शुक्रबार, वैशाख १४
०७:५४

बचत ऋण सहकारीमा शिक्षा तथा तालिमको उपयोगिता

मंगलबार, कात्तिक ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रमेश खनाल
व्यवस्थापक
पिपलबोट साकोस वीरेन्द्रनगर ४ सुर्खेत ।

सहकारीको जिम्मेवारीमा रहेका सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरूले तालिमको माध्यमले ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी प्रभावकारी योजना निर्माण र कर्यान्वयन गर्नमा मद्दत गर्दछ । सिकाई व्यक्तिगत रूपमा रहन्छ भने त्यसले व्यवहारमा परिर्वतन ल्याउँछ र यसरी तालिमले व्यक्तिको व्यवहारमा परिवर्तन संगै संस्थागत विकासमा समेत योगदान गर्दछ ।

कुनै पनि ब्यक्तिले औपचारिक शिक्षा प्राप्त नगरेको भए पनि व्यावहारिक ज्ञान, सीप, क्षमताको  प्रयोगबाट आफ्नो पेसा तथा व्यवसाय एवं कर्मलाई सफलतापूर्वक सञ्चालन गरेको पाईन्छ । सहकारीको सञ्चालन एवं व्यवस्थापनमा पनि कुनै न कुनै तबरबाट ज्ञान, सीप भने आर्जन गरेको हुनु पर्दछ वा आधारभुत स्तरको ज्ञान, सीप भने कुनै माध्यमबाट लिएको हुनु पर्दछ, ताकी साकोस व्यवस्थापन एवं सु–सञ्चालनमा सहयोग पुर्याउँछ । साधारणतया सामान्य कला तथा क्षमता भएका व्यक्तिहरू बाट पनि सहकारी संस्था सञ्चालन भएको पाईन्छ । तर पनि असहज र वातावरणीय प्रभावमा समेत संस्थालाई नियमित सञ्चालन एवं व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धिका लागि पनि व्यक्तिमा थप असाधारण ज्ञान, सीप, क्षमता विकास हुनु अपरिहार्य छ । साकोसको दीगो ब्यवस्थापनका लागि र स्थायी प्रकृतिमा सञ्चालन गर्नका लागि नियमित बृद्धि विकास आवश्यक हुन्छ । साकोसको आकारमा बृद्धि विकास हुदै जाँदा सोही अनुरूप सञ्चालकीय जिम्मेवारी प्राप्त व्यक्ति र मानव संशाधनहरूको समेत क्षमता बृद्धि हुदै जानु पर्ने हुन्छ । अन्यथा भबिष्यमा विभिन्न खालका वित्तीय तथा गैर–वित्तीय जोखिमहरू सिर्जना हुन सक्छ । त्यसैले त्यस तर्फ ध्यान दिन जरूरी हुन्छ । यसरी सम्भावित जोखिमबाट बचाउनका लागि धेरै प्रकारका विकल्पहरूको खोजी गर्न सकिन्छ । तर पहिलो र आधारभूत विकल्प भनेको विद्यमान सञ्चालक र मानव संशाधनको क्षमता विकास गर्नु नै उत्तम विकल्पका रूपमा लिन सकिन्छ । त्यसर्थ साकोसको निरन्तर बृद्धि र विकासका लागि सञ्चालकीय क्षमतामा समेत नियमित बृद्धि आवश्यक पर्दछ र क्षमता विकासका लागि आवश्यक विकल्पहरू मध्ये तालिम तथा शिक्षा एक प्रभावकारी विकल्पका रूपमा प्रचलित रहेको छ । 

शिक्षा आर्जन गर्ने प्रक्रिया मानव जीवनमा निरन्तर चलिरहन्छ । शिक्षाले मानिसको सर्वाङ्गीण विकास सँगै ज्ञान, सीप धारणाको विकास गरी अनुशासित र सभ्य नागरीक निर्माणमा भूमिका निर्वाह गर्दछ । तालिम मार्फत व्यक्तिको क्षमताको अभिबृद्धि संगै व्यावहारिक जीवनमा परिवर्तन ल्याउँछ । तालिमका माध्यमले व्यक्तिको कमजोरीलाई विस्थापित गर्न समेत मद्दत गर्दछ भने व्यक्तिको व्यक्तित्व विकास सँगै कार्यक्षमतामा सुधार ल्याई उत्पादकत्वमा उल्लेख्य बृद्धि हुन्छ । 

