शनिबार, जेठ ५
०३:०७

पैसाको कुरा दिमागले र सम्बन्धको कुरा मनले गर्नुपर्छ

शुक्रबार, जेठ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । वित्तीय साक्षरताका सम्बन्धमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबले आज आयोजना गरेको भर्चुअल तालिमको प्रस्तुतिमा अटाएका थुप्र्र मसिना तर महत्वपूर्ण अनि व्यावहारिक शिक्षाहरुमध्ये एक थियो हामीले पैसाको कुरा गर्दा दिमागको प्रयोग र सम्बन्धको कुरा गर्दा मनमुटुको प्रयोग गर्नुपर्छ तर प्रायः अभ्यासमा उल्टो भैरहेको हुन्छ । त्यस्तै अर्को कुरा भनेको वित्तीय व्यवस्थापन गर्दा २ वटा नियमहरु पलना गर्नुपर्छ । पहिलो नियम भनेको पैसा कहिल्यै खेर फाल्नुहुँदैन र दोस्रो झनै महत्वपूर्ण नियम भनेको पहिलो नियम कहिल्यै बिर्सनुहुँदैन । आजको कार्यक्रमलाई यहाँ बुँदागत र टिप्सको शैलीमा संक्षेपीकरण गरिएको छ ।

परितोष पौड्याल
प्रमुख अतिथि एवम् नेफ्स्कून अध्यक्ष

 
वित्तीय साक्षरतासँगै हामीले डिजिटल शिक्षा सिकाइलाई जोड्नुपर्ने आवश्यकता छ ।

डिजिटल शिक्षाको नयाँ रणनीतिमा नेफ्स्कून लागेको छ । पूर्वाधार विकास नेफ्स्कूनको प्राथमिकता हो ।

‘न्यू नर्मल’ को ‘न्यू फिचर’ हो डिजिटल वित्तीय साक्षरता, डिजिटल च्यानलको प्रयोग र सीप विकास अनि डिजिटल ट्रान्जेक्सन सर्भिससँग जोड्ने, सफ्टवेयर अ्याज सर्भिस (सास) र एकीकृत मानव संशाधन व्यवस्थापनका विषयहरुमा नेफ्स्कूनको ध्यान केन्द्रित भएको छ । त्यस्तै, साइबर सुरक्षाका विषयमा पनि हामी सचेत छौं ।

सेयर्ड पेमेन्ट सिस्टमका विषयम कसरी पेमेन्ट गेटवेलाई व्यवस्थि गर्न सकिन्छ भनेर हाम्रो चासो र चिन्तको विषय हो । यी सबैको पूर्वाधार विकासमा नेफ्स्कूनले स्पष्ट रणनीतिसहित काम गरिरहेको छ ।

विश्व ऋण परिषद्ले पनि सन् २०२५ सम्म डिजिटल पूर्वाधार विकास गरिसक्ने भने लक्ष्य लिएको छ ।
यी सबै काममा अघि बढ्न थिङ्क ट्याङकको रुपमा म्यानेजर्स क्लबको भूमिका महत्वपूर्ण हुन्छ ।

शान्ति अधिकारी
उपाध्यक्ष, नेफ्स्कून 

यो विषय नै एकदमै महत्वपूर्ण र सान्दर्भिक हो । 

विश्व ऋण परिषद्ले पनि वित्तीय साक्षरताको विषयलाई जोडेको कारण महत्व बढेको छ ।

मनले सम्बन्धमा मलन लगाउनुपर्छ, दिमागले पैसा वा वित्तीय सम्बन्धलाई व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण लाग्यो । 

पैसाको दुईवटा मुल नियम मनपर्यो । पहिलो नियम पैसालाई खेर नफालौं र दोस्रो पहिलो नियम कहिल्यै नबिर्सौ ।

आजभोली आफुलेपनि वित्तीय लक्ष्यहरु बनाउने, संस्थाका सदस्यहरुलाई पनि बनाउन लगाउने र खर्च गर्दा पनि ध्यान दिने बानी बिस्तारै विकसित हुँदै आएको छ ।

