शनिबार, जेठ ५
१०:३१

सहकारी अभियन्ता जोशीको निधन

सोमबार, जेठ ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौ । मुलुकको सहकारी अभियानका अग्रणी एवम् समाजसेवी राजेशहरि जोशीको ६६ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँ राष्ट्रिय सहकारी बैंक लिमिटेडका संस्थापक अध्यक्ष, ललितपुरको गाःबहालस्थित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटी लिमिटेडको कार्यकारी अध्यक्ष, जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका पूर्व सल्लाहकार, नेशनल को–अपरेटर्स एलाइन्सका सह–अध्यक्षलगायत दर्जन बढी प्रारम्भिक सहकारी संस्थाको सल्लाहकार हुनुहुन्थ्यो । त्यस्तै जिल्ला बचत संघ मकवानपुरको स्थापनामा पनि उहाँको महत्वपूर्ण योगदान थियो । त्यस्तै, हेटौंडा मूख्य कार्यालय रहेको तत्कालिन वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत जोशीको उक्त फाइनान्स स्थापनमा उनको ठूलो भूमिका थियो । 

दुई दशक भन्दा बढी समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल स्व.जोशीले सहकारी एवम् समाजसेवी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको थियो । समाजसेवाका क्षेत्रमा समेत उनको नाम अग्रपंक्तिमा रहेको छ । सहकारी अभियन्ता स्व.जोशीप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र