शनिबार, वैशाख १५
०९:१२

 जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उत्पादन सहकारी संघ ललितपुरबीच एकीकरण  

मंगलबार, असार ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला कृषि सहकारी संघ लि. ललितपुर र जिल्ला च्याउ उत्पादन सहकारी संघ लि. ललितपुरबीच एकीकरण भएको छ । नेपालको सहकारी अभियानमा पहिलो पटक दुई विषयगत जिल्लास्तरीय संघबीच एकीकरण भएको राष्टिय सहकारी महासंघले जनाएको छ । २०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघको एकीकरण स्विकृत गरी जिल्ला कृषि सहकारी संघ लिमिटेड,ललितपुरको नाममा एकीकृत संस्थाको दर्ता प्रमाण पत्र प्रदान गरेको छ । बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले महासंघका वरिष्ठ उपाध्यक्ष अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य तथा जिल्ला कृषि सहकारी संघ ललितपुरकी अध्यक्ष ओमदेवी मल्ललाई एकीकृत संस्थाको दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

यसरी बिषयगत संघहरु एकीकरण भई दिगो संघ निर्माण प्रक्रियाको थालनी भएकोले आगामी दिनमा अन्य संघहरु र प्रारम्भिक संस्थाहरु समेत एकीकरणमा जान प्रेरणा मिल्ने महासंघले अपेक्षा गरेको छ  । सहकारी अभियान र सरकारले समेत सहकारी संघ संस्थाको एकीकरणमा प्रोत्साहन गरिरहेको छ । एकीकरण अभियानलाई यसले थप बल पुग्ने विश्वास गरिएको छ । 

जिल्ला कृषि सकारी संघ विसं २०६५ र जिल्ला च्याउ उत्पादन सहकारी संघ २०७१ मा दर्ता भएको थियो । २०७७ साल आश्विन २६ देखि कात्तिक ३ सम्म भएको साधारण सभाले एकीकरणको निर्णय गरेको गियो । २०७७ साल चैत्र ७ गते राष्ट्रिय सहकारी महासंघ लि.को पहल तथा मार्गनिर्देशनमा एकीकरण  संझौता पत्रमा हस्ताक्षर भएको थियो ।  सम्झौता पत्रमा जिल्ला कृषि सहकारी संघ लि.ललितपुरका अध्यक्ष  मल्ल र च्याउ उत्पादक सहकारी संघ लि. ललितपुरको तर्फबाट संघका अध्यक्ष कमलराज दाहालले हस्ताक्षर गर्नुभएको थियो । 

एकीकरण पश्चात दुई संघहरुबाट प्रतिनिधित्व हुने गरि ओमदेबी मल्लको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन भएको छ । नव गठित सञ्चालक समितिको उपाध्यक्षमा दिल नापित, महिला उपाध्यक्षमा ईन्द्र कुमारी थापा ,सचिवमा पुरुषोत्तम हुमागाँई, कोषाध्यक्षमा चित्रराज तिमल्सिना, सञ्चालकहरु कमलराज दाहाल, लक्ष्मी कार्की, कृष्ण प्रसाद संजेल, काशीनाथ सापकोटा, ज्ञान बहादुर लो, गंगालाल डंगोल, शरद रानामगर र रमेश दाहाल रहनुभएको छ । त्यसैगरी बद्रि प्रसाद घिमिरेको संयोजकत्वमा सदस्य उमा पौडेल र प्रेम प्रसाद घिमिरे रहने ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र