सोमबार, वैशाख २४
११:३७

पोखरा महानगरपालिकाले सहकारीहरुको नगरस्तरीय सञ्जाल स्थापनामा सहजीकरण गर्ने

बिहीबार, असार १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । गण्डकी प्रदेशको मुख्य राजधानी समेत रहेको पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८र७८ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ ।  

१९ पृष्ठ लामो पोखरा महानगरपालिकाको बजेटमा सहकारी

बिहीबार नगरसभामार्फत सार्वजनिक गरिएको बजेटमा महानगरपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘१ सहकारी १ उत्पादन कार्यक्रम’ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक सूचनामार्फत इच्छुक सहकारी संस्थाहरुसँग कार्यक्रमको प्रस्ताव माग गरी सम्भावनाको आधारमा कार्यक्रम छनौट गरिने उल्लेख छ ।  सहकारीको वित्तीय स्वास्थ्य तथा विश्वसनीयता अभिवृद्धि गर्न अनुगमनका कार्यहरुलाई निरन्तरता प्रदान गरिनेछ । सहकारीहरुको नगरस्तरीय सञ्जाल स्थापना गर्न सहजीकरण गरिनेछ । सहकारी संस्थाका सीमान्तकृत तथा विपन्न सदस्यलाई लक्षित गरी उत्पादनमूलक कार्यमा ऋण लिदाँ ब्याज अनुदानको कार्यक्रम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ ।
युवाहरुलाई उद्यमशिलता तथा सीप विकासको तालिम प्रदान गरी सहकारीमा आबद्ध गराउन तालिम तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गर्न रु २० लाख बजेट प्रस्ताव गरिएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र