सोमबार, जेठ ७
०८:१४

‘पफमेन्स भ्याक्सिन’ का डोजहरु

शुक्रबार, जेठ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

(नेफ्स्कून-साकोस म्यानेजर्स क्लबले आज बिहान आयोजना गरेको  ‘भ्याक्सिन अफ पफमेन्स’ विषयक अभौतिक कार्यशालामा सहजकर्ता लाइफ कोच राजबाबु साहले गर्नुभएको प्रस्तुतिमा आधारित )

पहिलो डोज 

आत्मसम्मान 

  • आत्मसम्मान अभावमा भय, तनाव, दोषारोपण, असफलता, पीडाबोधसँगै विभिन्न दुर्घटनाहरु निम्तन्छन् ।
  • आत्मसम्मान वृद्धिका लागि आत्मप्रेम (Self Appreciation) आवश्यक हुन्छ ।
  • (उदाहरणका लागि सधै काममा जानुपूर्व ऐनामा हेरे आफु, आफ्ना क्रियाकलापप्रति प्रेम वा प्रशंसा दर्शाउन सकिन्छ । यसले काममा पनि सकारात्मक प्रभाव पार्दछ ।)

दोस्रो डोज 

मान्यताहरुमा परितर्वन

  • यथार्थको जन्म मान्यता वा गहिरो विश्वासबाट हुन्छ । त्यही घना विश्वासले प्रतिक्रिया जन्माउँदछ । परम्परागत मान्यता वा विश्वासमा परिवर्तन गर्यौ भने प्रतिक्रियाहरु सकारात्मक र स्वाभाविक निस्कन्छन् ।
  • (उदाहरणका लागिः कडा मिहेनत वा परिश्रमले सफलता मिल्छ भन्ने मान्यतालाई परिवर्तन गर्दै बढी नवीनता र आलोचनात्मक चेत वा सोचले सफलता सुनिश्चित गर्छ भन्ने धारणा विकास गर्नसकिन्छ ।
  • हुने बिरुवाको चिल्लो पात वा लगनपछिको पोते सम्बन्धी हाम्रा धारणाहरुलाई सकारात्मक सोचका साथ परिवर्तन गर्दै लगनपछिको पोते के काम होइन बरु धेरै काम हुनसक्छ । र सबै हुने बिरुवाहरुको पात चिल्लो नहुन पनि सक्छ भन्ने मान्यता वा विश्वास राख्नुपर्दछ ।)
  • हिजोआज संकुचित वा निश्चित दायराभित्रको विश्वासबाट हामी निर्देशित हुन्छौं । त्यस्तो विश्वासमा आफ्नो व्यक्तिगत सत्य वा अनुभव जोडेर शसक्त अनि सकारात्मक विश्वासको परिवर्तित रुप दिन सकिन्छ ।
  • बानी भन्दा विश्वासमा जोड दिनुपर्छ । विश्वास परिवर्तन भयो भने बानी परिवर्तन हुन्छ ।
  • जीवनका हरेक प्रतिक्रियालाई निर्देशित गर्ने भनेको विश्वास हो नकि बानी ।
  • हामीसबैसँग ३ प्रकारको माइन्ड हुन्छः डिम्रर माइन्ड क्रिटिक माइन्ड र डुअर माइन्ड हुन्छ । यी तीनै फ्रायडवादी सिद्धान्तले भनेको झै कन्सस, सब कन्सस र अनकन्सस माइन्डकै नयाँ अवधारणा हुन् ।
  • डिम्रर माइन्डले विचारहरुको जन्म गराउँदछ ।
  • क्रिटिक माइन्डले शंका गर्दछ ।
  • डुअर माइन्डले विचारको व्यावहारिकीकरण गर्दछ ।
  • कन्सस एनर्जीको प्रयोग गर्नुपर्छ ।    
  • हामीलाई लाग्छ हामी पूर्ण चेतन अवस्थामा काम गरिरहेका छौं । खाना खान बस्दा लाग्छ किरा भुसुना परेको छ कि, केही फोहोर परेको छ कि भनेर हेरेर वा चेत हुँदै खादैछौं जस्तो भ्रम पर्दछ । यद्यपि हामी अवचेतन वा अर्धचेतन माइन्डले काम गर्छौ । मोमो, मैदा, जंक फुड, खाना बीचमा पानी आदि स्वास्थ्यका लागि हानिकारक छन् भन्ने थाहा पाउदा पाउदैपनि प्रयोग गर्छौ । 

 

तेस्रो डोज 

संगतको संक्रमणको  नियम (ल अफ इनर्जी, ल अफ रिदम)

  • व्यक्तिको कार्यदक्षताको मापन उसको मिहेनत, क्षमता र सीपले मात्र निर्धारण गर्दैनन।
  • शारिरीक मात्र होइन मानसिक संगत र सम्पर्क, सामाग्री र वस्तुहरुले व्यक्तिको सामाजिक परिचय वा छवि (ब्राण्ड भ्याल्यु) निर्धारणमा अहम् भूमिका खेल्छ ।
  • इनर्जी, भाइब्रेसन र फ्रिक्वेन्सीलाई सकारात्मक सन्तुलनमा राख्नुपर्छ ।
  • नकारात्मक उर्जा (नेगेटिभ एनर्जी) बदल्नुपर्छ स्वाभाविक रुपमा नकारात्च्मक इनर्जी बढी हुन्छ त्यसलाई सकारात्मक बनाउन वा परिवर्तन गर्न मिहेनतको मल हाल्नुपर्छ ।
  • उदाहरणका लागि ढिलो उठ्न मिहेनत गर्नुपर्दैन, चाँडो उठ्न मिहेनत गर्नुपर्छफोहोरी हुन वा फोहोर गर्न मिहेनत गर्नुपर्दैन सुग्घरी वा सफा गर्न मिहेनत गर्नुपर्छ ।
  • जहाँ आफु भन्दा बढी ज्ञान, क्षमता, सम्मान कम हुन्छ त्यहाँ एनर्जी बढी मिल्छ । जहाँ आफुलाई बढी सम्मान मिल्छ त्यहाँ एनर्जी कम मिल्छ ।
  • जीवनको रिदमलाई सकारात्मक बनाइराख्नुपर्छ ।
  • महिला पुरुषको सुमधुर सम्बन्ध (खासगरी बैवाहिक) ले सकारात्मक एनर्जी पैदा गर्छ ।
  • ह्याप्पी वाइफ = ह्याप्पी लाइफ
  • परिवार ह्याप्पी राख्न महिलाले पुरुषलाई ह्याप्पी बनाउनुपर्छ
  • महिलाहरु वर्तमानमा रमाउँदछन्, पुरुषहरु भविष्यको चिन्ता लिन्छन् । यस अर्थमा पनि स्वाभाविक रुपमा पुरुषहरुमा बढी तनाव हुन्छ महिलाको तुलनामा ।
  • पुरुषहरु तर्क र अहम्बाट बढी प्रभावित हुन्छन्, महिलाहरु भावनाबाट ।
  • सुखी जीवनको मन्त्र सेयरिङ, केयरिङ र डेयरिङ
saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र