आईतबार, वैशाख २३
०८:२५

सहकारी अभियानमा रिबिल्ड, रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले अबको सहकारी अभियानमा रिबिल्ड रिकनेक्ट, रिड्युस र रिज्वइन आवश्यक भएको बताउनुभएको छ । कोभिडका कारण संकटमा परेका सहकारीहरुको पुनर्निमाणसँगै, सदस्यहरुसँगको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने, केही सहकारीको अनियमितता र कानुनविरोधी कामहरु न्यूनीकरण गर्नुपर्ने र सहकारी क्षेत्र छोडेर गएकाहरुलाई यसमार्फत उत्पादन र उद्यमशीलतामा लाग्न पुनर्सलग्न गराउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभएको हो ।  ‘रिबिल्ड ब्याक बेटरको थिम’ सान्दर्भिक भएको पनि उहाँले बताउनभुयो । खाली नेपालको परिप्रेक्ष्यमा केही थप काम आवश्यक भएको सचिव पाण्डेले उल्लेख गर्नुभएको हो ।यर्जुर्वेदमा उल्लेख ऊँ सहना भवतुले सहकारी मर्म बोकेको उल्लेख गर्दै सचिव पाण्डेले सहकारीलाई आध्यात्मिक र वैदिक अभियानसँग पनि जोड्नुभयो । विदेशी भन्दा पनि सहकारी हाम्रै धर्म संस्कृतिसँग सन्निकट रहेका थुप्रै दृष्टान्त रहेको उहाँले संकेत गर्नुभयो ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा सचिव पाण्डेले ग्रामीण क्षेत्रमा अझैं सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेका स्थानीय तहहरुमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।  गरिबी न्यूनिकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै सचिव पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यवसायिक बन्नु पर्ने कुरामा जोड दिनभयो । 

सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो । साथै उहाँले सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र