सहकारीको जिम्मेवारीमा रहेका सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरूले तालिमको माध्यमले ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी प्रभावकारी योजना निर्माण र कर्यान्वयन गर्नमा मद्दत गर्दछ । सिकाई व्यक्तिगत रूपमा रहन्छ भने त्यसले व्यवहारमा परिर्वतन ल्याउँछ र यसरी तालिमले व्यक्तिको व्यवहारमा परिवर्तन संगै संस्थागत विकासमा समेत योगदान गर्दछ । अन्तर्राष्ट्रिय रूपमा नै स्थापित सहकारीका ७ सिद्धान्तहरूमा सहकारी संस्थालाई स्वनियमन र स्वचालित, गतिशिल र पारदर्शीता कायम राख्ने उद्देश्य राखेको छ । उक्त सिद्धान्त मध्ये सहकारी संस्थालाई आत्मनिर्भर र सक्षम बनाउन पाँचौ सिद्धान्तमा शिक्षा, तालिम तथा सूचना लाई जोड दिईएको छ । यस कारण सहकारी संस्थाको दीगो विकास र प्रवर्धनका लागि आफ्ना सेयर सदस्य, सञ्चालक समिति, उपसमिति, मानव संशाधन समुह तथा अन्य कर्मचारीलाई शिक्षा तथा तालिममा सहभागी गराउने र संस्थाले बार्षिक कार्यक्रममा समेत सहकारी शिक्षाकोष एवं थप बजेटको श्रोतको ब्यवस्थापन गरेर संस्था स्वयमले समेत आयोजना गरी संस्थामा आबद्ध सम्बन्धित पक्षलाई जिम्मेवारी अनुसारको शिक्षा तथा तालिमको व्यवस्थापन गर्नु पर्दछ । सहकारी व्यवसाय अरू निजी व्यवसाय भन्दा फरक भएकोले पनि यसमा संलग्न तथा कार्यरत समुहलाई विशेष प्रकारको ज्ञान, सीप र क्षमता आवश्यक पर्दछ त्यो आवश्यकता तालिम तथा शिक्षाले मात्र पुरा गर्न सक्दछ । तालिम साध्य नभई यो निर्दिष्ट लक्ष्यमा पुग्ने एक साधन हो । तालिम भविष्यको कोरा सपना मात्र नभई उक्त सपनालाई साकार पार्ने ज्ञानको भण्डारण हो जसको व्यावहारिक प्रयोगले नतिजामुखी कार्य सम्पादन गर्न थप उत्प्रेरणा प्रदान गरी ब्यवहारगतरूपमा परिवर्तन ल्याउँछ र व्यक्तिलाई सक्षम सिद्ध गर्दछ । 

सहकारी अझ वित्तीय व्यवसायको कारोवार गर्ने, त्यसमा पनि वित्तीय कारोवार मात्रै गर्ने सकोसमा कार्यरत जनशक्तिलाई तालिम तथा शिक्षाको अपरिहार्य आवश्यकता पर्दछ । उत्पादकत्वमा उल्लेखनीय बृद्धि गर्न र कार्यसम्पादनको नतिजालाई गुरणस्तरमा स्थानान्तरण गर्न समेत प्राविधिक तथा सञ्चालकीय विषयमा तालिमको अपरिहार्यता रहेको छ । सहकारी क्षेत्रको जनशक्ति बजारमा हाल सम्म पनि बिषयगत ज्ञान, सीप र आधारभूत शिक्षा प्राप्त गरेको जनशक्तिको विकास भई नसकेकोले पनि तालिम एक अनिवार्य सर्त जस्तै भएको छ । अझ मानव संशाधन व्यवस्थापनलाई भने नभई नहुने साधनकै रूमा रहेको छ । बिषयगत जनशक्तिको उत्पादन नहँुदा सम्मका लागि तालिमको माध्यमले साकोसको पेशालाई मूर्तरूप दिन सक्दछ । तालिम तथा शिक्षाबाट प्रशिक्षित जनशक्ति वा नेतृत्व भएन भने संस्थागत दीगो विकास र नतिजामुखी कार्य सम्पादनमा असर गर्दछ ।

तालिम तथा शिक्षाले संगठनको योजना, बजेट र नीति–कार्यक्रम निर्माण तथा कार्यान्वयनमा सहयोग हुनुका साथै संगठनको विकास गर्न क्षमतामा बृद्धि हुनुका साथै सही निर्णय गर्ने क्षमतामा विकास हुन्छ । संस्था सञ्चालन तथा दीगो व्यवस्थापनका लागि दक्ष र तालिमप्राप्त मानव संशाधनको आवश्यकता पर्दछ । संस्थाको बार्षिक रूपमा भएको नाफाबाट तालिम तथा शिक्षाकोषमा प्राप्त बजेट र बार्षिक बजेटमा समेत सञ्चालक र मानव संशाधनको वृत्ति विकास र क्षमता अभिबृद्धिका लागि बजेट व्यवस्थापन गर्नुपर्दछ र अनिवार्य रूपमा सम्बन्धित बिषयमा नयाँ तथा पुर्नःताजगीका प्याकेज मुलक तालिमहरूमा सहभागिता र आयोजना गर्नु  पर्दछ र यसले संस्थाको संस्थागत क्षमता र उत्पादकत्वमा समेत बृद्धि गर्दछ ।

