आईतबार, वैशाख २३
१०:२२

जिल्ला सहकारी संघ चितवनलाई महासंघको ‘उत्कृष्ट सहकारी पुरस्कार’ 

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मुलुकको सहकारीको जननी जिल्ला चितवनस्थित जिल्ला सहकारी संघ लि. चितवनलाई राष्ट्रिय सहकारी महासंघ नेपालले आज ‘उत्कृष्ट सहकारी पुरस्कार’ बाट सम्मानित गरेको छ ।
गत राष्ट्रिय सहकारी दिवसमा घोषित उक्त पुरस्कार आज ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको हो । चितवन जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेललाई प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठ र महासंघका अध्यक्ष मिनराज कडेलले दोसल्ला, माला, प्रमाणपत्रसहित चेक हस्तान्तरण गर्नुभयो ।

२०१७ सालमा दर्ता आधिकारिकता पाएको चितवन जिल्ला सहकारी संघ लि ले सेवारम्भ भने २०१३ सालदेखि गर्दै आएको हो । संस्थाको दिगोपना र व्यवासायिक स्वरुपसँगै सदस्यहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि तोरी मिलमार्फत जिल्लामा मात्र नभई देशभर शुद्ध तोरीको तेल उपलब्ध गराउँदै आएको छ । सँगै मसलन्द बिक्रिलाई पनि निरन्तरता दिएको छ । 

संघले आफ्नो १ विघा क्षेत्रफलमा सम्पूर्ण मापदण्ड पूरा गरी नेपालकै ‘क’ वर्गमध्येको नमुना पेट्रोल पम्प पनि सञ्चालन गरेको छ । त्यस्तै, संघले सहकारी बजार विकास कार्यक्रम अन्तर्गत ३ वटा पालिकामा १२ वटा सहकारी छनोट गरी तरकारी तथा फलफुलको काम समेत गर्दै आएको छ । यस अन्तर्गत सञ्चालित  ८ वटा तरकारी संकलन केन्द्रका लागि ८ वटा गाडी, २ वटा ट्यांकटर संघले उपलब्ध गराएको छ । तरकारी संकलन हुने ठाउँमा ५ वटा कोल्ड स्टोर पनि निमार्ण भैसकेको छ । पेट्रोल पम्पतर्फ १८ जना, संघमा ७ जना, सहकारी बजार विकास कार्यक्रम अन्तर्गत २ जना गरी संघ अन्तर्गत हाल २७ कर्मचारी कार्यरत छन् ।  संघले शिक्षा र तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने विषयगत संघलाई निःशुल्क भवन उपलब्ध गराएको छ । रोजगारी सृजना, तालिमहरु सञ्चालनदेखि सहकारी मुद्दाहरुमा बहसपैरवी यसका प्राथमिक काम हुन् । 

७ विघा, ३ कठ्ठा ९ धुर जग्गा र २ भवन स्थायी सम्पत्ति रहेको संघको चुनौती हाल कायम ३ सय ८४ सदस्य संख्यामा  विभिन्न पालिकामा दर्ता भएका ३ सय ४८ संघ संस्थाहरु थप्ने हो । संघको फुलबारीस्थित अढाई बिघा जमीनमा तरकारी प्रशोधन स्थापनाको डिपिआर तयार भैसकेको छ भने पुरानो तोरी मिललाई आधुनिक स्वाचालित स्वरुप दिदैं तेलमा विविधता पस्कने योजना समेत अघि सारेको छ ।  संघ यसअघि पनि तत्कालीन राष्ट्रिय सहकारी संघबाट २०५७ सालमा उत्कृष्ट सहकारी पुरस्कार, त्यस्तै राष्ट्रिय सहकारी बैंकबाट २०७६ सालमा उत्कृष्ट संघ पुरस्कृत भैसकेको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र