सोमबार, वैशाख ३१
१०:४२

एक्सेस आबद्ध साकोसहरुमा व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला सम्पन्न

आईतबार, भदौ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj


कठमाडौं, ७ भदौ । एशियाली ऋण महासंघ–अकूको सहजिकरणमा नेपालमा एक्सेस कार्यक्रममा आबद्ध साकोसका सञ्चालकहरु तथा व्यवस्थापन प्रमुख, बरिष्ठ कर्मचारीहरुको सहभागितामा कोभिड–१९ ले पारेको प्रभाव र व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धमा भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव, जोखिम दोहोरिने सम्भावना एवं समयका आधारमा जोखिमको स्तर निर्धारण, चुनौतीपूर्ण व्यावसायिक सम्बन्धहरुको निरन्तरता आदि विविध विषयमा छलफल भएको थियो ।

३ दिनसम्म सञ्चालन भएको कार्यशाला गोष्ठीमा सदस्यको तिर्न सक्ने सक्षमता मापन एवं विश्लेषण, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलता प्रक्षेपण, सदस्य परामर्श, व्यवसाय विकास सेवाको कार्यान्वयन, आकस्मिक कोष बचत , स्वास्थ्य सुरक्षा मापदण्डको पालना, कर्मचारी कार्य ढाँचामा परिवर्तन, सुशासन एवं कानुनी परिपालनाको सुनिश्चितता जस्ता विविध पक्षहरुको सर्वेक्षण एवं विश्लेषण सम्बन्धि ज्ञान सिपको सिकाई एवं अभ्यास भएको थियो ।

२७ वटा साकोस एवं छाता संगठन नेफ्स्कूनबाट गरी ५८ जनाको सहभागिता रहेको सो कार्यशाला गोष्ठीलाई एशियाली ऋण महासंघबाट प्रमुख कार्यकारी अधिकृत ईलेनिता सानरोके (लेनी), प्रमुख प्राविधिक सल्लाहकार रञ्जित हिताराची, र अष्ट्रेलियास्थित म्युचुअल बैंक क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत मार्क वर्थिङटोनले सहजिकरण गर्नुभएको थियो । सहभागीहरुले आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना निर्माण गरी भदौ २७ गतेभित्र पेश गर्ने कार्य योजना रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र