शनिबार, वैशाख १५
०९:४०

आईसीए एपीद्वारा ‘सहकारी उत्कृष्टता सम्मान’ का लागि आवेदन आव्हान

बिहीबार, साउन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय कार्यालय (आईसीए–एपी) ले ICA Asia-Pacific Cooperative Excellence Awards प्रदान गर्ने घोषणासहित आवेदन माग गरेको छ ।  

सहकारी क्षेत्रको विकास र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने एशिया प्रशान्त क्षेत्रका अभियन्ता, सहकारी संस्था साथै नियमनकारी निकायलाई सम्मानित गर्ने उद्देश्यसहित  पहिलो पटक पुरस्कार स्थापना गरिएको आईसीए एपीले जनाएको छ । ‘प्रेरणादायी सहकारी व्यक्तित्व’, ‘उद्यमशील सहकारी सम्मान’ तथा ‘सहयोगी नियामक निकाय’ गरी तीन शीर्षकमा सम्मान प्रदान गरिने जनाइएको छ । आईसीए एपीले उत्कृष्ट सहकारीकर्मी, उत्कृष्ट संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन क्षेत्रलाई समेटेर सम्मानको परम्परा थालनी गरेको हो । आईसीए एपीले तीनै विधाको सम्मानका लागि योग्यहरुको छनोट गरी आवेदन दिन आग्रह गरेको छ । 

अनलाइन आवेदनको समयावधि आगामी अगष्ट ३१ सम्म रहेको छ भने सम्मान घोषणा आगामी नोभेम्बर ८ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने १६औं आइसिए एपी क्षेत्रीय सम्मेलनको अवसरमा गरिने छ । 

विश्व भरका सहकारीहरुको छाता संगठन आईसीएका हाल ४ क्षेत्रीय कार्यालय रहेका छन् जसमध्ये आईसीए एपीको कार्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ । आईसीए एपीमा हाल ३२ राष्ट्रका १ सय ४ सहकारी संघ संस्थाहरु सदस्य छन् । 
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।