर सम्बन्ध रहँदै आएको छ । विश्व शान्ति, मानवअधिकार, सामाजिक न्याय, आर्थिक शसक्तिकरण, लैङ्गिक, जातिय लगायतका विभेदहरुको अन्त्य, आदि राष्ट्र संघको अभियानमा आईसीएले ऐक्यबद्धता जनाउँदै आएको छ भने राष्ट्रसंघले पनि माथिका उपलब्धिहरु हासिल गर्न सहकारी अभियानको शीर्ष निकायको रुपमा आईसीएको भूमिकोको प्रशंसा गरेको छ । राष्ट्र संघले दिगो विकासका लक्ष्य हालिस गर्न सहकारी क्षेत्रको अहम् भूमिका हुने भन्दै विश्व सहकारी अभियानलाई ‘वन अफ द एक्टर्स अर्फ एसडीजी’ भनेको छ । हाल विश्व जनसंख्याको कम्तिमा १२ प्रतिशत कुनै न कुनै रुपमा सहकारीमा आवद्ध रहेका छन् ।

महासचिव गुटेरेसको नेपाल भ्रमणको केही समयअघि गत सेप्टेम्बरमा सम्पन्न ७८औं राष्ट्र संघीय महासभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश भएको थियो । ‘सामाजिक विकासम सहकारीको भूमिका’ विषयक महासचिवको उक्त प्रतिवेदनले पनि दिगो विकासको लक्ष्य हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै विश्वका सरकारहरुलाई सहकारीमार्फत उद्यमशिलता विकासको अभियानमा जोड्न आग्रह गर्नुभएको थियो । सहकारीमार्फत ऐजेण्डा २०३० हासिल गर्न सहकारीहरुको भूमिका अहम् हुने भएपनि कारणवश सम्भावनाअनुरुप काम भने हुन नसकिरहेको तर्फ ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिवेदनमा अबका दिनमा सरकार र सहकारी अभियानले गर्नुपर्ने काम र लिनुपर्ने तदारुकताबारे समेत सुझावहरु उल्लेख गरिएको छ । महासचिव गुटेरेसले सहकारीहरुले विकासका तीनै आयाममा हालसम्म खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

राष्ट्रसंघको ७६औं महासभामा पनि सहकारीको सामाजिक भूमिका सम्बन्धी महासचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड महामारी यता हालसम्म विश्व सहकारी अभियानले खेलेको भूमिकाबारे प्राथमिक चर्चा गरिएको थियो । उक्त प्रतिवेदनमा महासचिव गुटेरेसले पोष्ट कोभिड विश्वमा जनअपेक्षालाई वास्तविकतामा परिणत गरी व्यवस्थित आर्थिक तथा सामाजिक परिवर्तन प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक रहेको र यसका लागि सहकारीको केन्द्रीय भूमिका हुने कुरामा जोड दिइएको थियो । 

सन् २००९ को डिसेम्बर १८ मा संयुक्त राष्ट्र संघीय महासभाले सन् २०१२ लाई संयुक्त राष्ट्रंघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । यसअघि सन् १९९२ को डिसेम्बर १६ मा बसेको राष्ट्र संघीय महासभाले आईसीए स्थापनाको एक सय वर्ष पुगेको अवसरमा सन् १९९५ को पहिलो शनिवारलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसयता प्रत्येक जुलाईको पहिलो शनिवारलाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइँदै आएको छ । आईसीएको स्थापना सन् १८९५ अगष्ट १८ मा बेलायतको लन्डनमा भएको थियो । यस्तै, आईसीएले विगत लामो समयदेखि राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्मा परामर्शदाताको मान्यता प्राप्त गरेको छ । 

सन् १९६८ को महासभाले आर्थिक तथा सामाजिक परिषद्लाई आर्थिक सामाजिक विकासको लागि सहकारीको भूमिका बारे विचार गर्न आग्रह गरे पश्चात राष्ट्र संघले सहकारीलाई हेर्ने दृष्टिकोण थप सकारात्मक बनेको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।