शुक्रबार, वैशाख २१
०९:४३

आईसीए एपीको १६औं साधारण सभा फिलिपिन्समा आयोजना हुँदै

शुक्रबार, कात्तिक १०
एजेन्सी
saccosaawaj

न्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएको एसिया प्रशान्त क्षेत्रीय कार्यालय आईसीए एपीको १६औं साधारण सभा फिलिपिन्सको राजधानी मनिलामा आउँदो नोभेम्बर महिनामा आयोजना हुँदैछ । प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभा आईसीए एपीको सर्वोच्च निकाय हो । नोभेम्बर ६ देखि १० सम्म आयोजना हुने सभाले आईसीएको क्षेत्रीय निकायको विगत दुई वर्षका कार्यक्रमहरुको समिक्षा गर्नुका साथै भावी नीति तथा कार्यक्रमसहित कार्यदिशा तय गर्ने छ । सभामा सहकारी क्षेत्र र त्यसमा पनि एशिया प्रशान्त क्षेत्रकाका समसामयिक विषयहरुमा पनि छलफल हुने बताइएको छ । 

सन् २००३ यता फिलिपिन्सको सहकारी अभियानले पहिलो पटक आईसीए एपीको साधारण सभा आयोजना गर्न लागेको हो । सभाको सेरोफेरोमा नोभेम्बर ८ मा ‘कोअपरेटिभ्स: आवर कमन एजेन्डा’ थिममा सहकारीः ११औं एशिया प्यासिफिक कोअपरेटिभ फोरम पनि आयोजना हुँदैछ भने आईसीए एपीको सञ्चालक समितिको बैठक पनि मनिलामै बस्ने कार्यक्रम रहेको छ । नोभेम्बर ८ मा आईसीए एपीले पहिलो पटक सुरुवात गरेको आईसीए एपी कोअपरेटिभ एक्सिलेन्स अर्वाड पनि घोषणा गरिदैछ । सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संस्था र नियामक निकाय गरी ३ विधामा यो पुरस्कार दिइने आईसीए एपीले जनाएको छ ।

विश्व सहकारी अभियानको सर्वोच्च निकाय आईसीए अन्तर्गत हाल आईसीए एपी, आईसीए अफ्रिका, आईसीए युरोप र आईसीए अमेरिकाज् गरी ४ वटा क्षेत्रीय कार्यालय रहेका छन् । सन् १९६० मा स्थापना भएको आईसीए एपीको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित छ भने पहिलो क्षेत्रीय साधारण सभा सन् १९९५ मा नयाँ दिल्लीमानै आयोजना गरिएको थियो । आईसीए एपी अन्तर्गत हाल २८ राष्ट्रका करिब १ सय ८ सहकारी सदस्य रहेका छन् । आइसीए एपीको अध्यक्षमा भारतका प्रसिद्ध सहकारीकर्मी डा.चन्द्रपाल सिंह निर्वाचित भएपछि पहिलो पटक साधारण सभा आयोजना हुन लागेको हो । सभामा आईसीएका अध्यक्ष एरियल ग्वार्को लगायत सदस्य सहकारीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नेपालका बचत ऋण सहकारीहरुको एक मात्र विषयगत केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पनि आइसीए एपीको सदस्य रहेको छ ।


 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।