शनिबार, जेठ ५
०९:४६

भिमकुल साकोस चोरी घटनाको अनुसन्धान जारी

मंगलबार, असार २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गोरखास्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.मा गत शनिबार भएको चोरीको घटनाबाट सशंकित नहुन संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले  सम्पूर्ण सेयर सदस्यहरुलाई अनुरोध गर्नुभएको छ । घटना अकल्पनीय भयो, घटनाबाट संस्थाको कोषमा क्षति पुगेको भएपनि दोषी पहिचान गरी कानुनी दायरमा ल्याउन संस्था प्रतिबद्ध रहेको र सदस्यहरुको सेयर, बचत तथा दायित्व पूर्ण रुपमा सुरक्षित रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले थप अनुसन्धानका लागि प्रहरी कार्यालयको अनुरोधमा सम्भाव्यता किटानी जारी दिइएकोले दोषी पहिचानको सम्भावना नजिक पुगेको आशंका पनि व्यक्त गर्नुभएको छ । 

संस्थामा असार २६ गते शनिबार बिहान कार्यालयको भल्ट फुटाई २६ लाख ३९ हजार १ सय ९१ रुपैंया नगदचोरी भएको थियो । संस्थाले विषम् परिस्थितिबीच पनि उच्च मनोबलका साथ सेवा निरन्तरता साथै सदस्य सेवाप्रति प्रतिबद्ध रहेको शनिबारै विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको थियो । 

अध्यक्ष तथा व्यवस्थापकको भनाइ

अध्यक्ष कृष्ण कुमार श्रेष्ठले शनिवार बिहान १ बजेर ३५ मिनेट जाँदा दुई व्यक्तिले भल्ट फुटाई चोरी गरेको सि सि क्यामेरा फुटेजमा देखिएको बताउनुभयो । बिहान १ः३५ देखि ३ः२८ को बीचमा चोरी भएको थियो । श्रेष्ठले भन्नुभयो, ‘सि सि क्यामेरा फुटेजलेटिसर्ट, हाफ पाइन्ट, क्याप, मास्क लगाएका दुईजना व्यक्ति उक्त समयमा कार्यालय प्रवेश गरेको देखाएको छ ।’

गत शुक्रबारको कुल कारोबार रकम ५२ लाख मध्ये ५ लाख अर्को सेवा केन्द्रमा रहेको र भल्टमा भएमध्येपनि एक ठाउँको मात्र रकम चोरी भएको उहाँले बताउनुभयो । लकर भित्रको अन्य दुई भागमा रहेको रकम सुरक्षित छ ।सम्भवतः सिसि क्यामेरा जडान भएको आशंकाका कारण चोरी गर्नेले एक थान कम्यूटरको सिपियू पनि लगेका छन् । उहाँले भन्नुभयो,‘बर्खाको समय सदरमुकाम टाढा भएकोले त्यस दिन बैंक सम्म रकम पुर्याउन सकिएन । सुरक्षाको हिसावले पनि नजिक कुनै सुरक्षा निकाय नरहँदा संस्थामा चोरीको घटना भयो ।’

सदरमुकाम र बैंकको पहुँचबाट टाढा भएकोले भल्टको सुरक्षा विमा पनि प्रक्रियामै अल्झिएको संस्थाका व्यवस्थापक नवराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘विमा नभएकोले आज संस्था दुर्घटना हुँदा कतैबाट पनि रकमको सुरक्षा गर्न सकिएन ।’

व्यवस्थापक श्रेष्ठले भन्नुभयो, ‘हामीले तत्कालै सुरक्षा निकायमा खबर गर्यौं । सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय बाट सिडियो, एसएसपी लगायतको अनुसन्धान टोलीले घटनाको प्रकृति हेरी सिसि क्यामेराको रेकर्ड साथै थप अनुसन्धानका लागि भल्ट पनि लैजानुभएको छ । अनुसन्धान जारी छ, छिट्टै दोषी पत्ता लाग्छ भन्ने विश्वास लिएका छौं ।’

३४ सय ७६ सेयर सदस्य रहेको साकोसको कुल कारोबार ३० करोड ९७ लाख छ । नेफ्स्कूनद्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र