शुक्रबार, वैशाख २१
११:०८

विश्व क्रेडिट युनियन सम्मेलन–२०२४; सहभागी नाम दर्ता खुला

सोमबार, कात्तिक १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विश्व क्रेडिट युनियन सम्मेलन–२०२४ मा सहभागिताका लागि नाम दर्ता खुला गरिएको छ । विश्वभरका वित्तीय सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) र अमेरिकी क्रेडिट युनियनहरुको छाता संगठन-क्रेडिट युनियन नेशनल एशोसिएन (क्यूना) ले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त सम्मेलन अमेरिकाको बोस्टनमा आगामी जुलाई २१ देखि २४ सम्म हुँदैछ । क्यूना विश्व ऋण परिषद्को प्रत्यक्ष सदस्य हो । बोस्टन शहरको बोस्टन कन्भेन्सन सेन्टरमा आयोजना हुने सम्मेलनको दौरान ओकूको वार्षिक साधारण सभा, ओकू अन्तर्गत क्रेडिट युनियनमा आवद्ध महिलाहरुको सञ्जाल ग्लोबल विमिन लिडरशीप नेटवर्क (जीडब्लूएलएन) र युवाहरुको सञ्जाल डब्लूवाईसीयूपीसँगै क्रेडिट युनियनका जल्दाबल्दा विषयहरुमा प्लेनरी र ब्रेकआउट सेसन सञ्चालन हुने जनाइएको छ । विश्व क्रेडिट युनियन विश्वभरका बचत तथा ऋण सहकारी अभियानको महाकूम्भ हो । यो सम्मेलन सिकाइ तथा अनुभव आदानप्रदानसँगै सम्बन्ध विकास र विस्तार गर्ने साझा थलो समेत हो । ओकूले वेबसाइट तथा आफ्ना सामाजिक सञ्जालमार्फत आगामी वर्षको सम्मेलनका लागि सहभागी हुन आग्रह गर्दै रजिष्ट्रेशन खुला गरिएको जनाएको हो ।

सन् २०२३ को विश्व क्रेडिट युनियन सम्मेलन जुलाई २३ देखि २६ सम्म क्यानाडाको भ्यानकूभर शहरमा आयोजना गरिएको थियो । सहभागिताका हिसाबले ऐतिहासिक रहेको उक्त सम्मेलनमा ओकूको प्रत्यक्ष सदस्यको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का तर्फबाट पनि सहभागिता जनाइएको थियो । 


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।