शनिबार, जेठ ५
१०:५७

हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समीक्षा बैठक भर्चुअल सम्पन्न

मंगलबार, जेठ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । जिल्लाको हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रमको समिक्षा बैठक आज भर्चुअल सम्पन्न भएको छ । समीक्षा बैठकको संयोजकत्व नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा उहाँले आधारशिला कार्यक्रमको उपादेयता र यसले स्थानीय निकाय र सहकारी संघ संस्थाहरुबीचको प्रगाढ सम्बन्ध, सहकारीहरुको सुशासन प्रवर्धन र संस्थागत विकासमा खेल्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

नेफ्स्कूनले आफ्नो ३३ औं स्थापना दिवसको अवसर पारेर गत वर्ष साउन ३२ गते शुभारम्भ गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । यस कार्यक्रमको अगुवाई मुलुकको बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एकमात्र केन्द्रीय निकाय नेफ्स्कूनले गरेपनि आधारशिला कार्यक्रमले भने सम्झौता भएका स्थानीय तहका सबै प्रकृतिका सहकारीहरुलाई लक्षित समुदाय वा वर्गका रुपमा लिएको छ ।

कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाई, नेफ्स्कूनका कोषध्यक्ष दिपक पनेरू, सञ्चालक सदस्य हरेराम प्रसाद, जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्षका बाबु राम घिमिरे, हरिवन नपाका प्रमुख प्रशासकीय अधिकृत खरूदेव चुडाल, सूचना प्रविधि अधिकृत दिपेन्द्र उप्रेती, नगरपालिका सञ्जाल अध्यक्ष राम प्रसाद घिमिरेको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नवीन राज दहाल, अधिकृतहरु शोभाग्य भट्टराई, मुकेश दहाल, रीता सुबेदी र गौतम शाहको उपस्थिति थियो । नेफ्स्कूनको बरिष्ठ अधिकृत नवीन राज दाहालले कार्यक्रम सञ्चालन तथा अनुगमन अधिकृत दिपक अर्यालले प्रस्तुति गर्नुभएको कार्यक्रममा नेफ्स्कून हरिवन फिल्ड कार्यालय इन्चार्ज महेश बरालसँगै बरिष्ठ सहायक रेजिना पौडेलको उपस्थिति थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र