कुराहरु मसिना, महत्वपूर्ण र प्रयोग गर्न सकिने खालका व्यवहारिक छन् । भोलिका दिनमा वित्तीय साक्षरता, वित्तीय समावेशी र वित्तीय शिक्षाका क्षेत्रमा प्रकाशजीसँग सहकार्य गर्न नेफ्स्कून तयार छ ।

समय पैसा हो भन्ने बाहिरी देशको स्कूलिङ यहाँ पनि विकसित गर्नुपर्छ ।

ऋण दिएर मात्रै सदस्यहरु धनी हुँदैनन् तर अहिलेको हाम्रो आवश्यकता भनेको ऋण र बचतलाई मिलाएर लानुपर्ने छ । सबै संस्थाहरुले आज सिकेका कुराहरुलाई महत्व दिएर लागू गर्नुपर्छ ।


प्रकाश कोइराला
वित्तीय साक्षरता अभियन्ता एवम् कार्यक्रम सहजकर्ता

हाम्रो समाजमा पैसाको बारेमा कुरा हुन थाल्यो भने बाआमाको झगडा, बोलचाल नहुने, मनमुटाव नहुने देखेँ ।
यो कुरा घरका साना छोराछोरी वा भाइबहिनीहरुसँग गर्नु हुँदैन वा गरेर काम छैन भन्ने सोचले जरा गाढेको पाएँ ।  तर, विकसित मुलुकहरुको अवस्था हाम्रो भन्दा ठीक विपरित छ ।  १२ वर्षदेखि क्रेडिट कार्डको बारेमा, श्रमको मुल्य चिनाउने, परिश्रमको प्रतिफलका बारेमा औपचारिक ज्ञान र अनौपचारिक शिक्षा प्रदान गर्ने काम अपरिहार्य संस्कृतिको रुपमा विकसित भएको छ । 

इच्छा र चाहनाको महत्व र फरक सानै देखि विदेशमा प्राक्टिसमा पाएँ ।

कक्षामा नैतिक शिक्षा पढाएको जस्तै वित्तीय साक्षरता सानै कक्षादेखि विदेशमा सुरु गरिन्छ ।

वित्तीय साक्षरताको उद्देश्य ‘पैसाप्रति मरिहत्ते गर्ने’ भन्ने होइन । यसले लोभी बन्न सिकाउने होइन । 

वित्तीय साक्षरता समयको सदुपयोग गर्न सिक्ने सिकाउने विधि, कला र सीप हो ।

विकसित देशमा डिजिटल करेन्सीको कुरा भैरहेको छ । हाम्रो परिवेश ठीक उल्टो छ ।

विदेश र खासगरी क्यानाडामा सहकारीहरुले छुट्टै वित्तीय परामर्शदाता वा सल्लाहकार राखेर काम गर्दछन् ।

सहकारी हाम्रो समुदायको ‘लाइफ ब्लड’ हो । सहकारी गतिलो प्लेटफर्म हो । हामीले बनाएको साझा मञ्च हो जसमार्फत समाज परिवर्तन गर्न सकिन्छ ।

हातहातमा फोन छ त्यहीमार्फत पैसा व्यवस्थापन गर्ने माध्यम बनाउनुपर्छ । अन्तिम लक्ष भनेको कार्यालयमा नै नआई सबै वित्तीय सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता हो ।

वित्तीय साक्षरताका कुराहरु अनुशासन, बानी परिवर्तनसँग सम्बन्धित छ । उदाहरणका लागिः मलाई माया गर भनेर परिवारका कुनै सदस्यले कसैलाई भनेर वा सिकाएर भन्दा पनि व्यक्ति स्वयंको मन भित्रबाटै आउनुपर्छ । अरुले सिकाएर भन्दा पनि आफै बानी परिवर्तन गर्न सक्ने गरी उत्प्रेरित गराउन सक्नु पर्दछ । वित्तीय साक्षरताका सम्बन्धमा सीप र ज्ञानभन्दा पनि बानी परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हो ।

वित्तीय साक्षरता, वित्तिय शिक्षा र वित्तीय समावेशिता बीच त्रिकोणात्मक सम्बन्ध हुन्छ ।

