शनिबार, जेठ ५
१२:४२

लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

शनिबार, जेठ २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरिवेक्षण समितिको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा लेखासुपरिवेक्षण तालिम आज भर्चुअल विधिबाट सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नभएको भन्दै सहकारी सुशासन र नियम संगत सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहजीकरण गर्नुभएको तालिममा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षणका क्षेत्र तथा विधि, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन र प्रस्तुतीकरणबारेमा सुक्ष्म सरल र व्यावहारिक प्रशिक्षण दिनुभयो ।

साथै उहाँले तालिममका क्रममा उठेका जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । संघका लेखा समिति सदस्य शुशिला बरालले विषम परिस्थितिमा संघले खेलेको भुमिका बारेमा चर्चा गर्दै सहकारी संस्थामा लेखा समितिको क्षमता अभिवृदि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।

तालिम कार्यक्रमको अध्यक्षता समितिका संयोजक बालमुकुन्द उपाध्यायले हरेक बर्ष संघले लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि हुने तालिम कार्यक्रमहरुको आयोजना गदै आएको बताउनुभयो । उहाँले विषम परिस्थिामा पनि अवसरको रुपमा लिई तालिमको आयोजना गरेको बताउनुभयो ।
समितिका सदस्य श्री प्रसाद त्यातजूले संघको संक्षिप्त परिचय राख्दै तालिम कार्यक्रम संचालन गर्नुभयो । तालिममा २ सय भन्दा बढीको सहभागिता थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र