त्यसैले व्यक्तिको ज्ञान, सीप र उसको बानी व्यवहारमा परिवर्तन गरी परिमाणमुखी काम गर्न र तोकिएको लक्ष्य तथा उद्देश्य पुरा गर्न तालिम प्राप्त जनशक्तिको आवश्यकता पर्दछ । प्रशिक्षित जनशक्ति र सञ्चालकले मात्रै संस्थालाई सुशासन युक्त तवरबाट सञ्चालन तथा व्यवस्थापन गर्न सकिने एक उदाहरणको रूपमा संस्थाको संस्थागत विकास तालिमलाई लिन सकिन्छ । त्यस्तै वित्तीय क्षेत्रको कार्य धेरै सम्बेदनशील र प्राविधिक बिषय भएकोले त्यस्ता प्राविधिक बिषयमा तालिम लिनै पर्ने हुन्छ वा थप अध्ययन गर्न जरूरी हुन्छ । जस्तो वित्तीय स्वच्छताको प्रयोग गर्न (एभ्ब्च्ीक् ःयलष्तयचष्लन क्थकतझ) पर्ल्स पद्धतिको कार्यान्वयन र अनुगमन गर्नका लागि तालिमको आवश्यकता पर्दछ भने अन्य त्यस्ता धेरै प्राविधिक बिषय औपचारीक शिक्षाको पाठ्यक्रममा नभएका बिषयमा समेत तालिमकै माध्यमले पुरा गर्न सकिने र बिगतको ज्ञान, सीपलाई पुर्नःताजगी गर्न समेत तालिमको महत्व बढेको छ । 

तालिम तथा शिक्षाले संगठनको योजना, बजेट र नीति–कार्यक्रम निर्माण तथा कार्यान्वयनमा सहयोग हुनुका साथै संगठनको विकास गर्न क्षमतामा बृद्धि हुनुका साथै सही निर्णय गर्ने क्षमतामा विकास हुन्छ । संस्था सञ्चालन तथा दीगो व्यवस्थापनका लागि दक्ष र तालिमप्राप्त मानव संशाधनको आवश्यकता पर्दछ । संस्थाको बार्षिक रूपमा भएको नाफाबाट तालिम तथा शिक्षाकोषमा प्राप्त बजेट र बार्षिक बजेटमा समेत सञ्चालक र मानव संशाधनको वृत्ति विकास र क्षमता अभिबृद्धिका लागि बजेट व्यवस्थापन गर्नुपर्दछ र अनिवार्य रूपमा सम्बन्धित बिषयमा नयाँ तथा पुर्नःताजगीका प्याकेज मुलक तालिमहरूमा सहभागिता र आयोजना गर्नु  पर्दछ र यसले संस्थाको संस्थागत क्षमता र उत्पादकत्वमा समेत बृद्धि गर्दछ । तालिम तथा शिक्षामा गरिएको खर्च, खर्च नभई लगानी हो । तालिमले व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिबृद्धिबाट व्यक्तिको व्यवहारगत परिवर्तन ल्याउन मद्दत गर्दछ  । तालिममा गरिएको खर्च भविष्यको लगानी भएकोले पनि जनशक्ति विकासका लागि तालिम तथा शिक्षामा बजेट व्यवस्थापन गर्न सञ्चालक समितिले विशेष ख्याल गर्नुपर्दछ । साकोसमा काम गर्दा प्राविधिक बिषयलाई बढी भन्दा बढी लेखाजोखा राख्नुपर्ने भएकोले पनि सम्बन्धित बिषयमा तालिमको आवश्यकता पर्दछ, यो आवश्यकतालाई महशुस गरी व्यवस्थापन प्रमुख र सञ्चालकले उचित बजेट विनियोजन गरेको हुनुपर्दछ र विनियोजित बजेट सम्बन्धित शीर्षकमा खर्च समेत भएको हुनु पर्दछ ।  

सहकारी क्षेत्रमा समर्पित व्यक्तिहरुको कार्यक्षमता बृद्धि गर्नका लागि तालिम अपरिहार्य भएको छ । जुन सुकै क्षेत्रमा काम गर्दा सफल हुनका लागि सम्बन्धित बिषयमा आधारभूत स्तरको  सम्पूर्ण ज्ञान हासिल भएको हुनै पर्दछ । त्यसका लागि सहकारीमा पनि समय सापेक्ष तालिममा सहभागिता जनाउने र त्यसबाट पाएको उपलब्धिलाई व्यावहारिक प्रयोगबाट मात्रै तालिमको सार्थकता हुन्छ । सहकारी संस्थाहरुले तालिमको आवश्यकता महशुस गरि यसलाई कार्यान्वयन गर्नु वाहेक अरु विकल्प छैन । यसरी सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भई कार्यक्षमता अभिबृद्धि गरेमात्र संस्था सञ्चालनमा सहजता आउंनुका साथै नतिजामुखी व्यवस्थापनमा समेत टेवा पुग्दछ र सहकारी क्षेत्रको भविष्य उज्वल  एवं दीगो हुने देखिन्छ ।

व्यवस्थापक खनाल नेफ्स्कूनले प्रदान गर्ने प्रदेशस्तरीय उत्कृष्ठ व्यवस्थापक पुरस्कार (कर्णाली प्रदेश) २०७८ बाट पुरस्कृत घोषित हुनुहुन्छ । 


 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