शनिबार, जेठ ५
१०:१२

सहकारी विषयक साहित्यिक प्रतियोगिताका विजेताहरु पुरस्कृत

बिहीबार, असार ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

‘आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका’ विषयक निवन्ध प्रतियोगिता एवं ‘सहकारीको बचत’ विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

काभ्रे । बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले निवन्ध तथा कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा सम्पन्न निबन्ध तथा कवित प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम २०८ औं भानुजयन्तीको अवसर पारेर गत मंगलबार सम्पन्न भएको हो । 

कोभिड १९ का कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको उक्त कार्यक्रम सुरक्षा मापदण्डहरुको पालना गर्दै मंगलबार आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष कैलाश के.सी. को सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका’ विषयक निवन्ध प्रतियोगिताका विजयीहरु एवं ‘सहकारीको बचत’ विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

निबन्ध प्रतियोगितामा प्रथम हुने काभ्रे मा.वि. बनेपा ६, बुडोलका जमुना रञ्जितकार, द्वीतीय नैमिषारण्य संस्कृत गुरुकुलम, बनेपा २ नालाका सुदीप घिमिरे र सान्त्वना धुलिखेल हाई स्कुल धुलिखेलका नम्रता न्यौपाने रहेका छन् । निबन्ध तथा कवित प्रतियोगितामा विजयी हुने सम्पूर्णलाई नगद सहित सम्मान गरिएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र