आईतबार, जेठ ६
१२:००

वातावरणमैत्री नगर निर्माणमा नगरपालिका र सहकारी को संयुक्त प्रयास

बिहीबार, असार ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । भीमेश्वर नगरपालिका र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि चरिकोटले ४० माइक्रोन भन्दा तलको प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गरी वातावरणमैत्री नगर निर्माणमा संयुक्त प्रयासको थालनी गरेका छन् ।

वातावरणमैत्री नगर निर्माणमा भएको दिपक्षीय साझेदारी अनुरुप नगरपालिका र साकोसले फोहोर वर्गिकरण र व्यवस्थापनका लागि वातावरणमैत्री सफिङ ब्यागको प्रयोग तथा विक्रि वितरणलाई प्रभावकारी बनाउने उद्देश्य सहित हिजो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।  

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भतर बहादुर केसीले फोहोर उत्पादन विन्दूमा पुगेर फोहोरको वर्गिकरण, त्यसको महत्व र व्यवस्थापनका बारेमा सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । स्वच्छ र सुन्दर भीमेश्वर नगर बनाउने अभियानमा सहकारीसँगको सहकार्यले टेवा पुग्ने विश्वास लिएको छु । उहाँले भन्नुभयो, दोलखा पर्यटकीय आकर्षणको जिल्ला समेत भएकोले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाईलाई आनन्दित पार्न र बसाई लम्ब्याउन स्वच्छ र सुन्दर नगर निर्माणको अभियानमा प्रतिबद्ध छौं ।

संघीय सरकारले साउन १ गतेबाट ४० माइक्रोनभन्दा तलको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सँगै भीमेश्वरले पनि अभियानकै रुपमा प्लाष्टिक मुक्त नगर निर्माणको थालनी गरेको उहाँले बताउनुभयो । 

साझेदारी कार्यक्रम मार्फत तीन रङ्ग (हरियो, पहेंलो र रातो रङ्ग) मा ४० माइक्रोन भन्दा माथिको प्लाष्टिक झोला निर्माण हुने र प्रति एक को २५ रुपैंयामा विक्रि गरिने उक्त झोला परीक्षणको रुपमा शुरुको केही महिना निशुल्क वितरण गरिने पनि संस्थाले जनाएको छ । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका नगर उप प्रमुख कमला बस्नेत, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, धुलिखेल÷दोलखा अस्पताल दोलखाका निर्देशक रोशन महतो, भीेमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, एडिबि फोहोरमैला कवाडप्ी प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रका सञ्चालक ध्रुब बस्नेत, टोल विकास समितिका संयोजक तथा सदस्यहरु, स्थानीय व्यवसायी, संस्थाका पदाधिकारी सञ्चालक र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले फोहोर व्यवस्थापनको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले भीमेश्वर नगरसँगको समन्वयमा सहकारीमार्फत नगर सफाई अभियानको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, स्वच्छ र सुन्दर सहर निर्माणमा प्रत्येक सदस्यले घर घरमा फोरोरको व्यवस्थापन गर्न र प्लास्टिक झोला प्रयोगमा सचेत रहन आश्यक छ ।  

सोही अवसरमा धुलिखेल अस्पताल र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था बीच माइक्रोफाइनान्स कार्यक्रम सञ्चालनका लागि आपसीस सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको थियो । कार्य क्षेत्र भित्र स्वास्थ्य सचेतना तथा आयआर्जनका गतिविधि सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख भएको साकोसका व्यवस्थापक दिपक वस्नेतले जानकारी गराउनुभयो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र