शनिबार, वैशाख २२
०९:०१

ओकूको प्रेजिडेन्ट सिइओ एलिसा म्याक्कार्टरद्वारा नयाँपाटी साकोस भ्रमण  

बिहीबार, भदौ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृत एलिसा म्याक्कार्टर लाबोर्डेले काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडौंमा जारी एशियाली ऋण महासंघको फोरम सहभागिताका लागि ओकूकी प्रेजिडेन्ट सिइओ एलिसा पहिलो पटक बुधबार नेपाल आइपुग्नुभएको हो । यसैक्रममा सिइओ लाबोर्डे र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले समुदायमा आधारित रहेर सदस्य लक्षित सेवा प्रवाह गर्दै आइरहेको नयाँपाटी साकोसको बिहिबार अवलोकन भ्रमण गर्नुभएको थियो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ओकूको प्रिन्सिपल अनुसार कुनै पनि बचत तथा ऋण सहकारी संस्थाको नाफा कति छ भन्दा पनि सदस्यलाई कस्तो सेवा दिइरहेको छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर हेर्ने बताउनुभयो । सिइओ सापकोटाले सदस्य सेवा प्रवाहमा नयाँपाटी साकोसले राम्रो काम गरिरहेको र एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रममा समेत आबद्ध भएकोले अझ राम्रो प्रगतिका लागि शुभकामना प्रदान गनुभयो । 

ओकूकी प्रेजिडेन्ट सिइओ लाबोर्डेले नयाँपाटी साकोसले करिब दश हजार सदस्यलाई सेवा दिइरहेको अत्यन्त सुन्दर पक्ष रहेको बताउनुभयो । उहाँले अहिले सबैतिर वित्तीय असहजता रहेको प्रशंग उल्लेख गर्दै यसको समाधानका लागि समय लाग्छ, तर सहकारीले सदस्यको भविष्य सोचेर कार्यगर्नुपर्ने, त्यसको लागि प्रविधि विकास, वस्तु तथा सेवा विकासमा पहुँच विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । विश्वका विभिन्न मुलुकका बचत तथा ऋण सहकारी संस्था संस्थाहरुको अवलोकन भ्रमण गरिसक्नुभएकी सिइओ लाबोर्डेले आफ्नो संक्षिप्त सहकारी अनुभव समेट साट्नुभएको थियो । 

नयाँपाटी साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षतामा साकोसको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच साकोसका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । अध्यक्ष खनालले ओकूकी सिइओ लाबोर्डेलाई मायाको चिन्हो प्रदान गर्नुका साथै  नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सापकोटालाई स्वागत तथा शुभकामना प्रदान गर्नुभएको थियो । 

 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।