आईतबार, वैशाख २३
०७:४४

सहकारी अवरोधक ऐनहरु संशोधनमा भूमिका खेल्छु: मन्त्री श्रेष्ठ 

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लीलानाथ श्रेष्ठले सहकारी विकासमा अवरोध कानुन संशोधनमा आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । सहकारीले मुलुकमा रोजगारी सृजना, पुँजी निर्माण, उत्पादन, वितरण लगायतका कार्य गरी गरिबी निवारणमा महत्वपूर्ण योगदान गरेको भन्दै उहाँले राज्यकातर्फबाट पनि सहकारीलाई सहयोग गरिनुपर्ने धारणा राख्नुभयो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले आज आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनपछि सहकारी लगायत थप मन्त्रालयको जिम्मेवारी प्राप्त गरेपछिको पहिलो औपचारिक र भौतिक (सहकारीसम्बन्धी) कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले आफु पदमा रहँदासम्म सहकारीलाई सहयोग गर्ने बताउनुभयो । ‘सबै काम सरकार एक्लैले गर्न सक्दैन, सरकारले नीति निर्माण र काुननी सहजताको वातावरण सृजना गर्ने हो,’ उहाँले भन्नुभयो, ‘ अरु काम अन्य क्षेत्रबाट गरिनुपर्छ । संविधानले नै अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मानेको सहकारी क्षेत्रको भूमिकालाई राज्यले चाहे जति महत्व दिन नसकेको मलाई पनि लाग्छ ।’ उहाँले सहकारीमैत्री निति निर्माणमा आफ्नो सदैव सहयोग रहने वचन दिदैं भन्नुभयो, ‘सहकारी व्यवसायलाई बाधा पुग्ने ४७ वटा ऐनहरु संशोधनमा सहयोग गर्छु । ’मन्त्री श्रेष्ठले  नेपालमा पनि सहकारीमा महिला सहभागिता एशियास्तरमा फिलिपिन्सपछि दोस्रो भएको आफुले जानकारी पाएकोमा खुसी व्यक्त गर्दै महिलाहरुको रोजगारी सृजना तथा  शसक्तिकरणमा सहकारीको भूमिका रहेको बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र