सोमबार, वैशाख १७
११:२३

   सहकारी के हो ?

शुक्रबार, भदौ २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बचत तथा ऋण सहकारीको मुख्य कार्य बचत संकलन गरी सो बचतको सही परिचालन गरी सामाजिक व्यवसाय गर्नु हो । हाम्रो मनसाय नै सहकारी भनेको बैंकको पर्याय भन्ने बझ्दछौँ तर सहकारी र बैंकबिच आफैमा ठुलो भेद छ । कुनै निश्चित भुगोलभित्रका एउटै उद्देश्य प्राप्त गर्न मानिसहरु आपसमा संगठित भई खोलिएको प्रारुप नै सहकारी हो भने बैंक भनेको सिमित व्यक्तिको लगानीमा सोही समुहबिच नाफा नोक्सान बाँडफाँड हुने व्यवसाय हो । तसर्थ सहकारी र बैंक कुनैपनि सर्तमा आफैँमा तुलना हुनै सक्दैन र गर्नुपनि उपयुक्त हुँदैन। सहकारीमा शेयर सदस्य भएका मानिसहरु आफै मालिक हुन्छन् त्यो संस्था सञ्चालनका कार्यविधि, नीतिनियम आफै बनाउँछन् भने नाफा घाटाको स्वःभागिदार पनि हुन्छन् । सहकारीमा शेयर खरीद गरी सदस्य हुने जो कोहि विनियमले तोके बमोजिम सञ्चालक बस्न सक्छ तर बाँकी शेयर सदस्यहरुको हैसियत पनि समान नै रहन्छ । सहकारी संस्थामा शेयर खरीद तथा बचत वा ऋणको ठुलो कारोबारले सदस्यलाई कहिल्यै विभेद गर्दैन तर बैकले यस्तो कहिल्यै गर्दैन ।

सामान्यरुपमा हेर्दा बचत तथा ऋण सहकारीको मुख्य कार्य बचत संकलन गरी ऋण लगानी गर्नु नै हो तर अहिलेको समय, परिस्थिति तथा प्रविधिका कारणले गर्दा सहकारीको कामलाई थप व्यापकता दिइरहेको देख्न सकिन्छ । मानिसहरुको ईच्छा र आवश्यकता पनि देश, काल र परिस्थिति अनुसार फरक फरक तथा थपिँदै गएझैँ सहकारीका पनि आधुनिक प्रविधिका काम तथा दायित्वहरु समयानुकुल थपिँदै वा परिवर्तन हुँदै जानु स्वभाविकै हो । समयानुकुल परिवर्तनशिल हुन जरुरी छ । 

१. सहकारीताको सुरुवातको चरण

बिगतमा सहकारीमा जहाँ चिनेजानेका तथा प्रतिष्ठित तथा समाजमा अग्रणी मानिसहरु थिए तीनै संस्थामा मानिसहरु रुपैँयापैसा जम्मा गर्न वा सापटी लिन जान्थे । सो समयमा समाजका मानिसका आवश्यक्ता र चाहना नै सोही कुरामा सिमित थियो । सहकारीका सदस्यहरु आफ्नो रुपैँयापैसाको सुरक्षामा नै ध्यान दिन्थे । उनीहरुलाई सरसापटी गर्जो टार्नु तथा केही बचत गर्नुबाहेक थप जरुरत नै थिएन । सायद समुदायमा सहकारीको संख्या कम भएर पनि मानिसहरु यसैमा सिमित थिए ।  

२. सहकारीताको मध्यम चरण

जब समाजमा धेरै सहकारीहरु स्थापना हुदैँ गए तर समुदायमा सदस्यहरु सिमित थिए ती सदस्यहरुलाई आफुतिर आकर्षित गर्न उनीहरुलाई केही फरह गर्नुपर्ने दायित्व थियो । परम्परागत सहकारीहरुको सिमितताबाट सदस्यबाट सदस्यहरुको केही थप अपेक्षा थियो । पुराना तथा सहकारीताको सुरुवातको चरणमा हरहिसाब एकतर्फि वा सहकारीको कार्यालयमा रहने भएकाले मध्यम चरणमा पासबुक तथा दुईतिरै हिसाबकिताब राख्ने प्रकृया सुरु भयो । आवश्यक पर्दा सहजै रुपमा निकाल्न सकिने तथा हरहिसाब पारदर्शी हुने भएकाले मानिसहरुको विश्वास बढ्दै गयो र सहकारीहरु पनि केही व्यवसायिकतामा जान सफल भए । 

