मंगलबार, वैशाख २५
०२:३७

विराटनगर महानगरपालिकाको बजेटले सहकारीको प्राविधिकीकरणमा जोड दिने

शुक्रबार, असार ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विराटनगर ।  प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले विहिबार आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि ४ अर्व १० करोड ३ लाख ३८ हजार रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । 
नगरसभाको आठौं अधिवेशनमा प्रस्तुत बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५ रुपैंया र पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार ७५ रुपैंयाको बजेट विनियिोजन गरेको हो । 

विराटनगर महानगरपालिकाको बजेटमा सहकारी 

महानगरले  विधुतिय शासन मार्फत सुशासन कायम गर्न सम्पूर्ण सहकारीहरुलाई प्राविधिकीकरण (डिजीटाईजेसन) मा जोड दिने उल्लेख गरेको छ ।
सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन गरी संस्थागत सुशासन कायम गरिने र सहकारीको माध्यमबाट रोजगारी सिर्जना, गरिवी न्युनिकरण र सामुदायिक सशक्तिकरण गरिने निति तथा बजेटमा उल्लेख छ ।

पादर्शिता, प्रभावकारीता र जोखिम् न्युनिकरण गर्दै सहकरीलाई समृद्धिको साधन बनाईने भनेको छ  ।

समुदाय र सदस्यप्रति थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न कार्यक्रम मार्फत सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।

सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने निति तथा बजेटमा जनाईएको छ ।

सहकारी संस्थाहरु मार्फत गरिने कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रम महानगरपालिकाको समन्वयमा सञ्चालन गरिने भएको छ ।

सहकारी संस्थाहरुको समष्टिगत एकिकृत विवरण तयार गरी सहकारी प्रोफाईल तयार गरिने उल्लेख छ ।
 
महानगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गराईने निति तथा बजेटमा उल्लेख गरिएको छ ।

सहकारी संघसंस्थाहरुमा वचतकर्ताहरुले जम्मा गरेको रकमको सुरक्षाका लागि प्रभावकारी सुपरिवेक्षण गरि कार्वाही प्रक्रियालाई प्रभावकारी बनाइने उल्लेख छ ।

एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने उल्लेख छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र