सोमबार, वैशाख २४
११:३३

काठमाडौं र ललितपुरका साकोसहरुबीच विपद् जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखीकरण 

मंगलबार, असार १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्ध काठमाडौं र ललितपुरका साकोसहरुलाई लक्षित गरी विपद् जोखिम न्यूनिकरण सम्बन्धि भर्चुअल अभिमुखीकरण आज सम्पन्न भएको छ । नेफ्स्कूनले तयार पारेको विपद् जोखिम न्यूनीकरण निर्देशिकाको मस्यौदामाथिको छलफल र सहजीकरणका लागि देशव्यापी रुपमा अभियानबीच छलफल तथा अभिमुखीकरण सञ्चालन भइरहेका छन् । भूकम्प, बाढीपहिरो, कोभिड, आगलागी जस्ता प्राकृतिक प्रकोप र अन्य सम्भावित दुर्घटनाको आंकलन सहित पूर्व तयारी, जोखिम मूल्यांकन तथा उक्त जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि अपनाइने रणनीतिहरु विषय समेटी तयार पारिएको निर्देशिकाका विषयमा अभियानबीच अभिमुखीकरण, छलफल साथै सुझाव संकलनको कार्यलाई महत्वका साथ अगाडि बढाइएको छ । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्य संस्थाहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने उद्देश्यले गत बर्ष १ अर्बको कोष छुट्याइएको र यस बर्ष पनि नेफ्स्कून र सहकारी बैंकको साझेदारीमा ३ अर्बको कोष व्यवस्थापन गरेकोले कुनै संस्था यदि अप्ठ्यारै परिस्थितिमा परेको भए उक्त कोष मार्फत सहयोग गर्न सकिने धारणा राख्नुभयो । 

अध्यक्ष पौड्यालले भनुभयो, महामारीको प्रभाव देशव्यापी छ, भावनात्मक सम्बन्ध र सहयोग एक ठाउँमा छ, सदस्य र संस्थाको दीगो विकासका लागि सोच्नुपर्छ, नीतिगत रुपमा सबैलाई एउटै डालोमा राखेर हेरिनुहुन्न । परिस्थिति हेरेर उचित व्यवस्थापन, संस्थाको वित्तिय सुरक्षा, वित्तिय समावेशीकरण र सदस्यहरुका लागि अवसर सृजना र आयश्रृंखला निर्माण गर्दै संस्थागत सुदृढीकरण र प्रबलीकरणमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो । 

हाल नेफ्स्कूनले साकोसका सेवाहरुलाई प्रतिष्पर्धी र प्रविधिमैत्री बनाउन नयाँ प्रविधिको शुरुवात गर्न गैरहेको र त्यसमा मुलुकका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुको ऐक्यबद्धता सहित अभियानका हरेक गतिविधिमा प्राविधिक सहजता प्रदान हुने बताउनुभयो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संघको अग्रसरतामा अभियानलाई स्तरीकृत गर्दै लैजाने उद्देश्यसहित मुलुकभर विविधि साकोस स्तरीकरणका कार्यक्रमहरु शुरु भइरहेको र यसमा काठमाडौं, ललितपुर र भक्तपुरका साकोसहरुको उत्साहजनक सहभागिताले पनि अभियानलाई उचाईमा पुर्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । माहामारी सृजित विपद्बाट साकोसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई संघले उचित निकास निकाल्ने गरी संयन्त्र, प्रविधि मैत्री सञ्जाल निर्माण साथै साकोस र जिल्ला बचत संघबीचको समन्वयबाटै अभियानको बृद्धि विकासका कार्यहरु थालनी भएको स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले प्रस्तुती सहित सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रकोपको परिचय, विपद् र प्रकोपमा भिन्नता, पूर्व चेतावनी प्रणाली, विपद् जोखिम व्यवस्थापन चक्र, ऋण व्यवस्थापनका रणनीतिहरु, ऋण असुली सहनशिलता सम्झौता, विपद् जोखिम न्यूनीकरणका निर्देशक सिद्धान्तहरु र आधार दस्तावेजहरु, विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनात्मक व्यवस्था, विविध प्रकारका जोखिमहरु, विपद जोखिम म्याट्रिक्स सँगै निर्देशिकाका विविध विषयहरु समावेश गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र