मुलुकमा राजनीतिक छलफल बढी भए अब आर्थिक छलफल, विचार विमर्श बढी गर्नुपर्छ ।

पैसा लाई बुझाउनुपर्छ, चिनाउनुपर्छ । जति बढी पैसाको बारेमा, महत्व जान्न खोज्यो उति नै इच्छाशक्ति बढ्छ । पैसाको महत्व बुझेको परिवारमा एकरुपता, शान्ति र मेलमिलाप हुन्छ ।

वित्तीय साक्षरताका शिक्षा र तालिमहरुमा परिभाषा भन्दा पनि ‘टिप्स’ आवश्यक हुन्छ ।

पैसाको पहिलो नियमः पैसा कहिल्यै नगुमाउने र दोस्रो नियमः पहिलो नियम कहिल्यै नभुल्ने  

समय व्यवस्थापन जस्तै हो पैसा व्यवस्थापन । समय बचत गर्नु जस्तै हो पैसा बचत गर्नु । समय पैसा हो, जति ठीक समयमा काम गर्यो उति नै पैसा कमाउने क्षमता र समय बढ्छ ।

समय र पैसा चिनौं । पैसा कमाउनुपर्छ भनेपछि ठूलो रकम एकैचोटी कमाउनुपर्छ भन्ने सोच छ । त्यो गलत हो । हामीलाई दुई वटा गाउँ आरपार गर्न बीचमा एउटा पुल तर्नुपर्छ भने पारि गाउँ जान पुल नतरि सकिदैन त्यो पुल भनेको वित्तीय साक्षरता हो ।

इच्छा र आवश्यकतालाई वित्तीय स्वतन्त्रतासँग जोड्नुपर्छ । वैयक्तिक वित्तीय इच्छा र चाहनासँग वित्तीय स्वतन्त्रताको विषय जोडिन्छ ।

इच्छा र आवश्यकतालार्य वित्तीय स्वतन्त्रतासँग जोड्नुपर्छ ।

पैसा व्यवस्थापन भन्ने कुरा दैनिक नित्य कर्म वा दाँत माझ्नु जस्तो हो । आज होइन भोलि गर्छु भन्दा हुँदैन त्यसैले पैसाको व्यवस्थापन अनुशासन वा नित्य गर्नुपर्छ ।  

भावनामा बहकिनु हुँदैन पैसाको सन्दर्भमा । व्यावसायिक कुरा वा पैसाको बारेमा कुरा गर्दा दिमाग र सम्बन्धको कुरा गर्दा मनमुटुको उपयोग गर्नुपर्छ
त्यही भएर उल्टोलाई सुल्टो बनाउनुपर्छ ।

पैसा व्यवस्थापन परिवारको सदस्यसँग बसेर छलफल गर्नुस ।

तपाईको आवश्यकता परिवारको सदस्यको लागि इच्छा हुनसक्छ र तपाईको परिवारको इच्छा तपाईको लागि आवश्यकता बन्नुपर्छ 

श्रीमतीले गरेको वित्तीय कारोबार श्रीमानलाई र श्रीमानले गरेको वित्तीय कारोबार श्रीमतीलाई थाहा हुँदैन ।

परिवारसँग बसेर आज सिकेको कुरा छलफल गर्नुहुन्छ । परिवर्तन आजबटै सुरु गरौं । परिवारमा यस्तो सदस्य हुनुपर्यो जसले पैसाको बारेमा बेला बेलामा स्मरण गराइरहन सक्नुपर्यो ।

पैसाको बचतको कुरा गर्दा सबैभन्दा पहिला वित्तीय लक्ष्य निर्धारण हुनुपर्छ । वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ र त्यसको काइदा सबै सहकारीहरुले सदस्यहरुलाई सिकाउनुपर्छ ।

पैसासँग धैर जोडिनु र  धेरै टाढा पनि जानु हुँदैन । नो ओभर अट्याचमेन्ट नो कम्प्लिट डिट्याचमेन्ट ।

पैसाको उच्चतम उपयोग गरेर व्यावसायिक बनाउने र उच्चतम प्रतिफल दिनेतर्फ 

समयको मागसँगै आफ्नो आर्थिक अवस्थाको मुल्याङ्कन गर्नुपर्छ जस्तो कोभिड अघि र पछिको पनि । आफ्नो सम्पत्ति खर्च र पैसाको त्रैमासिक मुल्याङ्कन गर्नुपर्छ र सिकाउनुपर्छ  ।

