शुक्रबार, वैशाख २१
०५:४०

मेलम्चीको बाढीले साकोस व्यवस्थापकको ४ तल्ले घर डुबाउँदा

शुक्रबार, असार १८
रञ्जनमणि पौड्याल
saccosaawaj

प्रेमकृष्ण श्रेष्ठ
व्यवस्थापक, सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
मेलम्ची नगरपालिका–११

म करिब डेढ वर्षअघि देखि सरोकार बचत तथा ऋण सहकारी संस्था मेलम्ची नगरपालिका ११ मा व्यवस्थापकको रुपमा कार्यरत छु । सिन्धुपाल्चोकमा बाढीको कहर नियमित आकस्मिकता नै हो । यस वर्षपनि मनसुनको पहिलो धक्का सिन्धुपाल्चोकले बेहारेरेको छ । आज पनि पानी परिरहेको छ ।

यही असार १ गतेको कुरा हो । बिहानदेखिको बेतोड पानीले दिउँसो कार्यालयमा काम सकिएर घर फर्केपछि देखिनै वर्षाले बारम्बार साउती मारिरह्यो । परिवारमा मात्र होइन नगरबासीहरुको मुटु जोडले काप्यो । घर र कार्यालयबीचको दुरी लामो छैन । निरन्तरको पानीले सुत्न सकिएन । घरसम्मै बाढी आइपुग्दा २ गते बिहानको ४ बजेको थियो । माथिल्लो वेल्टका साथीभाइहरुले खबर गरेपछि बाढीको सामाना कसरी गर्ने भनेर हतारमा योजना बुन्न थाल्यौं । मेरो परिवारमा ५ जना सदस्य छौं । ७४ वर्षीय वृद्ध बुबा, १४ र ७ वर्षीय छोराहरु, पत्नी र ४४ वर्ष टेकेको म ।

प्रकृतिको बलात् आक्रमणले ४ तल्लाको घर ३ तल्ला पुरै डुब्यो । बालुवा, लेदो, फोहोर आदि मिसिएको बाढीले घर पुरिएको हो । तल्लो तल्लाहरु सहित केही सटरपनि भाडामा लगाएको थिएँ । उहाँहरुको पनि सबै भौतिक क्षति भयो, मेरो पनि धेरै सामानहरु क्षति भएको छ । अब त्यो घरलाई कसरी पुनर्जिवन दिने भन्ने सोचमा छु । तीन ढलान पुरै पुरिएको छ । महाभुकम्प पछि मात्र बनाएको घर थियो । बस्न सक्ने स्थिति नभएपछि माथिल्लो स्थानमा रहेको अर्को घरमा सपरिवार बसेका छौं । धन्न मानवीय क्षति भने हुन पाएन । वृद्ध बुबा र नाबालक छोराहरु सकुशल छन् । 

खानबस्नकै समस्या नभएपनि बाढी प्रभावित घरको अवस्थाले चिन्तित छु । घर अब बस्न हुने नहुने केही थाहा छैन । सम्भवतः त्यसमा बस्न सकिने अवस्था नहुन सक्छ । मभन्दा कैयौं गुना दुःख र दुई छाक खाननै समस्यामा पर्नुभएका परिवारहरु धेरै हुनुहन्छ । साकोसकै एक जना बजार प्रतिनिधिको पनि घर धेरै कटान गरेको छ । अहिले बस्न सक्ने अवस्था नभएर उहाँहरु धेरै टाढा पुरानो घरमा ओत लाग्दै आउनुभएको छ । हाम्रो संस्थाका थुप्रै सदस्यहरु बाढी प्रभावित हुनुभएको छ । संस्थाकै सदस्यहरुको मानवीय क्षतिको कुरा भन्ने सुन्नमा आएको छैन । सदस्यहरुलाई परेको भौतिक क्षतिको त हामी अहिले लेखाजोखा राख्ने स्थितिमा पनि छैनौं । सबै कुराहरु तङ्ग्रिन समय लाग्छ । भाडामा बस्दै आएको संस्थामा करिब ७ सय सदस्य हुनुहुन्छ । संस्थामा भने बाढीले असर गरेको छैन । लकडाउनदेखि बन्द भएको संस्था बाढीले गर्दा पनि खोल्न सकिएन । असार १४ बाट भने नियमित काममा फर्किएका छौं ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र