शनिबार, जेठ ५
०४:३६

कोरोना महामारीमा साकोसको तरलता व्यवस्थापन तालिम सम्पन्न

बुधबार, जेठ १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहयोग तथा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आज भर्चुअल विधिबाट तरलता व्यवस्थापन तालिम आयोजना गरिएको छ । कोभिड महामारीको समयमा साकोसहरुमा सम्भावित न्यून वा अधिक तरलता व्यवस्थापनमा सहयोगीसिद्ध १ दिने तालिम आयोजना गरिएको हो ।  तालिममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले जिल्ला संघ तथा सदस्य साकोसहरुलाई यस्तो असहज अवस्थामा जस्तोसुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा राख्नुभयो । उहाँले तरलता व्यवस्थापनका लागि तालिममा सुझाइने कुराहरुलाई ध्यान दिन समेत उहाँले आग्रह गर्नुभयो ।

२२ जना सहभागी तालिम कार्यक्रममा नुवाकोट बचत संघका सचिव नविन्द्रमान प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला संघका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको थियो भने रसुवा बचत संघका अध्यक्ष ओम प्रसाद आचार्यले भर्चुअल तालिमको अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले कोभिडले सहकारीलाई प्रविधिमैत्री हुने अवसर दिएको बताउनुभयो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभएको तालिममा संघका तालिम अधिकृतहरु उमेश कोइराला र रबिन्द्र श्रेष्ठले सहजीकरण सहयोग गर्नुभएको थियो भने प्रविधि सहयोग नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविन अधिकारीले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र