लगानी र सम्पत्तिको विविधिकरण वा पोर्टफोलियो व्यवस्थापन गर्न सिकाउनुपर्छ ।

लक्ष्यलाई पूरा गर्न चर्को ब्याजमा ऋण लिनुहुँदैन । लक्ष्यको लागि पहिल्यैदेखि बचत गर्नुपर्छ । ऋणले दीर्घरोगी बनाउँछ यदि पैसा व्यवस्थापन भएन भने ।

पैसाको स्वतन्त्रतासँग बचत जोडिएको छ । पैसासँग प्रतिज्ञालाई जोड्नुपर्छ । बचत वा पैसा भनेको अनुशासन पनि हो ।

दैनिक रुपमा आम्दानी र खर्च लेखेर राख्नुपर्छ । त्यसका लागि फाइनान्सियल डायरी आवश्यक पर्छ । यो प्रचलन सुरु गरेपछि अफ्रिकामा ७० प्रतिशत जनसंख्या बैङ्किङ सेवासँग जोडिएका थिए । 

कहिलेकाही प्रयास अनुसार प्रतिफल प्राप्त हुँदैन, सधैको कामले पैसै मात्र लाभ दिनेभन्दा आफुले गरेको कामले गैरवित्तीय लक्ष्यहरु हासिल हुनसक्छ, त्यसको पनि ख्याल राख्नुपर्छ । लक्ष्य र उपलब्धिका सम्बन्धमा प्लान ए सफल भएन प्लान बी पनि चाहिन्छ ।

पैसा व्यवस्थापन गर्दा वा वित्तीय साक्षरताको कुरा गर्दा मसिना कुराहरुलाई बढी जोड दिनुपर्छ । कुन शीर्षक मा कुन विषयमा दैनिक, मासिक, कति खर्च गर्दैछु भन्ने ज्ञात हुनुपर्छ ।

पैसा व्यवस्थापनमा साथी संगतले धेरै प्रभाव पार्छ । एक अध्ययनले भन्छ, तपाईका ५ जानको साथीको सरदर संगत तपाईको बानी बन्छ । पैसाको विषयले सम्बन्ध नबिग्रिओस भन्नेतर्फ सचत हुनुपर्छ । परिवारका ५ जनामध्ये सखै खर्चालु छन् भने बिग्रिन्छ, कम्तिमा १ जना मितव्ययी भ

दिमागमा परिवर्तन ल्याउन श्रव्यदृश्य, चित्र, कथा, टिप्स, उनीहरुले अभ्यास गरेको कुरालाई उदाहरण दिनुपर्दछ किनकि यस्तो विधिहरुले बानी परिवर्तनमा अमिट छाप छोड्दछन् ।

हिजो वा विगतमा खर्च गरेको कुरा सम्झियो भने हाम्रो टाउको दुख्छ त्यसैले त्यसलई सम्झेर बस्नुहुँदैन । त्यसबाट शिक्षा लिएर सच्चाउँदै अघि बढ्नुपर्छ । 

आर्थिक अनुशासन, आर्थिक संस्कृति कस्तो छ भन्ने कुराले पनि भर पर्छ पैसा व्यवस्थापनको कुरा ।

सफल सदस्य, वित्तीय साक्षर सदस्य, प्रयासरत सदस्यहरुका अनुभव सेयरिङ गर्न लगाउनुपर्छ सहकारीहरुले जसले गर्दा अनुभव साटासाट गर्ने परिपाटी बस्छ र उत्प्रेरणा पनि मिल्छ । किनकि कतिपय अवस्थामा सकारात्मक परिवर्तनका लागि शब्द नै काफी हुन्छ ।

