शनिबार, वैशाख १५
१०:१५

के हो सहकारिता ?

बुधबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हामीले सहकारिता सिकाएनौं । हाम्रा संस्थाहरु बचत र ऋणमा मात्र केन्द्रीत भए । यसले मात्र मानव जीवनमा परिवर्तन आउँदैन । यसैले सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ?

मानव जीवनका लागि दुई वटा कुरा सबैभन्दा बढी महत्वपूर्ण छन्, एक नियम र अर्को प्रेम । यी दुई चीजले जीवनलाई सार्थक बनाउँछ ।

समाज भौतिवादको विकाससँगै आफु मानव भएर जन्मनुको अर्थ बिर्सदै गैरहेको छ । सहकारीको नेतृत्वले प्रेम गर्नुपर्दछ र प्रेम गर्न सिकाउनुपर्दछ । तर यो सँगै मानव जिवनको असल आचरण र पद्धतीको नियमहरु पनि बसाउनुपर्दछ । संसारमा धनी र गरिबबीच खाडल बढ्दो छ । यसले सामाजिक न्याय संकुचित भएको छ । हामीहरु एउटा क्रेटमा राखिएको गँगटोजस्तो छौं । जसरी एउटा गँगटोे क्रेटबाट बाहिर निस्कन लागेको अर्को गँगटोलाई फेरि तानेर सोही क्रेटमा खसालिदिन्छ । हामी हाम्रै घरबाट अन्यायको सुरुवात गर्छौं । एसियामा अहिले पनि महिलाहरु आफ्नै घरबाट अन्याय सहन बाध्य छन् ।

समयको परिपालना सिकाउनु धेरै आवश्यक छ । अनुशासन महत्वपूर्ण कुरा हो । हामी संगठनमा जसले बढी काम गर्दछ, उसैलाई मात्र सबै काम सुम्पिदिन्छौ । त्यो व्यक्तिको अनुपस्थितिमा संगठन सञ्चालनमा निरन्तरता दिन नसकिने अवस्था आउँदछ । यसैले भूमिका र जिम्मेवारीमा सबै मानिसलाई उत्तिकै जिम्मेवार बनाउनुपर्दछ ।  

युरोपको एक रिपोर्टले ६० प्रतिशत मानिसहरु काममा रमाउँदैनन् । उनिहरु किन त्यो काम गरिरहेका छन भन्दा त्यसले पैसा आएको छ, त्यसैले गरेको बताएका छन् । 

मानिसहरुमा पैसाको आकांक्षा बढेको छ । यसले मानिसहरुलाई वार्षिक कति बिक्रि भयो र कति नाफा कमायो भन्ने विषय मात्र प्राथमिकतामा परेको छ । तर हामी सहकारीकर्मीहरुले कुनै पनि उत्पादनमा कति मानिसको सहभागिता भयो, 'Do not focus on turnover, focus on people engagement' त्यसलाई प्राथमिकतामा राख्नुपर्दछ । मानवोदय ईन्स्टिच्युटले समाजमा यस्तै काम गर्नको लागि थुप्रै सेल्फ हेल्प समूहहरु बनाएको छ । हामीले वातावरण संरक्षण र स्थानीय रोजगारीको लागि स्थानिय उत्पादन स्थानिय उपभोगको अवधारणामा काम गरिरहेका छौं । 

'We are working on Participatory Business Development' यो काम गर्न सजिलो छैन् किनकी सबैभन्दा पहिले मानिसको चेतना स्तर, सोचमा परिवर्तन ल्याउन जरुरी छ । हामीले विशेषगरी महिला र युवाहरुलाई लक्षित गरेका छौं । सकरात्मक सोचका लागि हामी सबैभन्दा पहिले उनिहरुलाई केही समय ध्यान योग गराउँछौ ।

