सोमबार, वैशाख २४
१२:२५

सहकारीमार्फत किसानलाई अनुदानमा ट्रयाक्टर

आईतबार, असार १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाले पालिकाको वडा नम्बर–९ लाई मकै पकेट क्षेत्रको रुपमा अगाडि बढाउँदै किसानलाई खेतबारी जोत्न स्थानीय सहकारीमार्फत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको छ । भुम्लु्–९ मा रहेको इन्द्रावती दुग्ध उत्पादन तथा कृषि सहकारी संस्थामार्फत पालिकाले किसानलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तगर्त सःसर्त अनुदानतर्फ पालिकाले भुम्लु–९ लाई मकै पकेट क्षेत्रको रुपमा अगाडि बढाउँदै ५० प्रतिशत अनुदानमा ४४ किसानलाई पेट्रोल इन्जिन मिनिटेलर हाते ट्रयाक्टर वितरण गरेको हो ।

पालिकाले वडालाई मकै उत्पादन पकेट क्षेत्रको रुपमा घोषण गरेर वडा कार्यालयको समन्वयमा सहकारीमार्फत ट्रयाक्टर वितरण गरेको वडाध्यक्ष दलबहादुर तामाङले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै वडामा करिब ७० जना किसानलाई ट्रयाक्टर वितरण गरिसकेको र अझै पनि सबै किसानलाई नपुगेको भन्दै आगामी आर्थिक वर्षमा पनि किसानको मागानुसार यस कार्यक्रमलाई अघि बढाइने उहाँले बताउनुभयो ।

शनिबार गाउँपालिकाका उपाध्यक्ष कल्पना क्षेष्ठको उपस्थितिमा  सहकारीले किसानलाई ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष रामप्रसाद पराजुलीले बताउनुभयो । एउटाको ५० हजार रुपैयाँ मूल्य पर्ने ट्रयाक्टरलाई पालिकाले ५० प्रतिशत अनुदान दिएको हो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र