सामान किन्न जाँदा तुलना गर्ने र धेरै पसलमा जाने बानी कम छ । यो बानी बसाल्नुपर्छ । होलसेल र रिटेलमा सामान किन्दाको फरक हुन्छ । लमजुङको ४५ घरधुरीमा कम्युनिटीमा हाट बजार जस्तो बनाएर कल्चर डिभेलप गरेको सफल भएको थियो । साप्ताहिक मार्केट को व्यवस्था राम्रो हुनसक्छ । ओपन मार्केट डे को कल्चर क्यानाडामा पनि छ । सदस्यहरुको उत्पादनको बजारीकरणका लागि संस्थाले सहजीकरण गरेर साप्ताहिक मार्केट डे को अभ्यास गर्न सक्दछ । क्रस सेल र अपसेल को अवस्था सृजना हुनसक्दछ ।

प्रविधिसँग जोडिएका कारण खर्च गर्ने बानी बढेको पनि छ । यसतर्फ हेक्का राख्नुपर्छ ।

पारिवारिक लक्ष्य बनाउँदा एक जनाको मात्रै होइन सबै परिवकारका सदस्यको बनाउनुपर्दछ । 

हामी बिहान जे सोच्दछौं, बिहान आज यो कुरामा फोकस गर्छु भन्ने योजना बनायौं, त्यही हुन्छ, दिउँसो भरि र पूरा पनि हुन्छ , संकल्प गर्ने बानी बस्ने भएकाले त्यसतर्फ सबैले ध्यान पुर्याउनुपर्छ । खर्चको प्राथमिकीककरण गर्न सहयोग पुरेयाउँछ भित्तामा टाँसेर राख्ने र बिहान बेलुका नै हेर्ने बानी बसाल्नुपर्छ ।

हामी खर्च गर्ने बानीमा छौं, यसलाई बचत गर्ने बानीमा परिणत गर्नुपर्छ । अनावश्यक र अकल्पनीय हिसाबले जनुजुन अवस्थामा नगद अभाव हुन्छ त्यसको पूर्वतयारी गर्नुपर्छ ।

पैसा व्यवस्थापनमा ७०-२०-१० को नियम लागू गर्न सकिन्छ ।
आम्दानीको ७० प्रतिशत खर्चमा प्रयोग गर्ने
२० प्रतिशत बचतको लागि छुट्याउने 
१० प्रतिशत भविष्यको लागि छुट्याउने । जसमध्ये ५ प्रतिशत आपतकालिन सुरक्षाको लागि छुट्याउने र बाँकी भविष्यको निश्चित लक्ष्यको लागि छुट्याउनुपर्छ ।

विश्वमा सक्षम उपभोक्ताको कल्चर विश्वव्यापी विकास भैरहेको छ । हामीले पनि पैसाको कारण सम्बन्ध, घरमा झगडा नहोस, भ्रष्टाचारको पैसा घरमा नआओस् भनेर सचेत हुनुपर्छ । यसको कारण कालोबजारीको समस्या पनि सम्बोधन हुन्छ ।

स्वागत तथा उद्देश्यमाथि प्रकाश एवम् समापन

ईश्वर न्यौपाने
प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक साकोस दोलखा 
संयोजक, नेफ्स्कून साकोस म्यानेजर्स क्लब

आज तालिममा सिकेका कुराहरुलाई तत्कालै प्रयोगमा ल्याउनुपर्छ र म आफु पनि प्रतिबद्धता व्यक्त गर्नुपर्छ । वित्तीय साक्षरतालाई व्यवहारमा उतानुपर्छ । सदस्यहरुलाई सिकाउनुपर्छ । 

समय र धन खर्च गरेर तालिम लिन जानुपर्ने अवस्थामा घरमै बसेर उपलब्ध भएको छ । यसको काम नेफ्स्कून साकोस म्यानेजर्स क्लबले गरेको छ ।

वित्तीय साक्षरता शिक्षा समाजमा प्रभावकारी रुपमा सदस्य र समूहमा प्रभावकारी गर्नुपर्छ । समय र बचतको महत्व बुझाउनुपर्छ । वित्तीय साक्षरता सम्बन्धी आवश्यक सामग्री सहित तालिमहरु सञ्चालन गर्नुपर्छ, सदस्यहरुलाई घरघरमा सामाग्रीहरु पठाउने गर्नुपर्दछ । यसका लाागि नेफ्स्कूनको मार्गनिर्देशनमा अघि बढ्नुपर्छ वा आन्तरिकीकरण गर्नुपर्छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र