३. सहकारीतामा आधुनिकताको चरण

नेपालमा पनि सहकारीताको थप व्यवसायिकता बढ्दै गएको अवस्थामा सहकारी अभियानको आवाज पनि बुलन्द हुँदै गएको थियो । सहकारीकर्मीहरु तालिमप्राप्त हुँदै गएकाले सहकारीहरु पनि गुणस्तरीय हुँदै थिए । नेपालमा रोजगारीका अवसरहरु कम भएकाले ठुलो संख्यामा नेपालीहरु बैदेशिक रोजगारीमा जाने चरणको सुरुवात थियो । नेपालमा बैंकहरु सुगममा सिमित तथा हुन्डी लगायतको अबैधानिक माध्यमबाट रगत पसिनाको कमाई असुरक्षित भएकाले नेपालमा एक सुरक्षित, भरपर्दो तथा कानुनी मान्यता प्राप्त भुक्तानी प्रदायकको आवश्यकता थियो । सो आवश्यकता गाउँगाउँका सहकारीले रेमिटेन्स मार्फत पुरा गरे । अनि मात्र सुरु भयो सहकारीप्रति सर्वसाधारणको विश्वास र राज्यप्रति सहकारीको आवश्यकताको महसुस । देशमा बिभिन्न राजनीतिक आन्दोलनले  व्यवस्था परिवर्तन भएको थियो तर आर्थिक पछ्यौटेपन भने यथावतै थियो या भनौँ व्यवस्था परिवर्तन भए पनि अवस्था यथावत नै थियो । मानिसहरु आफ्नै केही व्यवसाय गर्न चाहन्थे तर बैँकको पहुँचमा पुग्न सकिरहेका थिएनन् न त साहु महाजनकोमा फेरी फर्कन सक्थे तसर्थ यी सबै समस्याको समाधान सहकारीहरु बन्न थाले ।

४. सूचना प्रविधि तथा सम्पूर्ण वित्तीय आवश्यकताको परिपुर्तिको चरण

भनिन्छ २१औं शताब्दी सूचना प्रविधिको युग हो । यो युगमा गाँउदेखि शहर जताततै सूचना प्रविधिको मात्र चर्चा तथा प्रयोग हुन्छ । त्यस्तै सहकारीमा सूचना प्रविधिको प्रयोग हुनु स्वभाभिकै हो । बिप्रेषणको रकम सिधै वालेट तथा खातामा रकमान्तर गर्न सकिने, आन्तरिक बिप्रेषण, नगद वालेट तथा वालेटबाट नगद, भिजा तथा डेबिट कार्डको प्रयोग, बिभिन्न बैंक तथा वित्तीय संस्थाको बैंकको खातामा समन्वय गरी रकमान्तर लगायतका सेवा सुविधा हाल विभिन्न सहकारीबाट लिन सकिन्छ । विभिन्न ठुला बैंक तथा वित्तिय संस्थाले दिने मोबाईल तथा ईन्टरनेट बैंकिङका कुराहरु धेरै सहकारीमा सर्वसुलभ छन् । विभिन्न सरकारी दस्तुर, दैनिक उपभोग्य सामानका बिलहरु, बत्ति तथा खानेपानी वा टेलिफोनका बिलहरु एक क्लीकमा सहकारीको एपबाट चलाउन सकिन्छ । यो सहकारीमा देखिएको आयाम नै हो भन्न सकिन्छ । नेपालमा धेरै बैंकहरु अहिले पनि सुगममा नै सीमित छन्, नेपालीहरु पनि लगभग सबै स्थानीय तहमा बैंक रहेकाले कुनै न कुनै रुपमा सहकारीको अतिरिक्त बैंकिङ प्रणालीमा पनि जोडिएका छन् तीनिहरुहरुलाई बैंकको खातामा रुपैँयापैसा पठाउन वा जम्मा गर्न सोही बैंकको शाखामा गएर जम्मा गर्न गाह्रो भएकाले सहकारीको प्रणालीमार्फत रकम जम्मा गर्न सहज भएको छ । 