समुदायमा काम गर्ने हामीहरु पहिल्यै हाम्रो विकासे एजेण्डा अरुलाई थोपरीदिन्छौ । यो गलत हो । सबैभन्दा पहिला तपाई हामीले सुन्न सिक्नुपर्दछ । सबैलाई सिकायत गर्न दिनुपर्दछ । हामीले समुदायमा छलफल गराउँदा सबैभन्दा पहिले उहाँहरुलाई आफ्ना कुराहरु राख्न दिन्छौं । कतिपय मिटिङमा उहाँहरु आक्रामक शैलीमा प्रस्तुत हुनुहुन्छ । उनिहरुको कुरा सुन्नाले हामीले समुदायको अप्ठ्यारा कुराहरु के के हुन भन्ने थाहा पाउन मद्दत गर्दछ । 

वातावरण विनास सम्पूर्ण पृथ्वी बासीहरुको लागि खतराको संकेत बनिसकेको छ । मैले विगतमा भन्दा अहिले धेरै तापमान बढेको पाएको छु । यसैको असरले केही टापुहरु समुन्द्रमुनि पुग्ने जोखिम बढ्दै गएको छ । हामी सबैले यस बारे बेलैमा सोचेनौं भने यो विनासले कसैलाई छोड्ने छैन । तर हामी कसैले यसलाई गम्भीर रुपमा लिएका छैनौं ।

हाल नर्वेले वातावरण संरक्षणका लागि युवाहरुलाई विशेष रुपमा अघि सारेको छ । अब हामीले उपभोग घटाएनौं भने यसले दुरगामी असर पार्ने निश्चित छ । मानिसको आकांक्षा असिमिति छ । एउटा मानिसलाई ४ जोर कपडाले बर्षभरि पुग्छ भने उ किन २० जोर खरिद गर्छ ? आडम्बर र देखावटीका लागि गरिएको यो अधिक उपभोगले वातावरणलाई कसरी विनाश गर्दछ र मैले यसमा कसरी योगदान गर्न सक्छु भनेर नसोच्ने हो भने यसले विनास ल्याउने निश्चित छ । व्यक्ति व्यक्तिमा जागरण ल्याउन जरुरी छ । यस्तै, पानीको मुद्दा पनि यस्तै छ । जलाधार संरक्षण गर्न सकेनौं भने यसले मानव जीवनमा गम्भिर असर गरेको प्रशस्तै उदाहरणहरु छन् ।

हामीले सहकारिता सिकाएनौं । हाम्रा संस्थाहरु बचत र ऋणमा मात्र केन्द्रीत भए । यसले मात्र मानव जीवनमा परिवर्तन आउँदैन । यसैले सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ? हामीहरुमध्ये यी विषय उठाउनेहरु कि त राजनीतिक रुपमा स्थापित हुन् वा जागिरको रुपमा काम गर्नेहरु मात्र छौं । सहकारीको नेतृत्व गर्नेहरुले सहकारी स्थापना गर्नुको उद्देश्य के हो ? हामी जे काम गछौं त्यसबाट चेतनास्तरमा विकास भएको छैन भने त्यो काम छोड्नुपर्छ । कुनै काम सुरुवात गरेपछि त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ ।

मैले भनेको कुरा हामी सबैले पहिले पनि जानेकै हो र हामी सबै जान्ने बुझ्ने नै  छौं । तर जाने बुझेका कुरा हामी व्यवहारमा लागु गर्दैनौ । यसैले आजैबाट आँफैबाट जानेका कुरा गर्न सुरु गरौं । 

(नेफ्स्कूनको आयोजनामा भएको ‘चौथो साकोस शिखर गोष्ठी–२०७९’ मा मानवोदय इन्स्टिच्युट अफ पार्टिसिपेटरी डिभेलपमेन्ट, भारतका निर्देशक वरुण विद्यार्थीले राख्नुभएको उत्प्रेरणात्मक अभिव्यक्तिको सम्पादित अंश )
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