शनिबार, वैशाख २२
०७:४७

आईसीएद्वारा इजरायल प्यालेस्टाइनमा शान्तिका लागि आग्रह 

मंगलबार, कात्तिक १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

न्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएले इजरायल प्यालेस्टाइन क्षेत्रमा शान्तिका लागि आग्रह गरेको छ । पछिल्लो समय दुबै पक्षबीच हिंसात्मक गतिविधि बढेको भन्दै आईसीएले शान्तिका लागि द्वन्दरत पक्षसँग आग्रह गरेको हो । विश्व सहकारीको सर्वोच्च निकायले एक विज्ञप्ति जारी गर्दै दुबै पक्षका युद्ध पीडितहरु तथा ती क्षेत्रमा रहेका सहकारीका सदस्यहरुप्रति ऐक्यबद्धता रहेको जनाएको हो । 

विज्ञप्तिमा युद्धका क्रममा सर्वसाधारण नागरिकलाई बन्दी बनाइएको तथा उनीहरुमा माथि दुबै पक्षबाट भएका आक्रमणको भत्सर्नासमेत गरिएको छ । आईसीएले युद्धविराम तथा समस्याको दीर्घकालिन समाधानका लागि गरिएका कुटनीतिक प्रयासमा साथ र समर्थनका लागि समेत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । साथै उसले मानवअधिकारको सम्मान गर्न सबैलाई आग्रह गरेको छ । आईसीएले मध्यपूर्वमा जारी युद्धको शान्तिपूर्ण अवतरणका लागि सम्बन्धित पक्षसँगै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो । आईसीले विज्ञप्तिमा भनेको छ, ‘विवादको समाधान कदापि हिंसाको माध्यमाबाट हुन सक्दैन ।’ विश्व शान्ति, मानवअधिकार, सामाजिक न्याय र भाइचारामा विश्वास गर्ने आईसीएले सहकारीकामाध्यबाट सकारात्मक शान्ति सम्बन्धी घोषणापत्र समेत  जारी गरिसकेको छ । 

यसैबीच, आईसीएले इजरायल तथा प्यालेस्टाइनका द्धन्दपीडितहरुलाई खुला ह्दयका साथ नगद जिन्सी लगायत हरतरहका सहयोग गर्न सबै मुलुकका सहकारी अभियानलाई आग्रहसमेत गरेको छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।