शनिबार, जेठ ५
०३:५९

संकटमा प्रत्येक सदस्यसँग घनिष्ठ सम्पर्क अत्यावश्यक  

बुधबार, जेठ १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । कर्ब्स सुनसरी पहिलो क्लष्टरको छैठौं कार्यशाला भर्चुअल विधिबाट आज सम्पन्न भएको छ । कार्यशालामा प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपालले कोभिड संकटमा सदस्यहरुलाई संस्थाको साथ अत्यावश्यक हुने भएकाले सबै साकोसले सम्पर्क सेतु स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेफ्स्कूनको स्कूलिङ भित्र रहेका सदस्य संघ संस्थाहरुले सदस्यलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने भन्दै महामारीको अवस्थामा सदस्यहरुलाई दैनिक रुपमा कर्मचारीहरुको माध्यमबाट सम्पर्क गर्दै सम्पूर्ण परिवारको स्वास्थ्य अवस्था, वित्तीय स्वास्थ्य तथा असहजताका बारेमा जानकारी लिनुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो ।

स्वस्थ्य, सचेत र शिक्षित सदस्य नै दिगो साकोसको द्योतक भएकोमा उहाँको जोड थियो । अबको समय प्रविधिकरणको भएकाले साकोसका सदस्यहरुलाई कारोबार गर्न सहज हुने गरी अन्तर साकोस भुक्तानी सेवा सुरुवातमा नेफ्स्कून जोडबलका साथ लागिपरेको समेत संघकी सञ्चालक नेपालले जानकारी गराउनुभयो । कार्यक्रममा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीको पनि सहभागिता थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र जिल्ला बचत संघका कार्यक्रम अधिकृत सुमन सुवेदीले सहजीकरण गनुभएको कार्यशालामा नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेको पनि भर्चुअल उपस्थिति थियो ।

कार्यशालामा सुनसरी पहिलो क्लष्टर अन्तर्गतका १० साकोसका २७ जनाको सहभागिता थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र