शनिबार, वैशाख २२
११:२०

यस वर्षको अभौतिक विश्व क्रेडिट युनियन सम्मेलनका आकर्षणहरु

आईतबार, असार ६
एजेन्सी
saccosaawaj

एजेन्सी । कोभिड असहजताका कारण विश्व क्रेडिट युनियन सम्मेलन यो वर्ष भर्चुअल आयोजना गर्ने गरी तयारी भैरहेको विश्व ऋण परिषद् (ओकू) ले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने विश्व क्रेडिट युनियनको यो महाकुम्भ गत अंग्रेजी वर्ष अर्थात् सन् २०२० मा अमेरिकाको लस एन्जलसमा हुने भनिएपनि कोभिडका कारण स्थगित गरिएको थियो । यो वर्ष स्कटल्याण्डको ग्लास्ग्लोमा गर्ने घोषणा गरिएपनि कोभिडको असर अझै धेरै मुलुकहरुमा विद्यमान रहेका कारण भर्चुअल गर्ने निर्णय हालै गरिएको हो । सम्मेलन आगामी जुलाई १४ देखि २१ सम्म पूर्ण रुपमा अभौतिक तर सहभागीहरुका लागि थप नयाँ कार्यक्रम र अवसरका साथ गर्न लागिएको ओकूले जनाएको छ । भौतिक उपस्थिति जनाउन सक्ने अवस्था नभएपनि विश्वभरका क्रेडिट युनियनहरुको बाक्लो सहभागिताकाबीच सिकाइ आदान प्रदानलाई सशक्त बनाउन नयाँ कार्यक्रमहरु थपिएका छन् ।

हवाई र होटल खर्चका साथै अन्य झन्झटबिना घर वा अफिसमा बसेर नै भर्चुअल रुपमा विश्व भ्रमण गर्ने र नयाँ अभ्यासहरु आदानप्रदान गर्न सकिने अवसरका रुपमा यो पटकको सम्मेलनलाई लिनुपर्ने ओकूले जनाएको छ । भौतिक रुपमा वार्षिक कार्यक्रम हुँदा यात्रा, हवाई खर्च, रजिष्ट्रेशन शुल्क र समयका कारण ४० प्रतिशतको मात्र सहभागिता हुने गरेको तथ्य प्रस्तुत गर्दै ओकूले अभौतिक सम्मेलनको आयोजनाले सहभागितामा उल्लेख्य वृद्धि गर्ने अपेक्षा गरेको छ । साथै अभौतिक सम्मेलनमा रजिष्ट्रेशन शुल्क पनि कम गरिएको छ । खासगरी मध्यमस्तरका क्रेडिट युनियनहरुलाई यसले सहयोग पुग्ने विश्वास लिइएको छ । भौतिक सम्मेलनमा गर्न असम्भव कतिपय कार्यक्रमहरु अभौतिक गर्न सकिने र त्यसको व्यवस्था यो पटक मिलाइएको कारण पनि सम्मेलन प्रभावकारी र सहभागितामूलक हुने ओकूको विश्वास छ । यस पटकका सम्मेलनका मुख्य वक्ताहरु र विषय सूचीले समेत विविधता पस्केको बताउँदै डिजिटल ट्रान्स्फर्मेशन, सदस्य सेवा, आर्टिफिसियल इन्टेलिजेन्स र जेनेरेशन इन द वर्कफोर्स आदि मुख्य आकर्षण हुने बताइएको छ । ४ जना मुख्य बक्ताहरुले २ दिने प्रस्तुति दिनेछन् । बक्ताहरुले घर वा कार्यकक्षको आरामदायी अवस्थामाझ नै प्रस्तुति गर्न सक्ने भएकाले उनीहरुका लागि पनि धेरै नयाँ कुरा पस्कन सहज हुनेछ । यसपटक बजारीकरणको विषयले पनि सम्मेलनमा प्रवेश पाउनेछ । यो सम्मेलनका विषयवस्तुहरु क्रेडिट युनियनका विभिन्न भूमिकामा रहेकाहरुको आवश्यकतालाई ध्यानमा राखी तयार गरिएको छ जसले गर्दा सीइओमात्र नभई अन्य व्यक्तिहरु पनि कम खर्चमा सहभागी भई जान्नसिक्न सक्नेछन् । 

भौतिक रुपमा सामान्यतया ४ दिनमात्र चल्ने सम्मेलन यो पटक सप्ताहव्यापी हुँँदैछ । सन् २०२१ विश्व ऋण परिषद्को ५० औं वार्षिकोत्सव पनि भएकाले केही विशेष गर्ने सोचका साथ ७ दिनको कार्यक्रम राखिएको हो । यस पटक युवा र महिलाहरुको सञ्जाल अन्तर्गतका कार्यक्रमलाई पनि समेटेर ७ दिनको बनाइएको हो । यो पटक पनि नेतृत्वक्षमता, विविधता, समता र सहभागिता आदि विषयमा ३० बटाभन्दा बढी ब्रेक आउट सत्रहरुसँगै ब्रीज द ग्याप सत्रपनि सञ्चालन हुनेछ । ब्रेक आउट सत्रहरुमा वक्ताहरुसँगै सहभागीहरुले पनि आफ्नो धारणाहरु राख्नेछन् जसले कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनेछ । धेरै ब्रेक आउट सत्रहरु एउटै समयमा हुने भएपनि ती भर्चुअल कार्यक्रमको रेकर्ड ६ महिनासम्म सहभागीहरुलाई उपलब्ध गराइने भएकोले पनि आफ्नो समय अनुकूल कार्यक्रम सुन्न र हेर्न सकिने ओकूले जनाएको छ । यस पटक सहभागीको रुचि अनुसारको कार्यक्रममा प्रत्यक्ष सहभागिताका लागि म्याच मेकिङ सर्भे पनि राखिएको छ । आफुले चाहेको व्यक्तिसँग वन टु वन वा समूहगत छलफलको अवसर पनि प्रदान गरिनेछ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र