शुक्रबार, वैशाख २१
०४:३७

अक्कूका अध्यक्ष योनसुक किमलाई नेफ्स्कूनद्वारा स्वागत

बुधबार, भदौ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एशियन क्रेडिट युनियन (अक्कू) फोरम–२०२३ मा सहभागी हुन नेपाल आइपुग्नुभएका अक्कूका अध्यक्ष योनसुक किमसहितको ४ सदस्यीय टोलीलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले स्वागत गर्नुभएको छ । स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका अध्यक्ष पौड्यालले नेफ्स्कूनको प्रायोजनमा फोरम आयोजना गरेर एशियाली क्रेडिट युनियनकर्मीहरुलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । संघका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ र कार्यक्रम अधिकृत रञ्जनमणि पौड्याल पनि स्वागत कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो । 

एशियाली ऋण महासंघ (अक्कू) को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्राविधिक सहजीकरणमा काठमाडौंको द होटल सोल्टीमा अक्कू फोरम, २०२३ को ग्राण्ड ओपनिङको तयारी भईरहेको छ  । 

फोरममा एसियाली ऋण महासंघका प्रतिनिधिहरू र सदस्य राष्ट्रहरू नेपाल, अस्ट्रेलिया बङ्गलादेश, इन्डोनेसिया, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का सहितका १९ राष्ट्रका ४१७ जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा एसियाली ऋण महासंघको ४२ औं साधारणसभा समेत हुनेछ । फोरमको ग्राण्ड ओपनिङ सेप्टेम्बर १५ मा हुँदैछ ।

अक्कू प्रि फोरमको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भदौ २५ गते गर्नुभएको थियो । 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।