सोमबार, वैशाख २४
०१:३९

अग्रणी सहकारी साधक बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित

शनिबार, असार १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मुलुकको सहकारी अभियानका अग्रणी दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । राष्ट्रिय सहकारी महासंघ, नेपालले बाँस्कोटालाई उक्त सम्मान प्रदान गर्ने घोषणा ६४ औं राष्ट्रिय सहकारी दिवस, चैत २० मा गरेको थियो । महासंघले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा उहाँलाई उक्त पुरस्कार बाट सम्मानित गरेको हो । प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लिलानाथ श्रेष्ठ, महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल र वर्तमान अध्यक्ष मिनराज कडेलले दोसल्ला, माला, प्रमाणपत्रसहित पचास हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बाँस्कोटाले मुलुककोसहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन–२०४८ र नियमावली निर्माण उहाँकै नेतृत्वमा भएको थियो । समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि राजनीतिलाई अल्पविराम दिएर उहाँ जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूर्णत होमिनुभएको थियो । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने बताउनुहुन्छ ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न हुनुहुन्छ । उहाँ हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका साथै महर्षि फाउन्डेशनका अध्यक्ष समेत हुनुहुन्छ । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र