शुक्रबार, वैशाख २१
०४:३१

महामारीमा साकोसहरु ‘मोर द्‍यान अ बैंक’ प्रमाणित भएका छन्

शुक्रबार, असार ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं ।  नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीको समयमा साकोसहरुले ‘मोर द्‍यान अ बैंक’ को रुपमा सदस्यहरुलाई सेवा प्रवाह गरेको बताउनुभएको छ । महामारीका कारण निषेधाज्ञाको अवधिमा बैंक तथा अन्य वित्तीय संस्थाहरुको सेवा स्थगित र संकुचित भएको समयमा समेत बचत ऋण सहकारीहरुले सम्पर्क व्यक्ति, घरदैलो तथा प्रविधिमार्फत लगातय सेवाहरुलाई निरन्तरता दिदैं ‘मोर द्‍यान अ बैंक’ को रुपमा प्रभावकारी भूमिका खेलेको दाबी गर्नुभयो ।

नेफ्स्कूनले सहकारी विभागसँगको साझेदारीमा आज सञ्चालन गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भुर्चलअ कार्यक्रममा अध्यक्ष पौड्यालले संघले यो अवधिमा व्यवसाय निरन्तरता योजना, मार्गनिर्देशनहरु, तरलता कोषको व्यवस्था आदि कामहरु गरेको र मौद्रिक नीतिमार्फत सहुलियत कर्जामा सहकारीहरुको साकोस अभियानको पहुँच, पुँजी निर्माण र परिचालनमा भूमिका आदि विषयमा सरोकारावालाहरुसँग निरन्तर बहसपैरवी गरिरहेको जानकारी गराउनुभयो । त्यस्तै, वार्षिक खाताबन्दीको समय नजिकिदै गर्दा ऋणको पुनर्तालिकीकरणका विषयमा पनि सहकारी विभागबाट सूचना जारी गर्ने विषय र त्यसमा नेफ्स्कूनले खेलेको भूमिका बारे जानकारी गराउनुभएको थियो । 

नेफ्स्कूनले हाल मुलुकभर भर्चुअल विधिबाट विभिन्न सरोकारका विषयमा बहस पैरवी तथा शिक्षा तथा तालिमहरु सञ्चालन गरिरहेको र यसले भाइब्रेसन ल्याएको पनि अध्यक्ष पौड्यालले दाबी गर्नुभयो । पछिल्लो समय महामारी, बाढीपहिरो र अन्य खाले विपत्तिहरुकोसमेत सम्बोधन हुने गरी विपद् जोखिम न्यूनीकरण निर्देशिकाको खाका तयार पारी छलफल चलाएको र चाँडै सबै साकोसहरुले यसलाई तयार गरी कार्यान्वयनमा ल्याउने समेत उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपानेले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणका विषयमा प्रस्तुतिसहित सहजीकरण गर्नुभएको थियो । उहाँले सम्पत्ति शुद्धीकरण निवारको परिचय, शंकास्पद र सीमा कारोबार, प्रतिवेदन बुझाउनुपर्ने आवश्यकता र निकाय, अनुपालक अधिकारी, कानुनी व्यवस्था, सहकारी संघ संस्थाहरुले अपनाउनुपर्ने सावधानी आदि विषयमा उदाहरणसहित प्रस्तुति गर्नुभएको थियो भने सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । करिब ३ सय सहभागी आजको कार्यक्रम सञ्चालन संघका बरिष्ठ अधिकृत नवीनराज दाहालले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र