अहिले धेरै सहकारीको गुणात्कम विकास यति भयो कि स्थानीय स्तरको सहकारीसँग बैंकहरुले प्रतिस्पर्धा गर्नु परेको छ । स्थानीय स्तरका समुदायमा आधारित सहकारीमा मानिसको भरपुर बिश्वास रहेको छ । सामान्य कामका लागि सहकारीको ढोकासम्म जानु परेको छैन । सवारीसाधनको कागजात नविकरण सहकारीबाटै सहजै भएको छ । घण्टौँसम्म लाईनमा बसेर गनुपर्ने कामहरु हाल सहकारीबाट मिनेटमै हुन थालेको छ । यसबाट सदस्यलाई समयको बचत भएको छ साथै संस्थालाई आर्थिक बिकासमा टेवा पक्कै पुगेको छ । पहिले पहिले मानिसहरुसँग सानो पुँजि थियो ब्यापार ब्यवसाय पनि सानै थियो रुपैँया पैसा सरसापटीको कि त घरजग्गा धितो राखेर बैंकबाट लिनुपथ्र्यो कि त चर्को ब्याजमा साहुमहाजनको बाट लिनुपर्थ्यो । तर अहिले हाम्रो कारोबारका आधारमा सहकारीबाट बिनो धितो सानो रकम तथा धितोमा करौडौँ रकम लिएर ठुलै व्यापार व्यवसाय तथा उद्योग धन्दा चलाउन सक्छौँ । सानो तिनो देखि ठुलै आर्थिक आवश्यकता पुरा गर्न हाम्रै सहकारी सक्षम छन् । बैंक तथा वित्तीय संस्थाबाट पाउने सम्पूर्ण वित्तीय आवश्यकता अहिले धेरै सहकारीबाट पाइन थालेको छ । अहिले पनि सहकारी संस्थाको संख्या धेरै छ । अझ कोभिडको महामारीमा फर्केर हेर्ने हो भने प्राय सहकारी संस्थाहरु दैनिक निश्चित समय खुलेर, सदस्यहरुको घरघर गएर बचत संकलन गर्ने, बचत फिर्ता गर्ने, उपचार तथा खाद्यान्न खरीद गर्न साना साना कर्जा सपटी दिने जस्ता कार्यहरु गरी सदस्यहरुको मन जितेका थिए । 

यसरी हेर्दा नेपालमा एक बाढी पीडितको राहतको लागि खोलिएको सहकारी देखि अहिलेका नाम चलेका बैंकलाई टक्कर दिन सक्ने सहकारीको अवस्था हेर्दा सहकारीको विकासक्रम द्रुत गतिमा भईरहेको छ । अहिले यस्तो समय आएको छ, सहकारी बिना सदस्य एक दिन पनि चल्न सक्दैन । सहकारीले पनि राज्यलाई हरेक क्षेत्रमा ठुलो योगदान गरेको छ त्यसैले हुनुपर्छ तीन खम्बे अर्थतन्त्रमा एक खम्बा सहकारी भएको । अर्थतन्त्रमा सहकारी गतिबिधि बिना अर्थतन्त्र चल्न असम्भव भएको छ । यस्तो सहकारीको अभियानलाई नियमन तथा नीरिक्षण गरी गुणस्तरीय बनाउन राज्यले ढिला गर्नु हुँदैन। 
                                    
लेखक कर्मठ सामुदायिक साकोस गोदावरी १०, चापागाउँ–ललितपुरका व्यवस्थापक हुनुहुन्छ ।
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