शुक्रबार, वैशाख १४
०१:५५

आज विश्वको पहिलो आधुनिक सहकारी स्थापना भएको दिन

मंगलबार, पुस ६
एजेन्सी
saccosaawaj

आज डिसेम्बर २१ । सन् १८४४ को आजकै दिन विश्व सहकारी इतिहासको औपचारिक थालनी भएको दिन । आजकै दिन उत्तरी बेलायतको ल्याङ्कसायरस्थित रोचडेल सहरको टोड लेन ३१ मा २८ जना अगुवा (रोचडेली अगुवाको नामले चिनिएका) हरुले पहिलो सहकारी उपभोक्ता पसल ‘रोचडेल पायोनियर्स स्टोर’ सञ्चालन गरी बिश्वमा आधुनिक सहकारी अवधारणाको व्यावहारिक एवम् विविधत् सुरुवात गरेका थिए । रोचडेलको कटन मिलमा काम गर्ने २८ अगुवाहरुको सामुहिक प्रयासमा विश्वको पहिलो सहकारी सञ्चालनमा आएको थियो । उनीहरुलाई आधुनिक सहकारी व्यवसाय तथा अभियानको प्रोटोटाइपको रुपमा लिइन्छ ।

सहकारी प्रारुपमा पसल सञ्चालन गर्ने उक्त कार्यले विश्व सहकारी अभियानको आजको फैलावटको दरिलो जग बसाल्ने काम गरेको थियो । हुनत् टोन लेन अघि पनि सहकारी प्रारुपमा काम नभएको होइन तर तिनीहरु स्थायी र दिगो बन्न सकेका थिएनन् जुन विषयलाई अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले पनि आधिकारिक रुपमा उल्लेख गरेको छ । रोचडेली अगुवाहरुले खनेको जगले भने सहकारीको सैद्धान्तिक र व्यवाहारिक आधारशिला निर्माणको श्रीगणेश गरेको थियो । खासमा रोचडेल सोसाइटी अफ एक्वेटेवल पायोनियर्सले गुणस्तरयुक्त र मिसावटरहित खाद्य सामाग्रीहरुको सहज र सर्वसुलभ उपलब्धता गराएको थियो । 

पसलमा ५ वटा उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका थिए । पूरानो ग्रेगोरियन क्यालेन्डर अनुसार डिसेम्बर २१ इसाई धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व क्रिसमस पनि पदथ्र्यो । रात करिब ८ बजेतिर रोचडेली अगुवाहरुको एक समूह र उनका परिवाजनहरु पसल शुभारम्भको औपचारिक कार्यक्रमका लागि भेला भएका थिए । जाडोको याममा त्यो दिनको तापक्रम एकदमै न्यून थियो । जब नजिकैको चर्चमा रहेको घन्टीले रातको ८ बजेको जनाउ दियो तब रोचडेली अगुवाहरुमध्येका एक जेम्स स्थिथिज्ले पसलको सटर खोलेका थिए भने पसलको झ्यालमा केही मैनबत्तीहरु बालिएका थिए । पसल खोल्दा कुनै प्रकारको ताली वा समारोह भएको थिएन ।

६ बोरा पीठो, चिनी, जहुँको आटा (ओट मिल) एक बोरा, नौनी (बटर) र दुई दर्जन बत्ती (क्यान्डल, कुनै सन्दर्भ सामाग्रीहरुमा ४ वटा मात्र सामाग्री भएको र क्यान्डल नभएको पनि उल्लेख पाइन्छ) गरी हालको करिब २५ डलर बराबरको सामान पसलमा राखिएको थियो । २३ फिट चौडाइ र ५० फिट गहिराईको क्षेत्रफल ओगटेको पसलको सामान बिक्रीका लागि ३९१ स्क्वायर फिटको क्षेत्रफल मात्र प्रयोग गरिएको थियो भने बाँकी भण्डारण र बैठकका लागि प्रयोग गरिएको थियो ।

खासमा रोचडेली अगुवाहरुले पसलमा सामान भन्दा बढी सदस्यको प्रजातान्त्रिक र न्यायोचित सहभागितामा सदस्यहरुकै आर्थिक सामाजिक समृद्धिका लागि सहकार्यको सिद्धान्तमा आधारित उद्यम वा व्यवसाय गर्न सकिन्छ भन्ने आशा र भरोसा भर्ने काम गरेका थिए । सन् १८४० मा रोचडेलमा गरिएको जनगणना अनुसार त्यहाँको जनसंख्या २४४२३ थियो । पसल सञ्चालनमा इमान्दारी, पारदर्शिता, सम्मानका साथै मुनाफामा समुचित भागेदारीको कुरालाई बढी प्राथमिकता दिइएको कारण बिस्तारै त्यसले सबैको मन जित्दै गएको थियो ।



 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।